हङकङ आन्दोलन “बिनास काले बिपरीत बुद्धि”

  - भुपेन्द्र चेम्जोङ

    (लेखक – भुपेन्द्र चेम्जोङ)

हङकङका सरकार प्रमुख क्यारी लामले हङकङका आन्दोलनकारीहरुको माग पूरा नगरे पनि अमेरिकाको तल्लो सदन (हाउस अफ रिप्रीजेन्टेटिभ)ले उनिहरुको माग पूरा गरिदिएकोछ ।”हङकङ ह्युमन राईट्स एण्ड डेमोक्रसी एक्ट २०१९” अमेरिकाको तल्लो सदनमा पास भएको छ । यो बिधेयक कानुनमा परिणत हुन दुई खुड्किला मात्र पार गर्नुछ । अर्को खुड्किला माथिल्लो सदन (सिनेट)ले यो बिधेयक पास गर्नुपर्नेछ । रिपब्लिकन र डेमोक्रेट दुवै पक्षबाट समर्थन रहेको यो बिधेयक सिनेटमा सजिलै पास हुनसक्ने अनुमान गरिन्छ ।अन्तिम खुड्किला अनुमोदनको लागि राष्ट्रपती कहाँ जानेछ ।राष्ट्रपतिले हस्ताक्षर गरेपछी कानुनको रुप लिन्छ ।राष्ट्रपतिले भिटो लगाएमा कानुन बन्नबाट रोकिन पनि सक्छ । यसले कानुनी रुप लिएमा अमेरिकाको हङकङप्रतिको राजनैतिक चासो र हावी बढ्नेछ ।अमेरिकाले हरेक बर्ष हङकङमा प्रजातन्त्र र मानव अधिकारको स्थितीमा मुल्याङकन गर्नेछ । अमेरिकालाई हङकङमा मानव अधिकार र प्रजातन्त्रको स्थिती उपयुक्त नलागेमा मानवअधिकार र प्रजातान्त्रीक अधिकारको उलङघन गर्ने हङकङ र चीनका जिम्मेवार अधिकारीहरुलाई नाकाबन्दी लगाउन सक्नेछ । हङकङलाई विशेष ब्यपार सुबिधायुक्त राष्ट्रको रुपमा पाउदै आएको सुबिधा कटौती हुनसक्छ । हङकङले साङ्घाई,बेजिङ वा ग्वाङजाउ जस्ता चीनको एक शहरको रुपमा मात्र ब्यापरिक सुबिधा पाउनेछ ।यदि त्यस्तो हुन गएमा यो कानुन पास गर्न माग राखेर अमेरिकाको झण्डा बोकेर अमेरिकाको राष्ट्रीय गीत गाउदै अमेरिकी राजदुतबास धाउने आन्दोलनकारीहरु लगायत सर्बसाधारणलाई थप बढी असर पुग्नेछ ।
यदि यो कानुन पुर्ण रुपमा पास भएमा चीनले आफ्नो आन्तरिक मामलामा अमेरिकाले नाङ्गो हस्तक्षेप गरेको ठान्दै बदला लिने कडा चेतावनी बक्तब्य परराष्ट्र मन्त्रालयले सार्बजनिक गरिसकेको छ। यो बिधेयक पास भएमा हङकङमा रहेका १४ हजार भन्दा बढी अमेरिकि व्यापार र ८५ हजार अमेरिकी नागरिकलाई समेत अप्ठ्यारो पर्ने बिज्ञहरुको भनाई रहेकोछ ।
जबजब हङकङलाई बढी बिदेशी शक्तिलाई हस्तक्षेप गर्न अनुनय बिनय बिन्ती बिसाईन्छ उतिउति चीनले हङकङ माथी थप कडा निगरानी र नियन्त्रण बढाउदै लैजानेछ । दुई साढेहरुको जुधाईले बाछाहरु अबश्य मिचिने छ। यो बिधेयक पास गर्न दवाब दिनेहरु सौताको रीसले आफ्नो घर जलाउदैछन। ।”बिनास काले बिपरीत बुद्धि”।

(लेखक जनजाति आन्दोलनका अभियन्ता तथा पुर्ब सनराईज साप्ताहिकका सम्पादक हुन)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार