काठमाडौं- वीपी सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले विसं. २०१७ सालमा सम्पुर्ण सत्ता आफूमा खिचे। राजनीतिक दलहरुलाई पाखा लगाइदिए। नेताहरुलाई थुने। देशमा पञ्चायती व्यवस्था लागु भयो। जहाँ राजाले निर्देशन दिन्थे, रैतीले आज्ञापालन गर्नुपर्थ्यो। पञ्चायती शासनमा जनताले आफ्नो भनाई स्वतन्त्रतापुर्वक राख्न पाउने अधिकार कुण्ठित भयो। यो संकुचन केवल राजनीतिक अभिव्यक्तिमा थिएन। राजनीतिक अभिव्यक्तिसँगै मानिसहरुको...
समाचार
नामसारी निर्णय खारेज गर्न सिफारिस………..
काठमाडौं - बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसले चर्चेको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने सबै निर्णय मन्त्रिपरिषद्बाट खारेज गर्न छानबिन समितिले सरकारलाई सिफारिस गरेको छ। पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले मुआब्जा दिएर अधिग्रहण भइसकेको ललितानिवासको जग्गा बदनियतपूर्ण तरिकाले व्यक्तिलाई सुम्पिने सबै निर्णय खारेज गरी हडपिएको सम्पत्ति फिर्ता ल्याउन सिफारिस गरेको हो...
देउवालाई फेरि विशेष महाधिवेशनको धम्की…………
काठमाडौं - नेपाली कांग्रेस जिल्ला सभापतिहरूको भेलालेआफूहरूको सुझावलाई चैत २३मा बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्न माग राख्दै केन्द्रीय समितिले सम्बोधन नगरे महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन सुरु गर्ने चेतावनी दिएका छन्। हस्ताक्षर संकलनपछि पनि आफ्नो सुझाव नसमेटे विशेष महाधिवेशनमा जाने धम्की दिएका छन्। कांग्रेस महासमितिको बैठकबाट जिल्ला सभापतिहरूले केन्द्रीय सदस्यहरू तलबा...
मालपोतका प्रमुखहरू छानबिन घेरामा………….
काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास हडप्न सघाएको अभियोगमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृतहरूमाथि संगठित अपराध, सरकारी छाप तथा दस्तखत किर्ते र ठगी अभियोगमा अनुसन्धान थालेको छ। २०२१ सालमा तत्कालीन सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको १ सय १४ रोपनी सरकारी जग्गा माफियासँग मिलेर व्यक्तिका नाममा नामसारी गराए...
कतै राहतकाे खातैखात, कतै पुर्पुरोमा हात………..
हर्दिया - सुवर्ण गाउँपालिका–४, हर्दिया गाउँ बारा सदरमुकाम कलैयाबाट १३ किलोमिटर टाढा छ। तर आइतबार रातिको हावाहुरीसँगै भग्नावशेषमा परिणत हर्दियाको दलित बस्तीलाई अझै उद्धार र राहतले छुन सकेको छैन। तीन रात खुला आकाशमुनि बिताएका स्थानीयले बुधबारसम्म नगरपालिकाले चलाएको मेस (सामूहिक भोजन) मा बिहान–बेलुकाको खानाबाहेक केही पाएका छैनन् भने अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेताहरू पनि त्यहाँ पुगेका छैनन्...
हावाहुरीले बाँचेकाको पीडा………
फेटा, पुरैनिया - हावाहुरीले ‘संसार’ उडाएपछि फेटा गाउँपालिका–६ पुरैनियाकी ३५ वर्षीया नूरजहाँ खातुनको दुई रात अनिँदो बितेको छ। न राहत, न खाना, न पानी। आँखामा दुई रातदेखि निद्रा परेको छैन। ‘घर छैन र कसैले त्रिपाल पनि उपलब्ध गराएको छैन,’ खातुन भन्छिन् – ‘चाउचाउ र बिस्कुटको भरमा दुई दिनदेखि बाँचिरहेकी छु। उनलाई केही सहृदयीले चिउरा र सख्खर उपलब्ध गराएका छन्। तर चिउरा खान खोज्दा घाँटीमा अड्किने गर...
इन्समा इन्द्र वनेम र युवा संघमा विजय प्रकाश लिम्बु निर्वाचित
३१ मार्च, हङकङ– संघीय समाजवादी फोरम नेपालको विदेश शाखाको रुपमा रहेको समावेशी नेपाली समाज–इन्स हङकङको प्रथम अधिवेशन मार्फत अध्यक्षमा इन्द्र वनेम निर्वाचित भएका छन् । त्यस्तै गरी उपाध्यक्षमा चन्द्रका राई (माया थुलुङ), सचिव किसन राई, सह–सचिव टोपराज तामाङ, कोषाध्यक्ष भविन घिसिङ, सह–कोषाध्यक्ष गजेन्द्र राई र सदस्यहरुमा क्रमशः आमोद राई, विष्णु पाख्रिन, विरेन्द्र काजी गुरुङ, दिलिप थिङ, इन्द्र सिं राई, म...
बेलायत सरकारको विभेद विरुद्ध ब्रिटिश गोर्खा भू.पू. सैनिकहरुको आन्दोलन जारी रहने
३० मार्च, हङकङ– बेलायत सरकारबाट भइरहेको विभेद विरुद्ध त्यसको अन्त्य नभएसम्म ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुको आन्दोलन जारी रहने भएको छ । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ हङकङद्धारा जोर्डनस्थित नयाँपेजको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराइएको हो । बेलायत सरकारद्धारा पुर्व प्रतिबद्धता विपरित सम्पूर्ण ब्रिटिश गोर्खाहरुको मागलाई सम्बोधन गर्ने गरी ७ मार्च २०१९ मा एकमुष्ठ प्याकेज ल्याइ...
गन्तव्य हुँदाहुँदै नयाँ खाेजी………
काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदा हुँदै पनि जहाज थन्क्याएर राखेको पाइएको छ। निगमले हालका गन्तव्यमा उडान संख्या थपेर जहाज उपयोग गर्न सक्ने अवस्था छ। तर, गन्तव्य नपाएको बहानामा जहाज थन्क्याएर राखिएको छ। निगमको मासिक घाटा ३१ करोड ७७ लाख रुपैयाँ छ। तैपनि भएको स्रोत, साधनको उच्चतम उपयोग गरेर आम्दानी बढाउने...
८३ औं साहित्य श्रृंखलामा चित्रकार पिकासो माथि चर्चा
३१ मार्च, हङकङ– चर्चित स्पेनिस चित्रकार पिकासो माथिको चर्चा तथा सृजना वाचन गर्दै ८३ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका सह–संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त श्रृंखलाको शुरुवातमै चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले दोस्रो विश्व युद्धताकाका चर्चित स्पेनिस चित्रकार पिकासोका बारे बोलेका थिए । बन्दुक भन्दा कलम बलियो भने झै च...
हावाहुरीको पूर्वानुमान उपकरण नेपालमा अभाव………
काठमाडौं - बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो। त्यसको केही समयपछि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो महाशाखाले गर्न सकेन। सोमबार महाशाखाद्वारा जारी विज्ञप्तिमा भने बारा र पर्सामा क्रियाशील मौसम प्रणाली हालसम्मकै शक्तिशाली रह...
खानेपानी मन्त्रीको भ्रमण अस्वीकृत………..
काठमाडौं - मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ। सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो। मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय...
















