नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि

  बगैचा सम्बाददाता

३ माघ २०७४
काठमाडौ

विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको छ । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्का सहित ११ वैज्ञानिकको टोलीले औषधि पत्ता लगाएको हो । ‘एन्टिभाइरल रिसर्च’ जर्नलमाका अनुसार इबोला भाइरसको औषधि पत्ता लगाएको दाबि गरेको छ । डा.सुदीप खड्का नेपाल बागलुङका हुन टोलीमा खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन्। दुई लाख वटा औषधिको अनुसन्धानबाट तीन वर्ष लगाएर ५६ सम्भावित औषधि पत्ता लागेको भनिएको छ तीमध्ये एउटा बेन्जोक्विन अनलाइन (दभलशयत्रगष्लयष्लिभ) समूहको औषधिको विस्तृत अध्ययन भएको छ। यो प्रारम्भिक अनुसन्धानले चाँडै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ। तर, बजारमा आउनुभन्दा पहिले यो औषधिको प्रयोग गर्ने विधि, औषधिको मात्रा र साइड इफेक्टबारे थप अनुसन्धान सुरु भएको छ। यो आविष्कारले फेरि इबोलाको महामारी फैलियो भने त्यसको रोकथाममा महत्वपूर्ण योगदान पुर्याउने विश्वास अनुसन्धानमा संलग्न वैज्ञानिक टोलीले लिएको छ। संसारकै खतरनाक रोग मानिने इबोलाको हालसम्म कुनै औषधि छैन। अत्यन्तै चाँडो सर्ने यो रोगले केही दिनमै महामारीको रूप लिन सक्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार