भारतको भन्दा सात गुणा बढी नेपालको संक्रमण…..

काठमाडौँ — भारतभन्दा नेपालमा सात गुणा बढी कोरोना संक्रमण दर रहेकाले भारतीय रणनीति हेरेर यहाँ संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकिने विज्ञहरूले बताएका छन् । भारतमा कोरोनाविरुद्धको खोप धेरैले लगाइसकेकाले पनि जोखिमको अवस्था उस्तै नरहेको उनीहरूको भनाइ छ । विगतमा भारतमा देखिएको संक्रमणको अवस्था, प्रभाव र जटिलताका आधारमा नेपालमा रणनीति बनाउने गरिए पनि अब त्यसो गर्न उचित नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले बताए । अमेरिकामा भने ३२ करोड ३३ लाख २७ हजार ३ सय २८ मात्रा खोप लगाइएको छ । गत आइतबार २४ घण्टामा भारतमा ६४.२५ लाख मात्रा खोप दिइएको थियो । ‘स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य डा. जीडी ठाकुरले भने, ‘भारतमा देखिएको त्यो सकारात्मक अवस्थाले हामीलाई राहत हुने देखिँदैन । नेपालमा बहुसंख्यकले खोप नलगाएकाले ठूलो क्षति हुन सक्छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार त्यहाँ कोभिडको संक्रमण दर २.९४ प्रतिशत देखिएको छ । त्यहाँ संक्रमित निको हुने दर ९६.८० प्रतिशत छ । नेपालमा भने सोमबार पीसीआर परीक्षणको संक्रमण दर २२.६९ प्रतिशत छ । संक्रमित निको हुने दर ९२.६ प्रतिशत छ । एक सातायता नेपालमा संक्रमण दर २० प्रतिशत हाराहारी छ । भारतमा भने यो साताको पोजिटिभिटी दर २.८१ प्रतिशत देखिएको छ । भारतले २० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ । खोप लगाउने काममा अमेरिकालाई जितेको भारतीय दाबी छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ ३२ करोड ३६ लाख ६३ हजार २ सय ९७ मात्रा खोप लगाइसकेका छन् । वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले कोभिडको अवस्था भारतकै अनुपातमा नेपालमा नदेखिने बताए । ‘पहिले भारतमा संक्रमण बढ्दा नेपालमा समेत बढ्ने र घट्दा यहाँसमेत घट्ने अवस्था थियो तर अब यस्तो नहुन सक्छ,’ उनले भने । उनले भारतका नागरिक खोपले गर्दा कोभिडविरुद्ध उच्च सुरक्षा स्तरमा गइरहेको र त्यहाँ छिटै अवस्था सहज हुन सक्ने भने । नेपालमा सोमबारसम्म २५ लाख ८७ हजार ८ सय ७३ जनाले पहिलो मात्रा र ७ लाख ५२ हजार १ सय १० जनाले दुवै मात्रा खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले संक्रमण नियन्त्रणका लागि अब नेपालले फरक रणनीति बनाउनुपर्छ । नेपालको सीमावर्ती भारतीय राज्यमा समेत कोभिडविरुद्धको खोप युद्धस्तरमा लगाइँदै छ । परिवार स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार सोमबारसम्म बिहार राज्यमा १ करोड ३५ लाख ७३ हजार १ सय २८ जनालाई एक मात्रा र २१ लाख ८२ हजार ३२ जनालाई दुई मात्रा गरी खोप दिइएको छ । यस्तै उत्तर प्रदेशमा २ करोड ६१ लाख ५४ हजार १ सय ८२ जनालाई एक मात्रा र ४३ लाख २५ हजार २ सय ४५ लाई दुवै मात्रा खोप लगाइएको छ । पश्चिम बंगालमा भने १ करोड ६३ लाख ८२ हजार ७ सय १६ जनालाई पहिलो मात्रा र ४७ लाख ४६ हजार १ सय ८२ जनालाई दुवै मात्रा खोप लगाइएको छ । ‘भारतमा खोपको माध्यमले प्रतिरोधक क्षमता हासिल गर्नेको संख्या बढिरहेको छ,’ डा. ठाकुरले भने, ‘भारतकै गतिमा यहाँ खोप सुनिश्चितता नभएकाले उस्तै रणनीति पछ्याउनु हुन्न । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार