कविता

“रजस्वला”

साहित्यकार “जूनु राना”

छोरी !
र उसको
हुर्कदै गएको शरीर
बद्लिदै गएका शारीरिक अबोध अज्ञानता संग
हुर्किरहेको छोरीको अंगहरु
छल्किएर जब
नचाहेरै भोग्नुपर्छ “महीनाबारी”

अनेक किवंदन्ती सुनाईदै,
यो नछुनु !
त्यो नछुनु !
फूल नछुनु / चिचिला नछुनु /
फलनालाई नहेर्नू !!!

आफ्नै शरीरको रगतले भिज्नु
असहजताले दिक्क!
उम्कने कुनै मार्ग छैन
शरीर गल्छ
चिसोले चाँडै कठाङ्रीने बनाउँछ !

यो रजस्वला !
कस्तो ज्वाला हो खै!
जसलाई चाहेरौ नचाहेरै छोरी भोग्छे
सहन्छे
पिडाको अनेकन शृङ्खला !!

कतै मर्छे कठाङ्रीदै
छाउपडी नामको कालखानामा
कतै हेपिन्छे
छि छि दुर दुर !

खै कसले बुझ्यो “रजस्वला”??
जब
जरुरी हुन्छ
अरुबेला भन्दा बेग्लै स्नेह र हेरचाह ।
न्यानोपनको आभाष
तर स्वार्थी समाजले
बुझेन !

जलाइउरहन्छ /
कहिले मत्तितेलले तेजाबको जलाउँछ
निस्सासिने छाउपडी
मरिरहेछन छोरी
कतै शरीर मर्दैछन
कतै मानसिक रुपले मरिरन्छन !

ए एक्काइसौं सताब्दीको विद्वान मान्छे !
सुन, “रजस्वला” बर्जित होईन !
ए, लोग्ने,
आफ्नी अर्धांङ्गिनिलाई बुझ्न सक!
तब मात्र वास्तविक “मर्द” ठहरिनेछौ!
तब मात्रै
एक्काइसौं सताब्दीको विद्दान गनिनेछौ
तब मात्र ….

क्रमशः

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार