हेनसेन याक्खाको ‘तिमी डुब्यौंकी मेरो प्रेममा…’ गीतको म्युजिक भिडियो सार्वजनिक

  टोपबहादुर याक्खा

१८ मे, हङकङ– गीतकार तथा साहित्यकार हेनसेन याक्खाको ‘तिमी डुब्यौंकी मेरो प्रेममा…’ गीतको म्युजिक भिडियो हिजो शुक्रबार यूट्युव मार्फत सार्वजनिक भएको छ ।
हेनेसेन याक्खाको सुन्दर शब्दहरुमा गायक तथा संगीतकार उत्तमजंग लिम्बुले संगीत भरेका छन भने उत्तमजंग लिम्बु र अन्जु पन्तको श्वर रहेको छ । मोडलद्धय आयुषा लिम्बुखिम र तिलक खत्रीको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई तारेभीर चलचित्रका निर्माता तथा कलाकार देउकृष्ण देवान याक्खाले निर्देशन गरेका हुन ।
ईलामको कन्याम, इटहरीको गोकर्ण रिशोर्ट लगायत पूर्वको रमणीय क्षेत्रहरुमा लिइएको उक्त म्युजिक भिडियोलाई शिर कुमार साम्पाङ राईले छायाङकान गरेका हुन् ।
विशेष गरी कविता, लघुकथा र लेखहरुमा कलम चलाउँदै आएकी धरानकी साहित्यकार हेनसेन याक्खाले आफ्ना पाठक, स्रोता तथा दर्शकहरु माझ पहिलो गीत कोशेली श्वरुप ल्याएको बताउँछिन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार