गल्ती सिंहदरबारको कि महानगरको ?…..

काठमाडौं, करिब तीन सातादेखि काठमाडौं उपत्यकामा फोहोर थुप्रिने क्रम बढेको छ । काठमाडौंका सडक, चोक र गल्लीमा फोहोर थुप्रिँदा उपत्यकामा प्रदूषणको मात्रा बढेको छ भने वर्षायामको विभिन्न किसिमका संक्रामक रोगको जोखिम बढेको छ । शहरी क्षेत्रको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौंँ महानगरपालिकासहित उपत्यकाका स्थानीय तहहरूको हो । तर, फोहोर व्यवस्थापनको मुख्य जिम्मा पाएको काठमाडौं महानगरपालिका यतिबेला शहरमा थुप्रिएको फोहोरको मतलबै नगरी राजस्व उठाउन करदाताको घर घरमा बाजा बजाउँदै हिँडिरहेको भन्दै सर्वसाधारणले आलोचना गरिरहेका छन् । काठमाडौंबाट हरेक दिन २ सय बढी गाडीमा हालेर फोहोर व्यवस्थापन गर्ने गरिएकोमा हाल मुस्किलले ५० वटा गाडीले सिसडोलमा फोहोर लाने गरेका कारण फोहोर व्यवस्थापन नसकेको हो । ​१३ वर्षअघि २ बर्षका लागि फोहोर व्यवस्थापनका लागि भन्दै लिइएको सिसडोल पूर्ण रुपमा भरिएको छ भने फोहोर फाल्ने स्थलमा झन्डै २ सय मिटर बाटो हिलाम्मे भएका कारण ल्याण्डफिल साइटसम्म फोहोर बोक्ने गाडी पुग्न कठीन भइरहेको छ । सो बाटो मर्मतका लागि महानगरपालिकाले टेरपुच्छर नलगाएको स्थानीयबासी र फोहोरमैलाको गाडी चलाउने चालकहरूले गुनासो गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले सामान्य अवस्थामा दैनिक २ सय गाडीले सिसडोल ल्याण्डफिल्ड साइटमा फोहोर लिएर जाने गरेकोमा यतिबेला मुस्किलले ५० वटा गाडीले लैजाने गरेको  बताए । अहिले काठमाडाैंमा थुप्रिएको फोहोर ७ दिनभित्र उठाइसक्ने दाबीसमेत श्रेष्ठले गरे । उनले भने, ‘हामीले गत वर्ष नै सिसडोलमा फोहोर फ्याँक्न सकिँदैन है भनेर सरकारलाई भनेका थियौँ, राज्यलाई भनेका थियौँ । गत बर्ष सिसडोलमै फोहोर फ्याँक्नुस् भन्नुभयो र हामीले व्यवस्थापन ग¥र्यौँ । तर, यो बर्ष असारदेखि बञ्चरे डाँडामा फोहोर फ्याँक्न पाइन्छ भन्नुभएको थियो । हामीलाई अगाडि नै बञ्चरेडाँडा तयार हुँदैन भनेको भए हामी यो वर्ष पनि फोहोर व्यवस्थापनको विकल्प तयार पार्ने थियौँ । उहाँहरुले केही खबर गर्नुभएन, त्यही भएर समस्या आएको हो । महानगरपालिकाका वातावरण विभाग प्रमुख श्रेष्ठले शहरी विकास मन्त्रालयले समयमै बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माण नगर्दा काठमाडौंँमा फोहोर थुप्रिएको आरोप लगाए । उनले भने, ‘ल्याण्डफिल्ड साइटको समस्याले गर्दा नै फोहोर व्यवस्थापनमा समस्या भएको हो । मन्त्रालयले हामीलाई ल्याण्डफिल्ड साइट दिएको भए महानगरपालिकाको कमजोरी ग¥यो भन्नु ठीक हुन्थ्यो । गत बर्ष नै ल्याण्डफिल्ड साइट दिन्छु भन्ने, तर अहिलेसम्म पनि नदिने ? हामीलाई अहिले सिसडोल जाने ८० मिटर बाटोमा समस्या हो, तर बञ्चरेडाँडा जानका लागि बाटोको समस्या छैन । यता, काठमाडाैं महानगरपालिकाले लगाउने गरेको आरोपको शहरी विकास मन्त्रालयले खण्डन गरेको छ । आइतबार रातोपाटीसँग कुरा गर्दै शहरी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता विष्णुप्रसाद शर्माले काठमाडौंमा फोहोर थुप्रनुको दोष शहरी विकास मन्त्रालयलाई दिन नमिल्ने बताए । हामीले काठमाडौं महानगरपालिकाका प्रतिनिधि, निर्माण व्यवसायीको प्रतिनिधिलाई मन्त्रालय बोलाएर भदौ १७ गतेभित्र निर्माण गरिसक्ने प्रतिवद्धता जनाएका हौं । महानगरपालिकाबाट हरिकुमार श्रेष्ठ आफैँ यहाँ आउनुभएको थियो । अहिले शहरी विकास मन्त्रालयलाई दोष लगाएर उहाँहरु उम्कन पाउनुहुन्न । फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको रहेको भन्दै शर्माले यसमा शहरी विकास मन्त्रालयलाई जोड्न नहुने बताए । मन्त्रालयले दोसो चरणको बञ्चरेडाँडाको काम छिटो सक्नका लागि निर्माण व्यवसायीलाई ताकेता गरिरहेको र निर्माणस्थलमा विभागका पदाधिकारीहरु पनि खटिरहेको बताए । मन्त्रालयका सहसचिव शर्माले भने, ‘बञ्चरेडाँडामा नबन्नुजेल त्यसका लागि उहाँहरुले विकल्प पनि खोज्न सक्नु प-यो ।  श्रोत:रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार