जय जिन्दगी

  नरेश सुनुवार 'ठूले'

प्रसंग आफ्नै हो- यहि गत महिना जुनको अन्तिम दिन हुनुपर्छ । म कुनै मिटिंगको लागि साथिहरूलाई पर्खिरहेको थिए । मेरो फोनमा घण्टि बज्यो यसो हेरेको नेपाल फाईनान्सको सिईओ धिरज कुमार राईज्यूले फोन गर्नु भएको रहेछ । एकआपसमा अभिवादन साट्दै के कति कामले सम्झिनु भयो सर भनेर सोधनी गरें । उहाँले भन्नुभयो लौ सर तपाईहरूको सुनुवार समाजले फाईनान्समा पैसा राखेको ५ बर्ष पुगेछ पुन: राख्नु हुन्छ कि निकाल्नु हुन्छ सल्लाह गरेर खवर गर्नुस भन्नु भयो । मैले फेरी सोधे ब्याज कति पाके छ सर ? १-२७ ब्याज मात्रै पाकेछ, सुनुवार समाज हङकङ त धनि भयो भन्दै हर्षले हाँस्नु भयो । यो स्रेय नेपाल फाईनान्सलाई जान्छ, धन्यवाद छ तपाई लगायत फाईनान्स परिवारलाई ।यता समाजमा सल्लाह गरेर खवर गर्छु भन्दै फोन बार्तालापबाट बिदा भयौं ।

त्यसपछि मैले ति बिगतका दिनहरूलाई सम्झे, आहा ! ५ बर्ष कति चाडै बितेछ । भरखर जस्तो लागेको थियो नेपाल फाईनान्समा समाजले पैसा राखेको, ५ बर्ष बितिसकेछ ब्याज पनि राम्रै कमाए छ । तर म चाही ५ बर्ष अरू बुढो भएछु… लैलै नि….। जीवनको प्रकृया नै यस्तै छ केरे भन्दै अन्त्यमा चित्त बुझाउनै पर्यो । अरु बिकल्प केही छैन एक बारको जुनिमा ।

हो….त्यो बेला मेरो अगुवाईमा म लगायत १२ जना जोर्डन फेरीको कन्सटक्सन प्रोजेक्टमा दिनहुँ ट्राफिक अपरेशन सन्चालन गर्थ्यौं । हरि साम्पाङ, धिरज बान्तावा, श्याम सुनुवार हामी एउटै समूहमा काम गर्थ्यौ । हातहातमा रेडियो भएकोले पिक आवरलाई छलेर रेडियोमा निक्कै गफिन्थ्यौं । दिनभरिको गर्मी र थकानले गर्दा छुट्टी हुने बितिक्कै सात एघार पसेर २-२ केन किंग साईज हो-गार्डेन चिरिप्पै पार्थ्यौं । अर्को पनि बिषेशता थियो चुरोट नभै नहुने त्यो पनि जापानिज क्यामेल, हगी तानेको छ तानेको छ । तर हामी जाँड खाएर सुरा-सुन्दरीको कुरा गर्नु भन्दा समाज सेवा र केही भाबियोजनाको बारेमा कुरा गर्न रूचाउथ्यौ। किराया हङकङ, सुनुवार समाज हङकङ र नेपाल फाईनान्सको बारेमा घनिभूत छलफल गर्थ्यौं । यसै प्रसंगमा मेलै हरी जिसँग सुनुवार समाज हङकङको दु:खले जोगाएर राखेको केही रकम छ भन्ने संकेत दिएको थिएँ । उहाँले त्यो पैसा नेपाल फाईनान्समा राख्यो भने राम्रो ब्याज दिन्छ ल्याईहाल्नुस भन्नु भयो ।त्यतिखेर हाम्रो समाजको पैसा बिनाब्याज हङकङ बैंकमा सुतिबसेको थियो । पछि मैले समाजको मिटिङ भेला गरेर हङकङबैकको पैसा झिकेर नेपाल फाईनान्समा राख्ने प्रस्ताब राखें ।तर म अल्पमतमा परें ।सबै समितिको एउटै प्रश्न थियो यदी पैसा डुब्यो भने को जिम्मेवार हुने ? यदि नरेश सुनुवार ग्यारेण्टी बस्ने भए राख्ने हो भन्ने तर्क आएपछि ‘म’ पछि हट्ने कुरै आएन । यदि तलमाथि भएछ भने मेरो घरबारी बेचेर भए पनि पुर्ताल गर्छु भनेर कबुल गरेपछि निर्णय पारित गरेर तत्काल रकम नेपाल फाईनान्समा जम्मा गरेका थियौं ।

आज म निक्कै प्रसन्न र नतमस्तक भएको छु । हरी सर लगायत हङकङमा नेपाली जनजन र मनमनमा बस्न सफल ब्यबसाय नेपाल फाइनान्सको सिंगो टिमलाई धन्यवाद दिन चाहान्छु । आखिरी एक अर्काप्रतिको भरोसा, बिश्वाश, माया, सद्भाव र सद बिचारले सुन्दर जीवन चल्दो रहेछ ।यो सुन्दर जीवन नै असल समाजको प्रतिबिम्ब रहेछ । २ दिने जीवन हो, मरि लानु केनै छ र ? बाचुन्जल एक अर्काप्रति भरोसा, बिश्वाश, माया, सद्भाव र सद बिचारले बाचौं ।

जय जिन्दगी ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार