चण्डीपुर्ने मेला (बुद्ध जयन्ती)२०७६ ईन्दिरा चेम्जोङ

ईन्दिरा चेम्जोङ  ४ जेठ २०७६ ललितपुर
धनकुटा जिल्ला चौबिसे गाउपालिका राजारानी ६ मा प्रत्येक वर्ष लाग्ने चण्डीपुर्ने मेला कहिले देखि लाग्न सुरु भयो भन्ने प्रमाणिक मिति नभएपनि मलाई थाहाँ भए अनुसार र बुवा बाजेको भनाई अनुसार पचासौ वर्षदेखि यो मेला लाग्न सुरु भएको हो । यो मेला पूर्णिमाको दिनदेखि चार दिनसम्म लाग्छ । यो मेला चण्डीपुर्नेको नामले प्रशिद्ध भए पनि यहाँ पहिले चण्डी नाच देखन् पाइन्दैन थियो यहाँ धान नाच मात्र नाच्ने गरिन्थियो । यो मेलालाई राजारानी बासिन्दाहरुले दसैँ तिहार भन्दा ठुलो चार्ड मान्ने गर्दछ ।

यसै अवसरमा आफन्त, इस्टमित्र भानाभान्जा, ज्वाई,चेला सबैसंग भेटघाट हुने गर्छ । मेलामा टाढा टाढाबाट ४, ५ घण्टा पैदल हिडेर पाँचथर, छथर लगायत अन्य छिमेकी गा बि स मैनाबुधुक ,बोधे,डाडाबजारका मानिसहरु मेला भर्न र रमाइलो गर्न आउथे । अहिले मोटरगाडी बाटोको सुबिधाले पैदल हिडनु पर्दैन, त्यो समयको चण्डीपुर्ने मेला आफ्नै किसिमको रमाइलो नै थियो । धान नाचँदेखि लिएर बिभिन्न हाँसखेल गरि मेला सौहाद्रपूर्णरुपमा सकिन्थ्यो । राजारानी ६ मा पावरक र मावरक नाम गरेको दुइ धाप खेत छ, लिम्बुभाषामा पावरक (राजा ताल) मावरकर (रानी ताल) भन्ने अर्थ लाग्छ ।

जहाँ पहिले मेला र फुटबल एकै ठाउँ हुने गर्थ्यो, जसलाई मजुवाटार भनिन्छ यो ‘पावरक’ राजा धापमा पर्छ र अहिले यो मजुवाटारमा फुटबल मात्र खेलिन्छ भने मेला पाटि बजार र नाकबेली पार्क नजिक लाग्दै आएको छ । राजारानीको अर्को आकर्षण भनेको रानीताल हो, यो मावरकमा पर्छ, रानीताल हेर्नलाइ टाढा टाढाबाट टुरिष्टहरु आउने गर्छ, यो तालमा डुंगा सवार (boating) देखि माछा मार्ने ( fishing ) को पनि गर्न सकिने छ । फुटबल त धेरै पहिले देखिनै खेल्दै आईरहेको हो र त्यहाँका वासिन्दाहरु फुटबल हेरेर भरपुर मनोरञ्जन लिन्थे जसको फलस्वरुप चौबिसे राजारानीले बुद्ध चेम्जोंग र किरण चेम्जोंग जस्ता राष्ट्रिय फुटबल खेलाडीहरु समेत उत्पादन गरिसकेका छन् । पहिले ३,४ दिनसम्म धान नाच, हाक्पारे ,ख्याली,पालाम र दोहोरि गीत गएर दिन रात बिताउथे भने अहिले आएर नेपालका राष्ट्रिय कलाकारहरुको कन्सर्ट गरिन्छ र पुराना परम्परागत शैलीमा नाचिन्ने धान नाच देख्न पाइन्दैन ।

जनजातिहरुको भेषभुषा र सस्कृतिमा आधारित झाँकी प्रर्दसन गरिन्छ, प्रबिघिको बिकाससंगै हाम्रो जिवन शैलीमा अवश्य सहज र सजिलो त भएको छ तर आधुनिकताले हाम्रो परम्परागत भेषभुषा, सस्कृति र भाइचारालाई बिस्थापित गर्दै लगेको महाशुस हुन्छ, पहिले यो मेलामा स्थानीय बासीले उत्पादन गरेको खानेकुरा भटमासको अचार आलु, गुन्रुक, सेलरोटी चाम्रे,लोकल रक्सी,कोदोको जाड जस्ता अर्गानिक खाने कुराले धानेका थिए भने अहिले विभिन्न स्टलहरुमा शहरिया खानेकुराले सजिसजाउ मम चाउमिन, चिकेन चिल्ली, बियर, भोड़का, ब्लाक लेबल, रेड लेबलले सजिसजाउ देख्न पाइन्छ । पहिला फुटबल दर्शकलाई मनोरञ्जन दिने हिसाबले मात्र खेलिन्थ्यो भने अहिले यो खेल रारा गोल्ड क्लबको नाँममा पूर्ण टिकेट सिस्टममा चलि रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार