हङकङमा केराबारी समाजको गठन सम्पन्न

  - बगैँचा सम्बाददाता

नव गठित कार्यसमिति

साबिकको केराबारी, याङशिला, पाटीगाउँ र सिंहदेवी गाविसलाई समेटिएको केराबारी गाउँपालिका मोरङबाट आई हङकङमा बसोबास गरिरहेका बासिन्दाहरु गत आइतबार जोर्डन स्थित याक एण्ड यती रेष्टुरेण्टमा भेला भै सत्र सदस्यीय केराबारी समाज हङकङ  गठन गरेको छ ।

    उक्त समितिको अध्यक्षमा गणेश आले मगर, उपाध्यक्ष चन्द्र जबेगू, सचिव रविन लिम्बू, सहसचिव सन्तोष जबेगू, कोषाध्यक्ष युविन लिम्बू र सहकोषाध्यक्ष कमला तामाङ रहेका छन् ।त्यसै गरि गजेन्द्र भण्डारी, लोकमान लिम्बू, श्याम मगर, साइमन चेमजोङ, कला साम्पाङ, पविता लिम्बू, जेनिसा मगर, नीरबहादुर लिम्बू, विष्णु देवान, विशाल लिम्बू समितिका सदस्य रहेका छन् । साथै हस्बबहादुर लिवाङ, किसन राई र चिरञ्जीवी थेगिमलाई सल्लाहकार चयन गरेको छ ।
          सोही अवसरमा सावित्री मावि सतिसालेका भूपू विधार्थीहरुले पहिलो कक्षाका विधार्थी किसन राईको संयोजकत्वमा सहयोग समिति गठन छन। गठित समितिको सचिव चन्द्र जवेगू रहेका छन भने सदस्यहरुमा चिरञ्जीवी लिम्बू, राजु राई, रीता जवेगू,मीना जवेगू, पार्वती मगर, जेनिसा राना मगर र नन्दकुमार लिम्बू रहेका छन।संयोजक राईका अनुसार १० कक्षासम्म अध्ययन अध्यापन भइरहेको उक्त बिद्यालयमा यस वर्षदेखि उच्च माविको लागि तयारी भइरहेको छ ।
          हङकङमा नेपालीहरुले जातिय, क्षेत्रीय,राजनैतिक, सामाजिक आदि बेग्रेल्ती सस्थाहरु एक पछि अर्को थपिदै जादा जनमानसमा ब्याप्त असन्तुष्टि बढिरहेको बेला गाउपालिका जस्तो सानो क्षेत्रको सस्था किन खोल्न पर्यो भनी सोधिएको प्रश्नमा अध्यक्ष मगरले भने “यहाँ रहेका गाउँवासी र गाउँपालिकाको विकासमा सेवा पुर्याउन आवश्यकता रहेको ठहर गरेपछि समाज गठन गरिएको हो।”
हङकङमा विभिन्न उद्देश्यले सयौको सङ्ख्यामा नेपाली संघ सस्था खोलिएको छ। साथै खोलिने कार्य जारी छ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार