खड्गी, सीआईबी हिरासतमा………

१७ फागुन, काठमाडौं । खलनायक राजेन्द्र खड्गी यतिबेला मानव बेचबिखनको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन् । खड्गीका आफन्तजनचाहिँ उनीमाथि लागेको आरोप असत्य सावित गरिदिन आग्रह गर्दै माओवादी नेतासमेत रहेका बरिष्ठ वकिलको च्याम्बरमा पुगेका छन् । ती बरिष्ठ अधिवक्ता अहिले राष्ट्रियसभाको सदस्यमा राष्ट्रपतिबाट मनोनित भएका छन् । खड्गीको मुद्दा हेरिरहेका मध्ये एकजना अनुसन्धान अधिकारीले एक प्रशंगमा  भने- ‘मानव तस्करका मुद्दामा नाम चलेका बरिष्ठ वकिलले पैसाका लागि बहस पैरबी गरिदिँदा अपराधीलाई उम्कन सजिलो हुने गरेको छ ।’ प्रहरी अधिकारीको थप गुनासो छ, ‘चर्चामा रहेका बरिष्ठ अधिवक्ताले नै त्यस्ता मुद्दामा बहस गरेपछि अदालत उनीहरुका कुरामा प्रभावित हुन्छ र अपराधीहरु छुट्ने वा कम सजायँ हुने मनोवैज्ञानिक समस्या देखिँदै आएको छ ।’ ती प्रहरी अधिकारीको संकेत राजेन्द्र खड्गीको मुद्दामा थियो । मानव बेचबखिनको मुद्दामा अनुसन्धान भइरहेकै बेला खड्गीले माओवादी नेता एवं सांसदसमेत रहेका बरिष्ठ अधिवक्तालाई आफ्नो तर्फबाट वकिल राखेको स्रोतले बतायो । प्रहरी स्रोतले भन्यो, ‘कानून बनाउने ठाउँमा पुगेका चर्चित वकिलहरुले गम्भीर फौजदारी अपराधमा संलग्नलाई नबचाइदिए देशका लागिसमेत भलाइ हुने थियो ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार