अनोज रोक्का, हङकङ
एउटा प्राप्ती अनि सपनाको रंगिन संसार
नियाल्दा नियाल्दै जीवनको अन्तिम सार
मैले तिमीलाई सोचाईमा मात्र राखे ।
अनेकन कुरा गरे,
तिम्रो खुसी भन्दा थिएन अलग
मनै त हो, नदेख्दा नी तिम्रो तस्बिर र प्रेमको अनगिन्ती झलक
थिएन कुनै पलक,
जुन सपनामा तिमी हुन्नथ्यौ ।
जीवनकै आधा भाग कखगघ मा लिन भए
बाँकी रहेको दिन, तिम्रै भौतिक सुखका लागि रातदिन
छिन छिन सम्झनामा छियाछिया भई लागिरहे ।
के पाए, के गुमाए ?
सँगै हुदा मनमा मात्र बस्दो हुँ
टाढा छु, मानसपटकमा मातृत्वप्रेम सल्बलाउँदै घडिको टिकटिकसँगै पस्दो हुँ ।
सम्झन्छु अनि फिक्का लाग्छ यि भौतिक सुखमा तिम्रो प्रेम
तर फेरि सम्झन्छु, तिम्रा ति दुख अनि फाटेका चोली
तिम्रो बोली, अनि भोली….यसैले त दिनरात मेहनत गदैछु ।
फरक वास्ना आउँने, थैलीमा बर्षौ लुकाएर राखेका ति तिम्रा पैसाहरु
मेरो जिद्धी अनि खुसीका लागि मैले चलाए
आफ्नो मन जलाए, तर तिम्रो त्यो शुन्दर मुहारमा खुसी ल्याउँन नै हो, मैले पाईला बढाए ।
आउँदैछु चाँडै तिम्रो अतृप्त प्रेममा “लिन” भई चुपचाप बस्न
नहोस शब्द अनि बिनम्रता
पाईयोस कस्न अगाध आस्था अनि प्रेमले, स्वतन्त्र भई हाँस्न ।
एउटै शब्द जुन तिमी र मलाई जहिल्यै झकझकाउँछ, न तिमीलाई मन लाग्छ सुन्न, न मलाई
तर बाँध्यता र रहरमा जकडिएका म दुबैलाई प्रेम गर्छु
“विदेश” अनि “आमा” !!
कोरोना भाईरस बिरुद्ध बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका गरिएको कविता।
संयोजन: मगेन्द्र राई ।