कोरोनाबाट विश्वमा ४ लाख ५६ हजार भन्दा बढीको मृत्यु, ८५ लाख ९६ हजार भन्दा बढी संक्रमित……

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५६ हजार ६८२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८५ लाख ९६ हजार ३७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४५ लाख ४६ हजार ८९३ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्र...

चीनले आफ्नो कब्जामा रहेका १० भारतीय सैनिकलाई रिहा गऱ्यो : रिपोर्ट……

चीनले गिरफ्तार गरेका १० जना भारतीय सैनिकलाई रिहा गरेको छ । सोमबार लद्दाखको गलवान उपत्यकाको सीमामा भएको झडपका क्रममा गिरफ्तार गरिएका १० भारतीय सैनिकलाई चीनले बिहीबार साँझ रिहा गरेको हो। रिहा हुनेहरुमा एक जना कर्णेल, तीन जना मेजरसहित १० जना रहेको भारतीय पत्रिका द हिन्दूले भारतीय सेनालाई उद्धृत गर्दै लेखेको छ । मेजर जर्नेलस्तरको द्वीपक्षीय वार्तापछि चीनले आफ्नो कब्जामा रहेका भारतीय सैनिकलाई बिहीबार स...

भारत–चीन तनावले व्यापार सम्बन्ध जोखिममा……

गत सोमबार २० जना भारतीय सैनिक जवानहरुको ज्यान जाने गरी लद्दाखमा भएको भीडन्तका दौरानमा आफ्ना कुनै पनि सैनिकहरु चीनको कब्जामा नरहेको भारतीय सेनाले जनाएको छ । भारतको एनडीटीभी नेटवर्कले प्रशारण गरेको एक रिपोर्टमा सो कुराको जानकारी दिइएको छ । चिनियाँ सैनिकसँगको सो झपडमा परी ७६ जना भारतीय सैनिकहरु घाइते बनेको तथा अहिले उनीहरुको अवस्था सामान्य रहेको एनडीटीभीले जनाएको छ । घाइतेमध्ये ५६ जना आउने हप्तामा आफ...

भारत सामान्य अवस्थामा फर्किंदै छ : मोदी……

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) को कहरबीच भारत फेरि सामान्य अवस्थामा फर्किइरहेको बताएका छन् । लकडाउन खुकुलो पारिएसँगै व्यापारिक, औद्योगिक तथा कृषिसम्बन्धी गतिविधि सुचारु हुँदै जानुका साथै विभिन्न वस्तु तथा सेवाको उपभोग तथा माग बढेको उनको भनाइ छ । लकडाउनको अवधिमा भारतभर उत्पादन, बिक्री, माग र उपभोग घटेकोमा अहिले पूर्ववत् अवस्थामा फर्कन थालेको मोदीले जनाए ।  व्यावसायिक क...

चुनावमा सहयोग गर्न चीनसँग ट्रम्पले गरेका थिए बिन्ती– बोल्टन……

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेयता चीनसँगको सम्बन्ध बिग्रिएको छ । तर, ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तकले यस सम्बन्धबारे नयाँ खुलासा गरेको छ । नयाँ पुस्तकका डोनाल्ड ट्रम्पले यसै वर्ष नोभेम्बरमा हुने चुनावमा विजयी हुनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग खोजेको उल्लेख छ । बोल्टनका अनुसार अमेरिकी किसानहरुले उत्पादन गरेका कृषीजन्य वस्तु किनेर चीनले आफुलाई चुनावमा सहय...

बेइजिङका कोरोना संक्रमितमा भिन्न प्रकारको लक्षण देखियो……

बेइजिङमा भेटिएका कोरोना संक्रमितमा नितान्त फरक लक्षण देखिएको विशेषज्ञले जानकारी दिएका छन् । डाक्टरका अनुसार बिरामीलाई पेट र हड्डी दुख्ने समस्या देखिएको छ । विशेषज्ञले भने, ‘भिन्न इलाकामा बस्ने र उनीहरुको रहन–सहनको तौर तरिका र शरीरको बनावटको आधारमा पनि मानिसहरुमा भिन्न प्रकारको लक्षण देखिएको छ ।’ मे महिनामा पनि डाक्टरले बिरामीको परीक्षणका बेला भिन्न प्रकारको लक्षण देखेका थिए । बेइजिङमा कोरोनाका नया...

के तपाईंका सैनिक पनि मारिएका छन्? भन्ने प्रश्नकाे चीनले दियो यस्तो जवाफ……

पूर्वी लद्दाखको गलवान घाटीमा भारत र चीनको सीमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा दशकौं पछि पुनः तनावको स्थिती पैदा भएको छ । सोमबार राती चीन र भारतको सेनाबीच भएको हिंस्रक झडपमा २० भारतीय सैनिकको मृत्यु भयो । सुरुमा तीन जवानको मृत्युको खबर आएको थियो तर पछि भारतीय सेनाले आफैं बयान जारी गरेर गम्भीर रुपमा घाइते अन्य १७ जवानको पनि मृत्यु भएको जानकारी दिएको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुर...

राष्ट्रसंघीय सुरक्षा परिषद्‍को अस्थायी सदस्यमा भारत निर्विरोध निर्वाचित……

राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत, मेक्सिको, नर्वे र आयरल्यान्ड निर्वाचित भएका छन् । बुधबार संयुक्त राष्ट्र संघको महासभाले अस्थायी सदस्यका रुपमा यी चार मुलुकलाई निर्वाचित गरेको हो । नवनिर्वाचित अस्थायी सदस्यको कार्यकाल सन् २०२२ सम्म हुनेछ । नयाँ सदस्यको कार्यकाल जनवरी १, २०२१ बाट सुरु हुन्छ । धेरै लामो समयदेखिको पहल र अभियानका बाबजुद क्यानडा भने निर्वाचित हुन सकेन । ‘वेस्टर्न ब्लक...

काेरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकाले भारतलाई सघाउने……

संयुक्त राज्य अमेरिकाले काेराेना भाइरसविरुद्धको लडाइँमा भारतसँग साझेदारीका गर्ने जनाएको छ। अमेरिकाले मङ्गलबार यस्तो प्रतिबद्धता व्यक्त गरेको हो।अमेरिकाले पठाएको भेन्टिलेटरहरु बुधबार भारत आइपुगेका छन्। त्यसपछि प्रतिक्रिया दिँदै अमेरिकाले सो धारणा राखेको हो। अमेरिकाले भारतलाई औषधि उपकहरणहरु प्रदान गर्दै आएको छ। यसै सहयोग स्वरुप अमेरिकाले पनि पछिल्लो पटक भेन्टिलेटरहरु सहयोग गरेको बताइएको छ। यो सहयोगक...

लद्दाखमा भारत-चीन झडप : २० भारतीय सैनिकको मृत्यु……

नयाँदिल्ली — भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना अधिकृत (कर्णेल) सहित २० जनाको मृत्यु भएको छ । सुरुमा भारतीय सेनाले झडपमा एक जना कर्णेलसहित ३ जना भारतीय सैनिकको मृत्यु भएको बताएको थियो । मंगलबार राति भारतीय सेनाले एक वक्तव्यमार्फत झडपमा गम्भीर घाइते भएका अन्...

डेक्सामेथासोनले कोरोना संक्रमितको ज्यान बचाउन सकिने

जोर्नी दुख्ने तथा दमलगायतका रोगमा लामो सयमदेखि प्रयोग भइरहेको सस्तो र सुलभ डेक्सामेथासोन औषधिले कोरोनाका गम्भीर बिरामीलाई पनि बचाउन सकिने निष्कर्ष बेलायतका वैज्ञानिकले निकालेका छन्। अनुसन्धानकर्ताका अनुसार यो औषधिले भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका ८ बिरामीमध्ये १ तथा र अक्सिजन दिनुपर्ने २५ कोरोना संक्रमितमध्ये एक जनाको ज्यान जोगाउन सकिने देखिएको हो। यो औषधिको मूल्य पनि सस्तो तथा जहाँसुकै पाइने भ...

उत्तर कोरियाद्वारा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त……

उत्तर कोरियाली दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको छ। दुबै कोरियाबीच पछिल्लो समय बढ्दै गएको तनाबकै बीच उत्तर कोरियाले यस्तो कदम चालेको अनुमान गरिएको छ। दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन अपराह्न २.४९ मिनेटमा ध्वस्त बनाइएको जनाएको छ। यस बारेमा मन्त्रालयले कुनै थप विवरण दिएक...