युकेमा ११औं पाँचथर कप सम्पन्न

  सुकमाया तुम्रोक

 सुकमाया तुम्रोक, आक्सफोर्ड केन्ट

पुर्ख्याउली थलो पाँचथरबाट युके पुगेका पाँचथरेहरूले युकेको हुन्स्लोमा ११ओै पाँचथर कप मे ४, २०२४ मा सम्पन्न गरे । युके भरी रहेका नेपाली फुलबलप्रेमी ३३ टिमलाई समेटेर भब्यताकासाथ पान्थर कप सम्पन्न भएको छ ।

सन् २०१२ मा स्थापना भएको पाँचथर सेवा समाज युकेले सबै नेपालीहरूमाझ फुटबलमार्फत आपसी सद्भाव, भातृत्व अभिबृद्दि गर्न प्रत्येक वर्ष युकेब्यापी पाँचथर कप खेलाउदै आइरहेको छ । यस वर्ष ३३ वटा टिमहरूलाई ओपन, भेट्रान र सुपर भेट्रान गरी ३ वटा क्याटगोरीमा फुटबल खेलाएका थिए । जसमध्ये ओपनमा 2RGR FC ले प्रथम स्थान हासिल गरे । त्यसैगरी भेट्रानमा Intake 04 FC र Ilaam FC ले सुपर भेट्रानको जित हासिल गरेको थियो ।

ओपन फुटबल प्रतियोगिताको विजेता हुनेले १ हजार पाउण्ड नगद र ट्रफि प्नाप्त गरेका थिए । यसै गरेर भेट्रान विजेतालाई ७ सय पाउण्डको साथमा ट्रफि र ५ सय पाउण्ड नगदको साथमा ट्रफि पुरस्कार सुपर भेट्रानले हात पारेका थिए । यसका साथै भेट्रान र सुपर भेट्रान फष्ट रनर अपले क्रमशः ४ सय र ३ सय पाउण्डसहित ट्रफिबाट पुरस्कृत भए ।

बिजेता फुटबल टिम र खेलाडीहरूलाई प्रमुख अतिथि पूर्ब मेजर गजेन्द्र आङ्देम्बेले नगद र ट्रफि प्रदान गर्नुभयो । पाँचथर सेवा समाजको अध्यक्ष शान्ति लिम्बू, महासचिब लाहाङ चेम्जोङ, पाँचथर कप संयोजक सन्देश लिम्बूको नेतृत्वमा सम्पन्न कार्यक्रमलाई युकेमा बसोबास गर्ने व्यापारी, पेशाकर्मि, अभियन्ताहरूले नगद र ट्रफि प्रायोजन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार