सार्वजनिक सेवाहरू अबरुद्द गर्ने बिरुद्द सरकारी कर्मचारी संघको भत्सर्ना

हङकङमा यहाका एक प्रमुख सरकारी कर्मचारी संघले आज सोमबार एक बिज्ञप्ति मार्फत सुपुर्दगी बिधेयक बिरोधी प्रदर्शनकारीहरुको निन्दा गरेको छ। बिज्ञप्तिमा प्रदर्शनकारीहरुले सरकारी भवनहरुको प्रबेश अबरुद्ध गरि कानुन तोडेको तथा जनताको दैनिक जिवनमा जटिलता सिर्जना गरेको आरोप लगाएको छ। द हङकङ चाईनिज सिभिल सर्भेन्ट्स एसोसिएसनले भनेको छ ” प्रदर्शनकारीहरुले अदालत भवन, सरकारी मुख्यालय, प्रहरी मुख्यालय तथा अन्य सरकारी कार्यालयहरु आसपास जम्मा भै बाधा सिर्जना गरेर सरकारी कर्मचारीहरुलाई जनताको सेवा गर्नबाट बन्चित गरेका छन”। बिज्ञप्तिमा थप भर्त्सना गर्दै भनिएको छ ” जसले प्रहरी र उनका परिवारलाई धम्की दिईएको छ, त्यो सरासर गलत हो, कर्तब्य पालनाको क्रममा उनिहरु आफु भन्दा माथीका अधिकारीहरुको निर्देशन पालना गरिरहेका हुन्छ्न।उनीहरूले कुनै पनि राजनीतिक जिम्मेवारी भुमिका निर्बाह गरेका हुदैनन।” संघले जोड दिएको छ ” जिम्मेवारी निर्बाह गर्दा आईपर्ने अनेकन कठिनाई र चुनौतीहरुलाई सबै सरकारी कर्मचारीहरूले राजनीतिक तटस्थता कायम राख्नका जरुरी छ”। सामाजिक स्थायित्व कायम गर्न समाजका बिभिन्न क्षेत्रबाट बलियो तार्किक सम्बादहरु शुरु गर्न समेत जरुरी रहेको संघले बताएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार