हङकङले ६४ नयाँ काेभिड-१९ संक्रमण रिपोर्ट गरेको छ, जम्मा १०,२२२ जना……

हङकङको स्वास्थ्य संरक्षण केन्द्र (सीएचपी) ले मंगलबार काेभिड-१९ को ६४ संक्रमित थप पुष्टि भएकाे रिपोर्ट गर्याे, जसको कुल संख्या १०,२२२ पुगेको छ। सीएचपी प्रेस ब्रीफिंग अनुसार, नयाँ केसहरूमा  स्थानीय ७३ संक्रमणहरू सामेल भए जसमध्ये २१ अज्ञात रहेको छ। हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) सरकारको खाद्य र स्वास्थ्यका सचिव चुई टाक-यीले प्रेस ब्रीफिंगमा भने कि जनवरीदेखि हङकङमा ४९४ नयाँ स्थानीय घटना रिपो...

अमेरिकामा जो बाइडेनले सम्हाले राष्ट्रपतिको कार्यभार……….

वासिङ्टन — अमेरिकाको राष्ट्रपतिको कार्यभार डेमोक्रेटिक दलका जो बाइडेनले सम्हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा ४६ औं राष्ट्रपतिका रूपमा बुधबार शपथ लिएका हुन् । ७८ वर्षीय बाइडेनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले शपथ गराएका थिए । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिका लागि शपथ लिएकी छन् । उनलाई सर्वोच...

कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै……

बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन्। यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ। बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने बताइएको छ। सङ्क्रमित विरामीलाई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी ह...

कोरोनाको अर्को नयाँ प्रकार भेटियो, दक्षिण अफ्रिकाबाट बेलायत पुग्यो……

बेलायतमा कोरोनाभाइरसको अर्को एउटा नयाँ भेरियन्ट (प्रकार) भेटिएको छ जुन पछिल्लो नयाँ भेरियन्टभन्दा थुप्रै गुणा बढी खतरनाक छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनककले बुधबार नयाँ भेरियन्टका दुई संक्रमित भेटिएको जानकारी दिएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा पाइएको हो । बेलायतमा जुन दई व्यक्ति यसबाट संक्रमित भएको पुष्टि भएका छन्, उनीहरु हालै दक्षिण अफ्रिकाको यात्रामा ...

यूरोपका अधिकांश मुलुकमा पुनः लकडाउन……

विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् । केही सातायता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि यो समयमा लकडाउन गर्नु परेको बेलायती अधिकारीहरूले बताएका छन् । बेलायतमा कोरोना भाइरसको खोप लगाउने प्रक्रिया चलिरहँदा पनि यसको प्रभावलाई कम गर्न ...

‘धनी देशले कोभिडविरुद्धको खोप ओगटे’……

धनी तथा विकसित देशहरूले कोभिड–१९ विरुद्धको खोपको धेरै मात्रा सञ्चय गर्दा गरिब मुलुकहरूमा बस्ने मानिसले खोप नपाउने अवस्था आउने अभियानकर्मीहरूको एक समूहले चेतावनी दिएको छ ।  ‘द पिपल्स भ्याक्सिन अलाइअन्स’ ले करिब ७० वटा न्यून आय भएका मुलुकमा १० जनामा एक जनाले मात्र खोप पाउन सक्ने अवस्था रहेको बताएको छ । अक्सफोर्ड र अस्ट्राजेनेकाले उसको उत्पादनको ६४ प्रतिशत खोप विकासशील मुलुकलाई दिने भनेपछि पनि त्यस्त...

हङकङमा पुनः थप कडाइ गरिँदै……

हङकङले कोभिड नियन्त्रणका लागि थप कडाई गर्ने बताएको छ । हङकङमा कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सङ्क्रमण नियन्त्रणका उपायलाई मङ्गलबारदेखि थप कडाई गर्न लागेको हङकङ विशेष प्रशासननिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी लामले बताएका हुन् । महामारी फैलिने सम्भावना बढ्दै गएपछि नियन्त्रणका लागि हङकङले रेष्टुरेण्टका सेवाहरूलाई साँझ ६ बजेपछि रोक लगाएको छ । हङकङमा गत हप्त...

सुनुवार सेवा समाज शाखा कतारको पाचौं अधिवेशन भब्यताका साथ सम्पन्न

सामुयल सुनुवार "साम" कतार किरात सुनुवार भाषा, लिपी, धर्म, सस्कार र सस्कृतिको सरक्षण र सम्र्वधन गर्नका लागि पहिचान र समानताका लागि प्रतिवद्धताको नारा बोकेर कतारमा स्थापित सुनुवार सेवा समाज शाखा कतारको पाँचौ अधिवेश ४ डिसेम्वर २०२० का दिन कतारमा सम्पन्न भयो ।   सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष सामुयल सुनुवारको सभापतित्व, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारमा अध्यक्ष शिव कुमार भुजेलको...

अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रिया तथा बाँकी कैदी रिहाइका लागि छलफल सुरु……

संयुक्त राज्य अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ। तालिवान समूहको वार्ता टोलीका प्रवक्ता मोहम्मद नयीमले छलफलबारे जानकारी गराएका हुन्। उनले भने, ‘अफगानिस्तानसँगको मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जलमे खलिलजादले तालिवान समूहका उप–नेता मुल्लाह बाराडर तथा प्रमुख वार्ताकार अब्दुल हकिमले अमेरिका–तालिवान शान्ति प्रक्रिया तथा बाँकी ...

ट्रम्पले दिए जोर्जियाका गभर्नरलाई चुनावी परिणाम उल्ट्याउन दबाव……

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जियाका रिपब्लिकन गभर्नरलाई जो बाइडनको चुनावी जितलाई उल्ट्याउन दबाव दिएका छन्। एउटा श्रृङ्खलाबद्ध ट्वीटमा ट्रम्पले गभर्नर ब्रायन केम्पलाई राज्य संसद्‌को विशेष सत्र बोलाउन आह्वान गरेका छन्। ट्रम्पले जोर्जियामा सिनेटको चुनावी अभियान आरम्भ हुनु केही घण्टाअघि यस्तो आह्वान गरेका हुन्। राष्ट्रपति ट्रम्पले अझै चुनाव हारेको स्वीकारेका छैनन्। उनले कुनै प्रमाणविनै बाइडन...

अमेरिकामा कोभिड–१९ विरुद्धको खोप अनिवार्य नगरिने……

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोभिड–१९ विरुद्धको खोप लिन नागरिकहरूलाई बाध्य नबनाइने बताएका छन् । आफ्नो घरबाहेक बन्द कोठा भएका जुनसुकै स्थानमा मास्क लगाउन सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले पहिलोपटक आग्रह गरेपछि बाइडनले यस्तो बताएका हुन् । सीडीसीले अमेरिका कोभिड–१९ को संक्रमण दर उच्च रहने समयमा प्रवेश गरेको बताएको छ । अमेरिकामा शुक्रबार मात्रै भाइरसका कारण २ हजार ५ सय संक्रमितको मृ...

डोनाल्ड ट्रम्प सन् २०२४ मा पुनः निर्वाचन लड्ने……

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्याकालको लागि भएको निर्वाचन दौडमा पराजित भएपछि सन् २०२४ मा हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिनसक्ने सङ्केत गरेका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार व्हाइट हाउसको क्रिसमस पार्टीमा पाहुनाहरूसँग भने, “यो अचम्मको चार वर्ष भयो, हामीले अर्को चार वर्ष नेतृत्व गर्ने कोशिस गर्दैछौं । यदि यो सम्भावना नभएमा म तपाईँलाई अर्को चार वर्षपछि भेट्नेछु ।” कैयौँ रिपब्...