पतञ्‍जलिले बनाएको ‘कोरोनाविरुद्धको’ औषधिको प्रचारप्रसारमा रोक……

भारतीय आयुर्वेद कम्पनी पतञ्जलिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको औषधि सार्वजनिक गरेको केही घण्टा नबित्दै भारत सरकारले त्यसको प्रचारप्रसारमा रोक लगाएको छ । भारतको आयुष मन्त्रालयले पतञ्जलिले तयार पारेको औषधि वैज्ञानिक रूपमा प्रमाणित नभएको हुँदा यसले सर्वसाधारणमा भ्रम र जोखिम दुवै निम्तिन सक्ने भएकाले त्यसको प्रचारप्रसारमा रोक लगाउने निर्णय गरेको हो । भारतीय कम्पनी पतञ्जलिले...

रुससँग चाँडो हतियार माग्दै भारत……

चार दशकयताकै सबैभन्दा ठूलो भिडन्त निम्तिएर चीनसँगको सम्बन्ध बिग्रिएका बेला भारतले रुसलाई मिसाईल डिफेन्स प्रणाली र फाइटर जेटको आपूर्ति तीव्र गर्न दबाब दिइरहेको छ । गलवान उपत्यकामा गत साता भिडन्तमा २० भारतीय सैनिक र चिनियाँ सैनिक (संख्या नखुलेको) मारिएपछि चीन र भारतका विदेश मन्त्रीहरुबीच वार्ता हुँदैछ, वार्ताअघि नै भारतले रुससमक्ष अत्याधुनिक हतियार आपूर्तिको माग राखेको हो । रुसी विदेशमन्त्री सर्जेइ ...

कोरियामा पाकिस्तानी र बंगलादेशी ईपीएस कामदारलाई प्रतिबन्ध……

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया आएका बंगलादेश र पाकिस्तानका अधिकांश नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएपछि प्रतिबन्ध लगाइएको छ । शनिबार र आइतबार दुवै देशबाट आएको ३१ जनालाई भाइरसको संक्रमण पुष्टि भएको थियो । दक्षिण कोरिया सरकारका अनुसार दुवै देशका नागरिकलाई मंगलबारदेखि दक्षिण कोरिया आउन प्रतिबन्ध लगाइएको हो । कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै ती देशहर...

संसारभरी कोरोना संक्रिमतको संख्या ९० लाख नाघ्याे……

संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या ९० ललाख पार भइसकेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । हालसम्म यो महामारीले ४ लाख ७४ हजार ५७ जनाको मृत्यु भइसकेको छ । अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् जबकि त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजि...

डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै डब्लुएचओले दियो चेतावनी……

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी नेतृत्वको अभाव खड्किएको भन्दै चेतावनी दिएको छ । सो संगठनका प्रमुख टेड्रोस अधनोम घेब्रेयसस ले सोमबार एक स्वास्थ्य फोरमको भर्चुअल बैठकलाई सम्बोधन गर्दै विश्वमा कोभिड–१९ महामारीविरुद्ध लड्न विश्व नेतृत्वको अभाव खड्किदै गएको चेतावनी दिएका हुन् । उनले भने– ‘विश्वको सबैभन्दा जरुरी आवश्यकता राष्ट्रिय एकता र विश्वव्यापी एकता हो । यस ...

उत्तर कोरियाले सैन्य गतिविधि निषेधित क्षेत्रमा ‘लाउडस्पिकर’ जोडेर हल्ला फैलाउन थाल्यो……

उत्तर कोरियाले सीमा क्षेत्रमा माइकिङ् गर्दै सन् २०१८ को शिखर सम्मेलनमार्फत् दक्षिण कोरियासँग सहमति गरिएका सहमतिलाई रद्द गरिएको जनाएको दक्षिण कोरियाली सैन्य अधिकारीले बताएका छन् । ‘उत्तर कोरियाले सीमा क्षेत्रका ‘सैन्य गतिविधि निषेधित’ कैयौँ स्थानमा ‘लाउडस्पिकर’ जडान गरी दक्षिण कोरिया विरोधी हल्लाहरू फैलाउने गरेको छ’ दक्षिण कोरियाली समाचार संस्था योन्हाप समाचार संस्थाले जोइन्ट चिफ अफ स्टाफका एक अधिक...

भारत–चीन तनावः लद्दाखमा मारिएका सैनिकको शरीरमा धारिलो हतियारको घाउ……

गत हप्ता भएको भारत–चीनका सेनाबीच भएको भिडन्त निकै भयानक किसिमले घण्टौं भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार राति सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको हिंसाबारे भारतीय अखबार इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार मारिएका सैनिकको शरीरमा धारिलो हतियारको चोट छन् । स्रोतलाई उधृत गर्दै उक्त अखबारले लेखेको छ– मारिएका सैनिकको शरीर ठाउँ ठाउँमा भाँचिएका छन् । भिडन्तमा भारतीय सैनिकले चिनियाँ स...

ट्रम्प : भारत-चीन द्वन्द्व समाधानका लागि दुवै देशसँग कुरा गरिरहेका छौं……

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच जारी तनाव समाधानका लागि आफू इच्छुक रहेको बताएका छन्। सीमाका विषयमा दुई देशबीच भएको झडपपछि विकसित परिस्थिति अमेरिकाले नियालिरहेको उल्लेख गर्दै ट्रम्पले यस विषयमा चीन र भारत दुवैसँग आफ्नो कुरा पनि भइरहेको बताएका हुन्। ‘यो एकदम गाह्रो अवस्था हो। अहिले हामी भारतसँग कुरा गरिरहेका छौं। हामी चीनसँग पनि कुरा गरिरहेका छौं। त्यहाँ ठूलो समस्या छ। दुवै आमनेस...

चीनले भारतलाई ‘जानाजानी उत्तेजित’ गरेको आरोप लगायो……

परराष्ट्र मन्त्रालयका प्रवक्ता लिजियान झाओले भने भारतीय सैनिकहरू चिनियाँ इलाकामा पुगेका थिए र उनीहरूले आक्रमण गरेका थिए। तर उनले कुनै चिनियाँ क्षतिको विवरण भने दिएनन्। शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने कि कुनै विदेशी सैनिकले भारतको सिमाना पार गरेनन् र कुनै क्षेत्र हराएको थिएन। मोदीले वाचा गरे कि भारतले आवश्यक परेमा सैन्य बलको साथ आफ्नो सिमाना रक्षा गर्नेछ। गल्वान उपत्यकामा भएको भिड...

अस्ट्रेलियामाथि चीनले साइबर आक्रमण गरेको आरोप……

‘एक सम्पन्न मुलुकमा रहेर अस्ट्रेलियालाई लक्षित गरी साइबर आक्रमण भइरहेको र यसका कारण सरकारका सबै तहहरू, व्यवसाय, आधारभूत सेवा र महत्वपूर्ण पूर्वाधार क्षेत्रलाई प्रभावित गर्न खोजिएको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । चीनसँग अस्ट्रेलियाको वैमनस्यपूर्ण सम्बन्ध बनिरहेको कारण साइबर आक्रमणको घटनाहरू भएका अनुमानहरू गरिएका समय कुनै देशको नाम नबताइकन साइबर आक्रमणबारे प्रधानमन्त्री मोरिसनको भनाइ बाहिर...

हाम्रो नियन्त्रणमा भारतीय सैनिक छैनन् : चिनियाँ विदेश मन्त्रालय……

चिनियाँ विदेश मन्त्रालयले पूर्वी लद्दाख क्षेत्रको गलवान उपत्यकामा भारतीय सेनासँग भएको झडपका क्रममा हराएका भनिएका कुनै पनि भारतीय सैनिक चिनियाँ सेनाको नियन्त्रणमा नरहेको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले शुक्रबार चीन–भारत सीमाका बारेमा सोधिएको प्रश्नको जवाफमा भने, ‘चीनले कुनै पनि भारतीय सेनालाई नियन्त्रणमा लिएको छैन ।’ बिहीबार नै भारतीय विदेश मन्त्रालयले पनि गलवान उपत्यकामा चिनियाँ...

कोरोनाभाइरस महामारी खतरनाक चरणमा : विश्व स्वास्थ्य संगठनको चेतावनी……

विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको चेतावनी दिएका छन् । उनका अनुसार, यतिखेर संसारमा कोरोनाभाइरसको महामारी फैलिदै गइरहेको छ । गत बिहीबारमात्रै १ लाख ५० हजार नयाँ संक्रमणको केस फेला परेका छन्, जुन एकै दिनमा त्यत्तिका संख्यामा संक्रमित फेला परेको पहिलो हो । जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनक...