हङकङबाट दिनानाथ अल्ट्रा ट्रैल रेस दौड्न जापान जादै,

अल्ट्रा ट्रैल धावक दिनानाथ बगाले

यहि अप्रिल महिनाको २७-२९ सम्म जापानमा सन्चालन हुन गै रहेको प्रसिद्द अल्ट्रा ट्रैल वर्ल्ड टुर अन्तर्गतको अल्ट्रा ट्रैल माउन्ट फुजि १७० किलोमीटरको अल्ट्रा रेसमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै आफ्नै खर्च र ब्याबस्थापनमा हङकङबाट दिनानाथ बगाले आज बिहान जापान तर्फ प्रस्थान गरेका छन। प्रतिष्ठित युटिएमबी को सिस्टर ईभेन्टको रुपमा आयोजित यो चुनौतीपूर्ण दौडमा विश्वभरिका दशौ हजार धावक धाविकाहरुले भाग लिएका छन।

 
     दौड २७ तारीख शुक्रवार जापानको स्थानिय समय दिउसो १२ बजे फुजिसान कोडोमोनो कुनि फुजिसी सिजाउका प्रीफेक्चर बाट शुरु भै आईतबार ओहिके कोएन कावागुचिको यामानाची प्रीफेक्चरमा समाप्त हुनेछ। उक्त चुनौती पुर्ण लम्बेतान दौड प्रतियोगिहरुले ४६ घण्टा भित्र पार गरिसक्नु पर्ने समय सिमा आयोजकले तोकेको छ। सहभागीहरुले शुन्य डीग्री सम्मको तापक्रममा उकालो ओरालो भिर पाखालाई चक्कर मार्दै ९५०० सम्मको अल्टिच्युड पार गर्नु पर्नेछ। टेक्निकल रुपमा समेत उक्त दौड अन्यन्तै कठिन र चुनौतीपूर्ण मानिन्छ।
“जापान जान पाउनु अनि खुशीको कुरा हो। सुन्दर माउन्ट फुजि हेर्न पाउनु अर्को उल्लासपुर्ण क्षण हो, त्यस माथी नेपालकै प्रतिनिधित्व गरेर माउन्ट फुजि लाई चुम्दै हुनुहुन्छ, कत्तिको एक्साईटेड हुनुहुन्छ? तयारी कस्तो छ?” भनी बगैचा सन्चारले सोधेको प्रश्नको उत्तर दिदै दिनाले भने ” पहिलो कुरो त नेपाली भएर नेपालको प्रतिनिधित्व गर्दै त्यहा जान पाउनु शौभाग्य ठानेको छु, फेरि अल्ट्रा ट्रैल रनरको लागी त्यस्तो प्रतिष्ठित दौडमा भाग लिन पाउनु अर्को खुशिको कुरो हो। उक्त दौडमा ईन्ट्री हुन पाउनु पनि ठुलो कुरा मानिन्छ, किनकी त्यसमा क्वालिफाई हुन पर्याप्त अंकको आवश्यकता हुन्छ। मैले त्यो पुरा गरेको छु। एकदमै एक्साईटेड छु। तयारी राम्रै गरेको छु। यो प्रतियोगितामा जित्नु वा अरु सङ्ग प्रतिस्पर्धा गर्नु भन्दा पनि दौडको दौडानमा सामना गर्नु पर्ने चुनौतीलाई सारिरिक र मानसिक सामर्थ्यले कुन हद सम्म थेग्न सक्छ भन्ने आफुले आफैलाई परिक्षण गर्नु पनि हो। मैले सय किलोमीटर वा त्यो भन्दा बढी दुरिको दौडहरुको अनुभव पनि छ, त्यसैले अल्टिचुड र अप्ठ्यारोहरु पार गर्न सक्छु भन्ने आत्मविश्वास छ। ३०-३५ घण्टा भित्र छिचिल्ने मेरो लक्ष छ।” सन्सारभरका दसौ हजार रनरहरुको बिचमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न पाउनु आफैमा गौरवपुर्ण महसुस गरिरहेको छु।”
     

अल्ट्रा ट्रैल धावक दिनानाथ बगाले

   दिनाले हङकङमा सय किलोमिटरको दौडहरु भाईबराम, अक्फाम, १६८ किलोमीटर लगायत चीनमा समेत दौडिएको अनुभव छ।

 
जापान तर्फ प्रस्थान गर्दै चेप लाक कोक बिमानास्थलको प्रस्थान कक्षमा दिनानाथ…

       प्राकृतीलाई नै चुनौती दिनु पर्ने उक्त दौड पुरा गर्न टेक्निकल कौशल, ज्ञान, उपकरण, शारीरिक सहनशीलता, र स्वप्रबन्धन कौशलहरूको जरुरी हुन्छ।यस प्रकारको दौडको समयमा गम्भीर परिस्थितिहरू जस्तै निम्न तापमान, चिसो हावा, वर्षा र हिमपात आदि समेतको सामना गर्नु पर्छ।जोखिमको जिम्मेवारी आफै लिनु पर्छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार