हङकङमा बर्षको पहिलो पटक ताईफून सिग्नल नम्बर तीन

हङकङ मौसम बिभाग पुर्बानुमान साखाले यो बर्ष्कै पहिलो सामुद्रीक आधी ताइफून सिग्नल नम्बर ३ जारी गरेको छ। मङ्गलबार अपरान्ह ३:४० बजे सिग्नल नम्बर १ जारी गरे पछि रातको ९:१८ मा सिग्नल नम्बर ३ को जानकारी गराएको छ। बिभाग अनुसार उक्त आधि ७५ किलोमीटर प्रतिघन्टा को गतिमा आउन सक्ने बताएको छ। आधी हङकङ बाट ३०० किलोमीटर दक्षिणी पश्चिम क्षेत्र हुदै गुज्रने बताईएको छ। आधी चल्न शुरु भएकोले उक्त आधी हङकङ हुँदै चीनको दक्षिणी ग्वान्डोङ प्रान्त हुदै बहने अनुमान गरिएको छ।बिभागले सर्बसाधारणहरुलाई होशियारी अपनाउन आग्रह गरेको छ।
उक्त ताईफूनका कारण बुधबार आगामी मेघ गर्जनका साथ भारी वर्षा समेत हुने अनुमान गरिएको छ।साथै होचो भागमा बढी समेत आउने चेतावनी दिएको छ। तापक्रम २६-२९ डिग्री हुनेछ भने आधिले थप गति लिने बताईएको छ।
ताईफुन सिग्नल नम्बर ८ लाई शक्तिशाली मानिन्छ। उक्त समय स्कुल, कार्यालय,यातायात,पसल लगायत बन्द गरिन्छ। सिग्नल नम्बर ९ र १० लाई बिनाशकारी मानिन्छ। सन २०१८ सेप्टेम्बरमा आएको सिग्नल नम्बर १० ताईफून माङ्खुटले हङकङमा अरबौ डलर बराबरको क्षति पुर्याएको थियो।
यो बर्ष ७ वटा सम्म ताईफून आउने मौसम तथा जलवायु बिज्ञान बिभागले बताएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार