हलेसी साँझ–४ मा सिक्किमे हमजाएगाले हसाए गायक गायिकाले नचाए

१७ मार्च, हङकङ– अक्षयकोष स्थापनार्थ खोटाङ समाज हङकङद्धारा आयोजित ‘हलेसी साँझ–४’ मा चर्चित हाँस्य कलाकार सिक्किमे हमजाएगा 'दिलिप गुरुङ' ले दर्शकहरुलाई पेट मिचिमिच हँसाए भने अन्य गायक गायीकाहरुले नचाए । याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त सांगितिक साँझमा नेपाल र भारतबाट आएका कलाकारहरु चर्चित गायक तथा गीतकार राजन राज सिवाकोटी, गायक तथा संगीतकार महेश खड्का, चर्चित हाँस्य कलाकार सिक्किमे हमजाएगा 'दि...

युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३९ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न

१७ मार्च, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३९ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट साम सेई पु स्थित पेइ हो स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा आइतबार क्लासका ४ जना ब्लाक बेल्ट सेकेण्ड डान, १२ जना ब्लाक बेल्ट फष्ट डान सहित २७० जना कलर बेल्टका खेलाडीहरु सहभागी ।    सेल्फ डिफेन्स, उड ब्रोकन, ग्रुप प्याटर्न, स्पारिङ ल...

मुख्य उत्पादन करारमा दिन नपाइने………..

काठमाडौं - लगानीकर्ताले आफ्नो मुख्य उत्पादन आफैं नगरेर अर्को कम्पनीलाई उत्पादन लगायतबजारीकरण र वितरण गर्न अनुमति दिँदै आएकोमा नयाँ कानुनले उत्पादनको काम अरुलाई दिन रोक्ने भएको छ। सोमबार संघीय संसद्बाट पारित भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ ले जुन कम्पनीले उत्पादन अनुमति लिने हो ऊ आफैंले कम्तीमा मुख्य वस्तु उत्पादन गर्नुपर्ने र सहायक उत्पादन तथा बजारीकरण र वितरणमात्रै अन्य कम्पन...

किसान कोटामा मन्त्रीकाे भ्रमण……….

काठमाडौं - चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन्। मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन्। चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा मार्च १७ देखि २१ सम्म हुने ‘फर्ड अनुअल टी एक्सपो’ कार्यक्रममा सहभागी हुन मन्त्रीसहितको टोली चीन जान लागेको हो। मन्त्री खनालको टोलीमा कृषि मन्त्रालयबाट दुईजनाले मात्र प्रतिनिधत्व ...

हेटौंडामा बर्डफ्लु संक्रमण पुष्टि……….

मकवानपुर - हेटौंडा उपमहानगरपालिकामा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ। सो पुष्टिसँगै बर्डफ्लु नियन्त्रण प्राविधिक समितिले चार किल्ला तोकी रोग नियन्त्रणको प्रयास थालेको छ। समितिका अध्यक्ष एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिहीबार आपत्कालीन सर्वपक्षीय बैठकले कुखुरा व्यवसायी, उपभोक्ता सबैलाई सचेत र सहयोग गर्न आग्रहसमेत गरेको छ। हेटौंडा–७ नागस्वतीका कुलप्रसाद चौलागाईंको मरेको कुखुराको...

बसमा आगजनी अराजक काम…………..

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बिहीबार कैलालीको गौरीगंगा नगरपालिका, बडैपुरमा बुधबार राति १ बजे जन्ती बसमा आगो लगाइदिएका छन्। सो पार्टीका कार्यकर्ताले मकवानपुरमा गुडिरहेको ट्रकमा आगो लगाइदिएका छन्। कैलालीको भजनी नगरपालिकाकाको भजनीमा दुलहीसहित जन्ती पु¥याएर फर्किरहेको म१ख ४४१ नम्बरको बसमा सो पार्टीका कार्यकर्ताले आगो लगाइदिएको प्रहरीले जनाएको छ। बसमा आगो ल...

के हुन् विप्लव समूहका माग

काठमाडौं - संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संवाद नथालेर किन प्रतिबन्ध लगायो भन्ने प्रश्न उठेको छ। गत भदौमा विप्लव समूहसँग वार्ता गर्न संघीय संसदमा सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारले बनाएको समिति विप्लव समूहसँग वार्ता गर्न असफल भएको थियो। सरकारी वार्ता टोली स्पष्ट धारणाका साथ नआएकोले ...

राउतलाई राष्ट्रियसभामा लगिने………..

काठमाडौं - सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके (चन्द्रकान्त) राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ । लामो समयदेखि ‘अलग्गै स्वतन्त्र मधेस’ अजेन्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई राष्ट्रियसभा सदस्य बनाउने गोप्य सहमति भएको स्रोतको दाबी छ। सिके राउतले ‘पोलिटिकल पोजिसन’ खोजेकाले उनलाई राष्ट्रियसभा सदस्य बनाउने निष्कर्षमा प्रधानमन्त्री केपी ओली पुगेका हुन्। प्रध...

विष फिर्ता भएका छैनन्, सहमति सच्याइयोस्……………

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग भएको सहमति सच्याउन सरकारसँग माग गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद रावलले राउतलाई मूलधारमा ल्याउने कदम स्वागतयोग्य भए पनि सहमतिमा प्रयोग भएका शब्दहरु संविधानविपरीत, स्वाधीनता र स्वतन्त्रताको प्रतिकूलता रहेको भन्दै त्रुटिहरु सच्याउन माग गरेका हुन्। राष्ट्रिय एकता र अखण्डताव...

राजपा र फोरम सशंकित……….

काठमाडौं - सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिप्रति तराई÷मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताघटक संघीय समावादी फोरम नेपालका नेता सशंकित देखिएका छन्। सहमतिबारे राजपाले उल्टै सरकारप्रति प्रश्न उठाएको छ भने फोरमका नेताले घुमाउरो किसिमबाट असन्तुष्टि व्यक्त गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले राजपा र फोरमप्रति लक्षित गर्दै अब राउतलाई देखाएर मधेसमा रोटी सेक्ने ...

सरकारप्रति दाहाल निराश………….

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीबारे निराशाजनक अभिव्यक्ति दिँदैछन् । पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपाली समृद्ध मुलुक’को नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति भएका छन् । दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसामु सरकारले जनभावनाअनुसार काम गर्न स...

राजपाबाट सरकारलाई दिएको समर्थन फिर्ता……….

काठमाडौं - सरकार गठन भएको करिब १ वर्षपछि राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। राजपाका सांसद रेशम चौधरीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि आक्रोशित भएका राजपाका नेताहरूले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन्। अध्यक्षमण्डलका संयोजक महेन्द्र यादवले भने अदालतको जन्मकैदको फैसला र सरकारलाई दिएको समर्थन फरकफरक विषय भएको बताउँदै भने,...