नेपालले अफगानिस्तानको सामना गर्दै……..

२६ फागुन २०७४,    काठमाडौं – जिम्बाब्वेमा जारी आइसिसी विश्वकप क्रिकेट छनोटको तेस्रो खेलमा शनिबार (आज) नेपालले अफगानिस्तानको सामना गर्दैछ। बुलाबायोको एथ्लेटिक क्लबको मैदानमा १ः१५ बाट सुरू हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।  अघिल्ला २ खेलमा हार ब्यहोरेको नेपाललाई अफगानिस्तानविरुद्ध प्रतियोगिताको तेस्रो खेल खेल्दा सुपर सिक्सको प्रारम्भिक लक्ष्य हासिल गर्ने झिनो आशा कायम राख्न पनि नेपाली राष्ट्रिय टोलीसामू जितको विकल्प हुने छैन।  पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बाब्वेका ब्याटसम्यान नेपाली बलरमाथि हावी हुँदा ३ सय ८१ रनको विजयी लक्ष्य नेपालका लागि ठूलो पहाड बनेको थियो। ठूलो लक्ष्य पछ्याउँदा पूरा ५० ओभर खेले पनि नेपालको स्कोर ८–२६४ मा सिमित भएको थियो। शीर्ष पंक्तिले फेरी एक पटक कमजोर प्रदर्शन गरेपछि शरद भेषावकर र आरिफ शेखले अर्धशतक प्रहार गर्दै नेपालको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। जसमा कप्तान पारस खड्काको ४० रनको पनि योगदान थियो ।  तर बिहीबार स्कटल्यन्नडविरुद्ध शीर्षपंक्तिका साथै मध्यक्रमको ब्याटिङ पनि धरासायी भएपछि नेपाली टोली १ सय ४९ रनमा सिमित भएको थियो। नेपालका लागि पारसले जोडेको ६३ रन उच्च स्कोर थियो। त्यस्तै वसन्त रेग्मीले अविजित २४ रन प्रहार गरेका थिए। अघिल्लो खेलमा अर्धशतक प्रहार गरेका शरद गोल्डेन डकआउट हुँदा आरिफले पनि २ रन मात्र जोड्न सके। अफगानिस्तानलाई नतिजा सुम्पिए नेपाल सोमबार हङकङविरुद्ध हुने समूहको अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिने संघारमा पुग्नेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार