यौमातेइमा नेपालीको फ्लाटबाट ४५ लाख भन्दा बढिको सुन चोरी

    यौमातेइ स्थित नम्बर २८६ साङ्हाई स्ट्रीटको तेस्रो तल्लामा बसोबास गर्दै आईरहेको सङ्खुवासभा निबासी गुरुङ परिवारको फ्लाट बाट आज सोमबार साझ ६ बजेतिर कच्चा सुन र गरगहना सहित झन्डै २५ टिल सुन चोरी भएको छ। एकै गहना ३५ हजार डलर सम्मको थियो।करिब ५ बजेतिर दुई महिला र तिन बालबालिका कोठामा रहेको बखत कसैले ढोका ढक्ढकाए पछि पाच बर्षको बालिकाले ढोका खोलिदिएका थिए। त्यस पछि ५’६” उचाईको २४-२५ बर्षको लाग्ने उक्त ब्यक्ती सिटिङमा एक छिन उभिएर नेपाली भाषामा गाली गलौजको शब्द प्रयोग गरेका थिए। उक्त गाली सुने पछि किचनमा काम गरिरहेकी महिलाले को रहेछ भनी जान्न खोज्दा उक्त ब्यक्ती ढोका बाट अलाप भए। महिलाले एक तला तल जादा समेत उक्त ब्यक्ती कता गायब भए यकिन गर्नै सकिनन।
  उक्त घटना पछि रुममा रहेको सबै जना पार्क तिर नानीहरुलाई डुलाउन लगे। ७:३० तिर पार्क बाट रुम फर्कदा ढोकाको ताल्चा फोरिएको थियो, साथै कोठाका सबै ढोकाहरु खुल्ला थियो। त्यस पछि लगत्तै प्रहरिलाई फोन मार्फत जानकारी गराईयो। प्रहरी आए पछि उनिहरु सङ्गै सुन राखिएको ठाउमा हेर्दा खाली बट्टाहरु मात्र फेला पर्यो। चोरी गर्ने उहि नेपाली केटो रहेको आशङ्का गरिएको छ।
सिआईडी प्रहरी लगायत ट्याक्टिकल युनिटका करिब एक दर्जन प्रहरीहरुले फिङ्गर प्रीन्टहरु लगेर गएको र सनिवार सम्म त्यसको रिपोर्ट प्राप्त हुने उक्त रुममा बस्ने महिलाले नेपाल खबर लाई बताए।
घटना घटेको केहि घन्टा पछि घरका नौ जना सबै परिवार जम्मा भएका थिए। धेरै जसो गहना घरका मुलि ७३ बर्षिय गुरुङले आफ्ना श्रीमती, छोरि बुहारी लाई किनिदिएका थिए। उदाशी अनुहार लगाएर गुरुङले भने ” बुढेश कालमा दुई दुई तिर काम गरेर, आफुलाई खान र लाउन मनको रहरलाई काटेर परिवारको लागी गहना जोडि दिएका थिए, त्यस्तो दुख गरेर जोडेको सम्पत्ति चोरी हुदा नौनारि गलेर आएको छ।” परिवारको अर्का सदस्यले भने” रुएर कराएर आउने भए र डाको छोडेर रुने थियौ, हात खुट्टा गलेर आएको छ”। तिनले थपिन” यस्तै चोरी हुन्छ होला भनेर केहि बर्ष अगाडी नै सेफ बक्स बैंकमा अप्लाई गरेका थियौ तर पाउन सकेनौ, केहिदिन पछि घरमै प्राईबेट सेफबक्स किनेर ल्याउने योजना थियो, त्यो अगावै यस्तो निरास हुन पर्यो।”। किन यति धेरै सुन जोड्न पर्यो त, त्यो पैसा बैंक मा राख्दा सुरक्षीत हुन्थ्यो नि? भनी सोध्दा नेपाल खबर लाई भने ” रहर अनेकौ हुन्छ, पैसा भए पछि किनौ किनौ, खाउ खाउ लाग्छ अनि पैसा मासिन्छ, सुन किन्यो भने भविष्यमा मुल्य बढेर फाईदा पनि हुन सक्छ, यस्तै लोभले सबै रहर र चाहना मारेर सुन जोडियो, अहिले यो हालत भयो, फेरि नेपाल पठाउन पनि धेरै लान दिदैन”।
 

चोरी भएको स्थान

नेपालीहरुको घना बस्ती रहेको जोर्डन, यौमातेई, मङ्कोक, युनलोङ आदि ठाउमा यस्ता चोरिको घटनाहरु बारम्बार भै रहेको छ। तथापी त्यो अवार्नेस नेपालीहरुले लिएको देखिन्न।

सेफ बक्स कल्चर नेपालीहरुमा छैन, फेरि बिभिन्न चाडबाड, पार्टि आदिमा नेपाली महिलाहरुमा अघोषित गहना लगाउने प्रतिस्पर्धा पनि हुन्छ। उपहार दिदा समेत सुनको प्रयोग गरिन्छ अनि ति सबै प्राय घरमै राख्ने नेपालीहरुको प्रवृत्ति छ।
 
चोरी भएको स्थान
 
चोरी भएको फ्लाट
 
चोरी भएको खाली बट्टाहरु

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार