जितेन्द्र परियारलाई टेनिसमा दोहोरो उपाधि

मिन्स सिङ्गल्स र डबल्सका बिजेता ” जितेन्द्र परियार” पार्टनर सन्तोष खत्रीका साथ

हिजो राजधानी काठमाडौ स्थित दशरथ रंगशालामा सम्पन्न भएको “छैटौ सिटिजन बैंक खुल्ला टेनिस प्रतियोगिता – २०१८ मिन्स सिङ्गल तर्फको उपाधी पुर्ब नम्बर एक जितेन्द्र परियारले कब्जा जमाएका छन।उनले चिरपरिचित प्रतिद्वन्दी कमल भन्डारीलाई ६-३, ३-६,६-३ को कठिन सेटमा जित हात परेका हुन।
अनुभवी जितेन्द्रले पहिले सेट हात पारे। डिफेन्सिव खेलेका जितेन्द्रले कमलको बेस लाईन प्रहारलाई कन्सिस्टेन्ट रिटर्न ले कमललाई अनफोर्स ईरर गर्न बाध्य बनाए पनि दोस्रो सेटमा ६-३ को अन्तरले बदला लिए। तेस्रो तथा अन्तिम सेट कसले लैजाला भन्ने दुबिधामा परेको दर्शकहरु कौतुहलतालाई जितेन्द्र आफ्नो अनुभवको फाईदा लिदै ६-३ को अन्तरले सेट हात पारी च्याम्पियनसिप ट्रफी उचाले। उनले हिजो भएको मिन्स डबल्समा समेत सन्तोष खत्री सङ्ग जोडि बनाएर प्रदिप खड्का र अनिल शाहीको जोडिलाई ६-४, ६-३ को सोझो पराजित गरि दुबै हातमा लड्डु थापे। उनले सिङ्गल्स तर्फको जितमा रु ५०,००० र डबल्स तर्फको जितमा रु ३५,००० नगद पुरस्कार समेत हात पारे।
त्यसै गरि महिला एकल तर्फ प्रेरणा कोईरालाले ईरा रावतलाई हराए। इरा खेलको शिलशिलामा घाईते भए पछि ६-३, ३-० को अङ्कमा रिटायर्ड भईन। प्रेरणाले नगद रु ५०,००० र ईराले रु २५,००० तथा ट्रफी हात पारे।

महिला एकल कि बिजेता “प्रेरणा कोईराला” बिचमा

त्यसै गरि मिक्स्ड डबल्समा श्रीराम मगर र ईरा रावत को जोडिले प्रनव खनाल र माहिका राणा लाई ७-५, ३-६ , ११-९ को निकट अन्तरमा हराए। ३५ प्लस को सिङ्गल्समा कमल भन्डारीले महेश श्रेष्ठलाई ६-४, ६-१ ल हराई च्याम्पियन बने। ३५ प्लस कै डबल्स तर्फ श्रीराम र सोभितको जोडिले चन्द्र शाही र राजु श्रेष्ठको जोडिलाई २-६, ६-२, ११-९ को झिनो अन्तरले हराई ट्रफी उचाले। ४५ प्लसको एकल तर्फ कृष्ण राज घले ले बिनोद गुरुङ लाई ६-०, ६-१ को सहज अङ्कले हराए। डबल्स तर्फ पनि कृष्ण घले र सुवर्ण धख्वाको जोडिले राजु क्षेत्री र शुदर्शन बिष्टलाई हराए १-६, ६-२, १०-६ ले हराए। ५५ प्लस तर्फको सिङ्गल्स तर्फ ध्रुब गुरुङ ले बिष्णु प्रसाद गैरेलाई हराए भने डबल्स तर्फ मनोज राणा र च्याङ्बा दोन्ड्रुप को जोडिले करिमुल्ला र राजेन्द्र सिंह भन्डारीलाई 6-1, 6-2 को फराकिलो अंकले पराजित गरि च्याम्पियन बने। ६५ प्लस तर्फको सिङ्गल्समा ज्ञानेन्द्रमान ताम्राकार ले दिपक श्रेष्ठलाई हराए।
” दुई शिर्ष युवा खेलाडीहरु अभिषेक बस्तोला र संरक्षक भुषण बज्राचार्य को अनुपस्थितीका कारण पनि भेटेरानहरुलाई जित्ने मौका मिलेको हो।” एक टेनिस पारखीले बताए। अभिषेक अहिले अमेरिका र संरक्षक अष्ट्रेलियामा दुबै छात्रवृत्तिमा टेनिस खेलिरहेका छन। उनिहरु सम्भावित पहिले नेपाली टुर प्लेयर(प्रोफेसनल) हुनेछ्न।

५५ प्लस डबल्सका च्याम्पियन “मनोज राणा” देब्रे बाट पहिलो

 

गत अप्रिल २९ बाट शुरु भएको सिटिजन बैंकको आर्थिक सहयोगमा सम्पन्न छैटौ सस्करणको उक्त प्रतियोगितामा सयौको सङ्ख्यामा खेलाडीहरुले सहभागीता जनाएको थियो। प्रतियोगिताको कुल पुरस्कार रु ५,६०,००० रहेको छ। काठमाडौ डिस्ट्रीक लन टेनिस संघको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता आगामी बर्ष पनि हुने प्रमुख आर्थिक प्रायोजक सिटिजन बैंकले बताएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार