भ्वाइस अफ नेपालको टिम युके साँगितिक यात्रामा

  सुकमाया तुम्रुक

सुक तुम्रुक, युके

सुनगाभा इन्टरटेनमेन्टको आयोजनामा भ्वाइस अफ नेपालको टिम अहिले युकेको सांगितिक यात्रामा निस्केको छ । अप्रिल ५ देखि २८ सम्म चल्ने सांगितिक यात्रामा युकेको १० वटा विभिन्न सहरहरू टिडवर्थ, वेयम्ली, आसफोर्ड, क्याट्रिक, स्कटल्याण्डमा प्रस्तुती दिनेछन् ।

यसका अतिरिक्त अल्डरसट, स्वीण्डन, बर्मिङ्हम ननन्टिनमा प्रस्तुती दिने भ्वाइस अफ नेपालका संचालक सुशिल नेपालले बताए । भ्वाइस अफ नेपाल सिजन ५ का विजेता विनोद राई, उत्कृष्ट ४ मा पर्न सफल नोगेन लिम्बु, मकर योञ्जनलगायत कलाकारहरू युके यात्रामा छन् ।

१२ अप्रिल २०२४ मा भ्वाइस अफ नेपाल टिमले सेण्ट साइमन हल आस्फोर्ड केण्टमा भव्य सांस्कृतिक कार्यक्रम गर्दै नयाँ वर्ष मनाए । सगरमाथा नेप्लीज कम्यूनिटिको व्यवस्थापनमा सञ्चालन भएको कार्यक्रममा सात समुन्द्रपारी रहेका नेपालीहरूका माझ नयाँ वर्ष मनाएर नेपाली राष्ट्रियताको स्मरण गरे ।

जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्रको मनोहर स्थानीय कलाकारहरूले भजनशिरोमणी भक्तराज आचार्यको उपरोक्त देशभक्तिपूर्ण गीतमार्फत नेपाली नयाँ वर्षलाई उल्लासमय बनाए । नेप्लीज कम्यूनिटिका अध्यक्ष डम्बर सिंगकको व्यवस्थापनमा युद्धमा दुवै खुट्टा गुमाएका सफल सगरमाथ आरोही हरी बुढा मगर, वेवारिसे लास व्यवस्थापक सपना रोकाको गर्विलो आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार