हङकङमा श्रम दिवसको र्‍यालीमा नेपाली कामदारहरुको ब्यापक सहभागिता

हङकङमा १३० औं अन्तराष्ट्रिय मजदुर दिवस सम्पन्न भएको छ।गत बुधबार मे १ तारीखका दिन विभिन्न क्षेत्रका हजारौं कामदारहरु भेला भै र्‍यालीमा सरिक भएर उक्त दिवस मनाएका थिए।
र्‍याली हङकङको मुटु मानिने अति ब्यस्त स्थान कजवे–बे स्थित भिक्टोरिया पार्क बाट सुरु भै सुगर स्ट्रिट, हेनेसी रोड, रोड्नी स्ट्रिट हुदै केन्द्रिय सरकारी कार्यलय पुगि आमसभामा परिणत भएको थियो । हङकङका कार्यकारी प्रमुख क्यारी लामको कार्यालय भवन अगाडि भएको सभामा हङकङका स्थानिय चिनियाँ मजदुर संघ–सस्था तथा विभिन्न देशका श्रमिकहरुको संगठनले आ–आफ्नै ज्ञापन–पत्र वुझाएको थियो ।

हङकङको ट्रेड युनियनले प्रमुख नेतृत्वमा आयोजित उक्त दिवसमा ‘नेपाली निर्माण कामदार युनियन हङकङ’, सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना), ‘नेपाली जनप्रगतिशील मञ्च हङकङ’, ‘ओभरसिस नेपाली वर्कस एसोसिएसन’, ‘घरेलु कामदार युनियन’ लगायत विभिन्न नेपाली संघ–सस्थाहरुले एक्यवद्घता जनाउदै र्‍यालीमा सहभागिता जनाएको थियो। उक्त र्‍यालीमा हामी कामदार हौं– हामी सुरक्षीत छैनौ, कामको समयको निश्चित समय निर्धारण गर, कामदारुहरुको ज्याला वृदी गर, श्रम शोशित ठेक्कापटा बन्द गर, ८ घण्टा भन्दा बढि काममा लगाउन पाइदैन, नाफा भन्दा पहिला सुरक्षाको प्रत्याभुती गरियोस, कामदारहरु मेशिन होइन, विश्वको मजदुर एक होऔं, मजदुर एकता जिन्दावाद, आकासिंदो महगि नियन्त्रण गर, नेपाली कामदार माथिको भिषा प्रतिवन्ध फुकुवा गर, समान कामको समान ज्याला देउ, अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि पुरा गर जस्ता नारा सहित मागहरु राखिएको थियो।

र्‍यालीमा ५ हजार भन्दा धेरै जनसंख्याले भाग लिएको ट्रेड युनियनले दावी पनि हङकङ पुलिसले दावी गरिए अनुसार नभएको बताएको छ।

हङकङमा हुने अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा हरेक वर्ष यहाँका नेपाली संघ–सस्थाहरुले भाग लिदै आएको छ । मजदुर दिवसमा भाग लिने नेपालीहरुको विभिन्न संघ–सस्थाहरुले हरेक वर्ष आ–आफ्नै माग पत्र वुझाउदै आएका छन् ।     

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार