हङकङका लोकेन्द्र चुनिए दक्षिण एशियाली बडिबिल्डिङ को अध्यक्षमा

  - बगैचा सम्वाददाता

लामो समय बाट हङकङलाई कर्मक्षेत्र बनाउदै आएका गोर्खाका लोकेन्द्र परियार साउथ एशियन फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेसको अध्यक्ष पदमा नियुक्त भएका छन। गत २४ तारिक लाजिम्पाट स्थित होटल लि हिमायल मा सम्पन्न दक्षिण एशियाली राष्ट्रको प्रतिनिधिहरुले लोकेन्द्र लाई सर्बसम्मतले अध्यक्ष पदमा नियुक्त गरेका हुन।
मिस्टर हङकङ नेपाल, धर्म श्री, हङकङ चाईनामा समेत स्वर्ण पदक जितेका लोकेन्द्र सन २०१३ मा ईन्टरनेसनल फेडेरेसन अफ बडिबिल्डीङ एन्ड फिटनेस अन्तर्गतको हिमालय किङ्डम नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेसका सस्थापक अध्यक्ष समेत हुन। उनि नेतृत्वमा आए पछि खेलबाट अघोषित सन्यास लिएका छन।
“नेतृत्वमा आउन साथ बिदेशको बासिन्दा भएको भनी बिबाद सुनियो नि?” भनी नेपालखबरले सोधेको प्रश्नको उत्तरमा लोकेन्द्रले भने ” मलाई एनआरएन भनी मेरो खुट्टा तान्ने कोशिस भैरहेको छ। म यो क्षेत्रमा निश्वार्थ भावनाले लागेको हु, सङ्गैको साथीभाईहरुले आलिसान महल ठ्ड्टाईरहदा मैले नेपाली बडिबिल्डिङलाई अन्तरास्ट्रिय एक्स्पोजर गर्न लागिपरेको छु। हो मैले बिदेशी पासपोर्ट लिएको छु, जसले गर्दा १९० भन्दा बढी राष्ट्रमा फैलिएको यो खेल सस्थाको बिभिन्न गतिविधिमा भाग लिनको लागी यात्रामा सहज भएको थियो। यो फाईदा मेरो ब्यक्तिगत फाईदा नभएर राष्ट्र कै फाईदा थियो। यो कुरा सम्बन्धित निकायले बुझ्नु भन्दा कसरी पाखा लगाउन सकिन्छ भनेर केहि जथ्थाहरु लागी परेका छ।नेपाल र नेपालीहरुको गरिमा उचो गर्नको लागी म अहिरात्र लागी परेको छु। आवश्यक परे म बिदेशी पासपोर्ट त्यागेरै भए पनि नेतृत्व सम्हाल्न तयार छु”।
उनि आफ्नो रहरले भन्दा पनि अनुभव, दक्षता र सस्था प्रतीको ईमान्दारिता र समर्पित भावको कारण कङ्ग्रेसका सबै प्रतिनिधिहरुको अनुरोध र सम्मानको कारण नेतृत्व स्विकारेको बताए।
उनि एशियाली फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेसका बोर्ड सदस्य समेत रहेका छन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार