सहकारीका बचतकर्ता यी हुन्, मस्ती गर्ने को हुन् ?…..

बुटवल, नेपालगन्ज — बुटवल चौराहास्थित राजमार्गमा सार्वजनिक शौचालय सफा गर्ने सीता दर्जी । पूर्वपश्चिम गर्ने बसका यात्रुलाई फलफूल बेच्ने पीताम्बर भट्टराई । बिहानैदेखि चिया बेच्ने विष्णु पाण्डे । पात्र यी हुन् जसले आफ्ना सारा रहर खुम्च्याएर सन्तानको भविष्यका लागि बुटवलस्थित सुप्रिम सहकारीमा बचत जम्मा गरिरहेका थिए । तर उनीहरूको पसिनाको कमाइ तानेर गोर्खा मिडिया नेटवर्क सञ्चालन गरिएको थियो । अब निजी कम्पनीमा सारिएको पैसा कसरी फिर्ता हुने हो ? प्रश्न अनुत्तरित हुँदा करिब १० हजार बचतकर्ता अत्तालिएका छन् । बुटवल–१० बुद्धनगरकी ५० वर्षीया सीता दर्जी दिनहुँ बिहान ४ बजे नै घरबाट आधा घण्टा पैदल हिँडेर चौराहास्थित राजमार्गको सार्वजनिक शौचालय पुग्छिन् । राजमार्गका यात्रुका लागि शौचालय सफा गर्छिन् । यो उनको २१ वर्षदेखिको दैनिकी हो । ७ वर्षअघि पति गुमाएकी सीताले शौचालयकै कमाइले एक छोरा र एक छोरी हुर्काएकी हुन् । अहिले छोरीको बिहेबारी भइसकेको छ भने छोरा पनि वैदेशिक रोजगारीमा छन् । ‘सुप्रिममा तीन लाख रुपैयाँ फसेको छ,’ उनले दुःख पोखिन्, ‘दबाइपानी गरौंला भनेर जोगाएको रकम डुब्यो ।’ एक महिनाअघि पत्थरीको शल्यक्रिया गरेदेखि भने बिहान शौचालय सरसफाइ गर्न छोरी आउँछिन् । बिहान ९ बजे आफू पुगेपछि उनले छोरीलाई घर पठाउँछिन् र राति १० बजेसम्म सरसफाइमा खट्छिन् । ‘म बिरामी परेदेखि बिहान ट्वाइलेट छोरीले खोल्छे,’ सीताले भनिन्, ‘राति १० बजेसम्म मैले हेर्छु । यही ट्वाइलेट छ, त्यसैले दुःख गरेर परिवार धान्न सकिएको छ ।’ सीताका अनुसार दैनिक १ हजार हाराहारी आम्दानी हुन्छ, त्यही पैसाबाट दिनहुँ शौचालय सफाइका लागि ४/५ बोतल फिनेल, हर्पिक, एसिडलगायत खरिद गर्नुपर्छ । कहिले के पर्छ, कहिले के ? खर्च भइरहन्छ । रक्तचाप र कोलस्ट्रोलकी पीडित उनलाई पत्थरी पनि भएपछि एक महिनाअघि भारतको नयाँदिल्ली पुगेर शल्यक्रिया गराइन्  सीता दर्जीले । ‘अप्रेसन गर्दा आफ्नो कमाइले पुगेन,’ भनिन्, ‘७० हजार ऋण लाग्यो । उपचार गर्दासमेत सीताले ऋणको भारी बोक्नुपर्ने थिएन । तर, शौचालयभन्दा दुई सय मिटर पश्चिममा मुख्य कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले उनको बचत हिनामिना गरिदियो । ९ वर्षअघि उनी सुप्रिमको सदस्य बनेकी थिइन् । दिनहुँ ४–५ सय जम्मा गर्थें,’ भनिन्, ‘अहिले बिरामी परेका बेला जिम्मा लिने कोही छैन भन्ने थाहा पाएँ, आफ्नै दुःखले सहकारीमा जम्मा गरेको बचत हुँदाहुँदै पनि ऋण लाग्यो ।’ त्यही शौचालय पनि अहिले बुटवल–नारायणगढ सडक खण्ड विस्तार क्रममा भत्काइँदै छ । ‘ट्वाइलेट भत्किएपछि के गरेर गुजारा गर्ने होला ? चिन्ता लागेको छ,’ उनले भनिन् । गुल्मीको मदाने गाउँपालिका–८ का पीताम्बर भट्टराई हरेक बिहान राजमार्ग चौराहामा दौडिरहन्छन्, कहिले पूर्वतर्फ रोकिएका गाडीका पछाडि, कहिले पश्चिमतर्फ रोकिएका गाडिका वरिपरि । भट्टराई साँझ ८ बजेसम्म राजमार्गमै दौडधुपमै हुन्छन् । हातमा अंगुरका पोका देखाएर यात्रुलाई किनिदिन अनुरोध गर्छन् । ‘गाडी पछ्याउँदै फलफूल बेच्छु,’ भट्टराईले भने, ‘फुर्सदका दिन बूढी पनि सघाउन आउँछिन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार