हङकङ परिवेश…

 

बिगत १ बर्ष देखि हङकङको परिवेश आन्दोलनले गर्दा तनावग्रस्त रहिआयो । हङकङ सरकारले सुपुर्दगि बिधेयक पारित गरेपछि उक्त बिधेयक खारेजको माग गर्दै आन्दोलन सुरु भएको थियो । आन्दोलन चर्केर गएपछि सरकारले उक्त बिधेयकलाई फिर्ता लिनुको सट्टा मृत घोषणा गर्यो । यसपछि आन्दोलन झन चर्केर गयो । दिनानुदिन आन्दोलनको स्वरूपले उग्ररूप लिएपछि आन्दोलनकारीद्वारा सडक अवरोध, आगजनि र तोडफोड हुनका साथै सरकारपक्षबाट अस्रुग्यास, रबर बुलेट, वाटर क्यानोन (पानीको तोप) समेत प्रयोगमा ल्याईयो ।

हरेक सार्वजनिक बिदामा दिउँसो देखि मध्यरातसम्म हुने नाराबाजि सहितको जुलुसले र केही सरकारि कार्यलय लगायत हङकङ प्रहरी चौकि, प्रहरी मुख्य कार्यलयसम्म निशाना बने । त्यसैगरि एम टि आर स्टेशनहरू पनि आन्दोलनकारिहरूको मुख्य निशाना बन्न पुग्यो । चीनबाट संचालित कम्पनिहरूको पसल, सोरूम, बैंक, बित्तिय संस्था, ट्राभल एजेन्सि लगायत आन्दोलनकारीको निशानामा परेको थियो । कतिपय अवस्थामा मेण्डरिन भाषा बोल्ने चाईनिजहरूमाथि समेत आक्रमण गरियो ।

पछिल्लो समय- हुङहामस्थित हङकङको प्रख्यात बिश्वबिद्याय पोलिटेक्निक युनिभरसिटी आन्दोलनकारीले काब्जा गरे । पछि प्रहरीले चारितरबाट घेराबन्दी गरेर आन्दोनकारीलाई आत्मसमर्पण गर्न बाद्य तुल्याएका थिए । तथापि आन्दोलन रोकिएन, मागहरू अरू थपिदै गए । चिनको राष्ट्रिय झण्लालाई जलाउदै बिदेशी झण्डा बोकेका आन्दोलनकारिहरूले ‘आमेरिका आउ हङकङ बचाउ’ भन्ने सम्मका नारा लगाउन थाले । स्थिति जटिल बन्दैगयो । हङकङ सरकारले सार्वजनिक स्थलहरूमा जमघट गर्न र भेला हुन प्रतिबन्ध लगायो । तथापि आन्दोलन चलिनैरह्यो । निरन्तर आन्दोलनका कारण हङकङको जनजीवन अस्तब्यस्त हुनुको साथै बन्द ब्यापार निकै खच्कि सकेको थियो । यसरि आन्दोलनको मार खेपिरहेको हङकङलाई बिश्व माहामारिको रूपमा फैलिएको कोभिड-१९ कोरोना भाईरस प्रकरणको झट्काले समस्यमाथि समस्या थपिदियो ।

कोरोनाबाट बँच्न बोर्डरहरू तत्काल सिलबन्द गरियो । हवाई यातयात स्थगन गरियो, स्कूल, कलेज, पप, बार, डिस्को, ब्यूटिपार्लर, सउना, मसाज सेन्टर, फिजिकल फिटनेश, सिनेमाहल, थिएटरहल लगयत स्विमिङपुल, बिबिक्यू स्पट जस्ता सार्बजिक स्थलहरू बन्द गरिनुको साथै कडाईकासाथ सामाजिक दुरि कायम गरियो ।भाईरसबाट बच्नकालागि प्रयोगमा ल्याईने बिधिहरू तत्काल अवलम्बन गरियो । पुरै लक डाउन नगरिए तापनि हङकङको जनजीवन असहज बन्नको साथै हरेक गतिबिधिहरू न्यून र नाजुक अवस्थामा गुज्रियो ।

यसको प्रतक्ष असर हङकङेली नेपाली समाजमा पनि देखा पर्यो । उत्सब, भोज भतेर, बिबिक्यू, नाचगान, खेलकुद तथा सामाजिक भेटघाट सबै ठप्प हुने नै भयो । मंकीहिल, ताईमोसन, पार्कभ्यूको बिबिक्यू स्पटहरु सुनसान र बन्द छन् । कोरोनाकै कारणले मानिसको आनिबानि र सोचमा केही परिवर्तन ल्याएको देखियो । पहिला संघसंस्थाका पदाधिकारि, नेता, ब्यापारि, पत्रकार, समाजसेवी लगायतलाई भेट्न मंकीहिल, ताईमोसन जान पर्थ्यो भने यतिखेर चाही हाईकिङ जाने डाडा र निगुरो फल्ने जंगलमा भेट्न सकिन्छ । सार्बजानिक बिदा वा छुट्टीको दिन बिबक्यू, बिच र रेष्टुरेण्ट जाने प्राय: सबैजना जंगल र डाडाकाडातिर जाने गरेको देखिन्छन । जो शाररिक र मानसिक दुवै हिसावले स्वास्थ्यको लागि लाभदायक छ ।

DCIM100MEDIADJI_0129.JPG

कोरोना माहामारिको कारण आर्थिक भारको असर चारैतिर परेको छ । कामदारहरूको रोजगारि गुमेको छ भने ब्यापारिहरूलाई टिकि खान नसक्ने अवस्था छ । हङकङ सरकारकले राहतको केही प्याकेजहरू उपलब्ध गराई सकेको छ र अरू थप नयाँ राहत प्याकेजको घोषणा गरेको छ । जसबाट थोरै भएपनि सहुलिएत मिल्ने आशा गरिएको छ ।

मार्च महिना सुरु भएयता भने बजारमा केही चहल पहल बढ्न थालेको देखिएको छ । कोरोनाका नयाँ बिरामी पनि फेला परेका छैनन् । हङकङमा हालसम्म १ हजार ४० जनामा कोरोना संक्रमण देखिएकोमा ४ जनाले ज्यान गुमाएका छन भने ८ सय ७९ जना उपचार पछि बिशेक भएर घर फर्केका छन र १ सय ५७ जना उपचाररत छन् । आशा गरौं हङकङ चाडै कोरोना भाईरसबाट मुक्त हुने छ र यहाँको जनजीवन सामान्य अवस्थामा फर्किने छ । तर आन्दोलनको बिषय भने टुंगिएको अवस्था छैन । भविष्यले कस्तो बाटो तय गर्ने हो हेरौं ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार