हङकङमा हाईकिङ गर्दै मनाईयो एभरेस्ट डे

  बगैँचा सम्वाददाता


गत बर्ष ३३ डिग्रीको प्रचण्ड गर्मीमा मनाईएको एभरेस्ट डे यो पटक पानी झरिको बिच हङकङका नेपालीहरुले २६ मे का दिन सगरमाथा दिवस मनाएका छन्। मौसम बिभागले जारी गरेको भारी वर्षा हुने चेतावनी बेबास्ता गर्दै पानीमा रुझेर पदयात्रा गरी उनीहरुले सगरमाथा दिवस सम्पन्न हुन्। हङकङमा “फोर डब्लु” अर्थात वाईन,वुमन, वर्क र वेदरको भरोसा नहुने भन्ने प्रचलित मान्यता छ।

गैर आवाशिय नेपाली संघ हङकङ र नेपाली महावाणिज्यदूतावासको संयुक्त आयोजनामा सम्पन्न उक्त पदयात्रामा भाग लिन सेन्ट्रल अब्जरभेसन ह्वीलको बाहिर रहेको खाली चौरमा भेला भएका थिए। उपस्थित पदयात्रीहरुलाई आयोजकहरु एनआरएनका तर्फबाट महासचिव किसन राई र महावाणिज्यदूत कमल प्रसाद भट्टराईले छुट्टाछुट्टै स्वागत मन्तव्य दिएका थिए।

बिहान ९:०५ बजे सेन्ट्रलबाट सुरुआत भएको हाइकिङ मिडलेभल स्कालेटर, कन्डुइट रिड, ह्याटन रोड, माउन्ट अस्टिन हुँदै भिक्टोरिया पिकमा समापन भएको थियो। समापन स्थानमा पुग्ने पदयात्रीहरुलाई आयोजकले प्रमाणपत्र समेत प्रदान गरेको थियो।
हङकङमा सगरमाथा दिवस मनाउनुको उद्देश्यबारे बगैँचा सन्चारसँग कुरा गर्दै महावाणिज्यदूत कमलप्रसाद भट्टराईले भने, ‘सगरमाथा नेपाल र नेपालीको शीर हो, नेपालीको धेरै पहिचानहरुमध्ये सगरमाथा पनि एक हो। हामीले यहि मेसोमा पर्यटन प्रर्वद्धनसँगै नेपालीहरुको एकता र सांस्कृतिक सम्पदाको पहिचानका लागि सगरमाथा दिवस मनाएका हौँ।’

एनआरएनएकी अध्यक्ष टीका गुरुङले यो कार्यक्रमले आपसी सद्भाव र नेपालका लागि पर्यटन प्रचारप्रसारमा टेवा पुग्ने बताउदै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरिन। महासचिव किसन राईले नेपाल र नेपालीको पहिचान जोडिएको सगरमाथा दिवसलाई एनआरएनएले निरन्तरता दिने बताउदै बार्षिक कार्यक्रमको रुपमा क्यालेन्डर ईयर मै राखिसकिएको बताए।
करिब १५० नेपालीहरुको सहभागिता रहेको हाईकिङमा धनाढ्यहरुको बसोबास क्षेत्र रहेको मिडलेभल, पिक सम्मको १० किलोमीटरको लोकपृय हाईकिङ रुटमा पदयात्रीहरुले भिजिट नेपाल २०२० का प्लेकार्ड तथा अन्य पर्यटन प्रवर्द्धन गर्ने किसिकका प्लेकार्डहरु बोकि प्रदर्शन गर्दै हाईक गरेका थिए।।सहभागीहरुलाई हङकङ डलर २ सय शुल्क लिइएको थोयो भने १८ बर्ष मुनिकाहरुलाई निशुल्क गरिएको थियो। आयोजकले निशुल्क टिसर्ट र लञ्चबक्स उपलब्ध गराएको थियो। फिनिसिङ प्वाईन्टमा पुग्ने सबैलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। पदयात्रामा बिद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो।
१९५३ मे २९ का दिन नेपाली पर्बतारोही तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा चुमेको सफलताको सम्झना गर्दै सगरमाथा दिवस मनाउन शुरु गरिएको हो। हङकङमा भने बिगत ३ बर्ष बाट मनाउन थालिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार