देउवालाई फेरि विशेष महाधिवेशनको धम्की…………

काठमाडौं – नेपाली कांग्रेस जिल्ला सभापतिहरूको भेलालेआफूहरूको सुझावलाई चैत २३मा बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्न माग राख्दै केन्द्रीय समितिले सम्बोधन नगरे महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन सुरु गर्ने चेतावनी दिएका छन्। हस्ताक्षर संकलनपछि पनि आफ्नो सुझाव नसमेटे विशेष महाधिवेशनमा जाने धम्की दिएका छन्। कांग्रेस महासमितिको बैठकबाट जिल्ला सभापतिहरूले केन्द्रीय सदस्यहरू तलबाटै निर्वाचित हुनुपर्ने र आक्षण कोटा दोह¥याउन नपाउने सुझाव दिएका थिए। सो सुझाव लत्याउँदै केन्द्रीय समितिले निर्णय गरेपछि उनीहरू पार्टी सभापति शेरबहादुर देउवासँग आक्रोशित भएका छन्। जिल्ला सभापतिहरूको सुझावलाई बेवास्ता गर्दै पुसमा बसेको केन्द्रीय समितिको बैठकबाट अनमोदन गरिएको विधान संशोधनमा पार्टीका पदाधिकरी तथा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ। यसैगरी पार्टीका पूर्वपदाधिकारी तथा पूर्व सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति संघीय संसद्का सदस्य तथा उम्मेदवार, प्रदेश सभाका सांसद तथा प्रदेशसभाका उम्मेदवार एक अवधिका लागि स्वतः क्षेत्रीय प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ। केन्द्रीय समितिको यस्तो निर्णयपछि जिल्ला सभापतिहरू पार्टी सभापतिसहित केन्द्रको निर्णयसँग असन्तुष्ट छन्। केन्द्रको बैठकपछि उनीहरूले फागुन २१मा विज्ञप्ति निकाली उक्त निर्णय सच्च्याउन माग गरेका थिए। निर्णय नसच्च्याएमा आफूहरू विशेष महाधिवेशनमा जाने धक्की पनि दिएका थिए। बुधबार र बिहीबार काठमाडौमा गरिएको ४४ जिल्लाका जिल्ला सभापतिहरूको भेलामा उनीहरूले फागुन २१ मा निकालिएको विज्ञप्तिको कुरा उठाएका छन्। भेलापछि उनीहरूले ७ बुँदे निर्णय सार्वजनिक गरेका छन्। ७ बुँदे निर्णयमा केन्द्रीय समितिको निर्णय सच्याउन दबाब दिन महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्ने र हस्ताक्षर संकलनपछि पनि आफ्नो मागको उपेक्षा गरिएमा फाुगन २१ को विज्ञप्तिअनुसार विशेष महाधिवेशनमा जाने धम्की दिइएको छ। भेला गर्न सक्रियता देखाएका रोल्पा कांग्रेस सभापति अमर पुनले केन्द्रीय समितिको निर्णय नसच्याएमा फागुन २१मा निकालिएको विज्ञप्तिअनुसार आफूहरू विशेष महाधिवेशनमा जान सकिने निर्र्णय भेलाबाट गरिएको बताए। उनले भने, ‘हाम्रो भेलाको मुख्य उदेश्य जिल्ला सभापतिहरूको सुझावविपरीत गरिएको केन्द्रीय समितिको निर्णय सच्च्याउन माग गर्नु हो। यसका लागि हस्ताक्षर संकलन गर्छौ। हस्ताक्षर संकलन पछि पनि माग सुनवाइ नभए हामी विशेष महाधिवेशनमा जान्छौं।’ यसैगरी, चौथो बुँदामा १४औ महाधिवेशन निर्धारित समयमा सम्पन्न गर्न आवश्यक कार्यतालिका सार्वजनिक गर्न केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरिएको छ। ‘हाम्रो आसय १४आै महाधिवेशन ४ वर्षमै हुनुपर्छ। कुनै बाहना देखाएर ५ वर्षमा सार्न पाइन्न भन्ने नै हो।’ पुनले भने। तर देउवा निकट मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले भने पार्टीको १४औ महाधिवेशन ५ वर्षमै हुने दाबी गरे। उनले भने, ‘पार्टीको विधान र संविधानलेले समेत ५ वर्षमा महाधिवेशन गर्ने व्यवस्था गरको छ। कसरी ४ वर्षको कुरा आयो ? एक पटक पार्टीका विधान र संविधान हेर्न आग्रह गर्छु।’ बानियाँले भने। भेलाले महाधिवेशन हुन नसकेका पार्टीका भ्रातृ संगठनहरू, सुभेच्छुक संगठन तथा जन सम्पर्क समितिहरूका अधिवेशन तत्काल गर्न माग गरेको छ। यसैगरी राज्य पुनर्संचनामार्फत निर्माण गरिएका पार्टीका नयाँ संचरना निर्वाचनमार्फत तत्काल गठन गर्न माग राखिएको छ। भेलामा ४४ जिल्लाका जिल्ला सभापतिको उपस्थिति रहेको पुनले दाबी गरे। भेलाले गरेको निर्णयमा अरू केही जिल्ला सभापतिको सहमति फोनबाट लिइएको पनि उनले बताए। तर बानियाँले भने भेलामा १५÷२० जनाभन्दा बढी कसैको उपस्थिति नभएको दाबी गरे। उनले भने, ‘यो भेला नै होइन। चिया गफ मात्र हो। त्यहाँ १५÷२० जना मात्र उपस्थिति छन्।’ जिल्ला सभापतिको भेला बोलाउन काठमाडाैँ कांग्रेस सभापति सबुझ बानियाँ, काभ्रे सभापति मधु आचार्य, पुनलगायतकाले अगुवाइ गरेका थिए। भेलामा पार्टी सभापित देउवाविरोधी खेमाका जिल्ला सभापतिको उपस्थिति थियो। बुधबारे ५१ जिल्ला सभापति उपस्थिति गराइएको दाबी गरिए पनि बिहीबार ४४ जिल्ला सभापति उपस्थिति भएको बताइएको छ। बिहीबार उनीहरू पार्टी सभपाति देउवाप्रति केही नरम देखिएका थिए। कांग्रेस मुगु सभापति खड्गबहादुर शाहीले काठमाडाैँमा गरिएको जिल्ला सभापतिको भेला पार्टी सभापतिविरूद्ध लक्षित नभएको दाबी गरे। उनले भने, ‘यो भेला पार्टी सभापतिविरूद्ध लक्षित छैन। जिल्ला सभापतिको सुझाव कार्यान्वयन गर्न दबाब भेला बोलाइएको हो,’ शाहीले भने।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार