३० लाख हङकङवासीलाई नागरिकता दिने बेलायतको प्रस्ताव……

५ वर्षपछि उनीहरुले आवासीय अनुमतिपत्रका लागि आवेदन तथा त्यसको १२ महिनापछि ब्रिटिस नागरिकताका लागि आवेदन गर्न पाउने बेलायतको विदेश मन्त्रालयले बुधबार जनाएको हो । चीन सरकारले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गर्ने घोषणा गरेलगत्तै बेलायतले आफ्नो पुरानो उपनिवेशका ३० लाख बासिन्दालाई बेलायतमा बसोबास, काम गर्न र अन्तत: नागरिकताका निम्ति आवदेनको अधिकार दिने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्...

हङकङमा सुरक्षा कानुनको विरोधमा प्रदर्शन……

हङकङका लागि चीनले मंगलबार जारी गरेको विवादास्पद सुरक्षा कानुनको विरोधमा प्रदर्शनहरू गरिएका छन् । चीनले जारी गरेको कानुनमा पृथकतावाद, राज्यद्रोह, आतंकवाद र विदेशी शक्तिसँगको साँठगाँठजस्ता गतिविधिमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय दिइने व्यवस्था गरिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले हस्ताक्षर गरेपछि उक्त कानुन मंगलबारदेखि लागू भएको जनाइएको थियो । हङकङका अधिकारीहरूले उक्त कानुनअनुसार कम्तीमा ९ जन...

मास्क नलगाएको प्रश्नमा के भन्छन् डोनल्ड ट्रम्प ?……

एक दिनअघि रुसमा चुनावका बेला राष्ट्रपति भ्लादिमिर पुटिनको एउटा तस्बिर चर्चामा आयो । खबर बन्नुको एउटा कारण थियो – पुटिनले मास्क नलगाउनु । यसका लागि उनको आलोचना पनि भयो । कोरोनाभाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेका बेला मास्क लगाउनु अत्यावश्यक भएको भन्दै राष्ट्रपति पुटिनले कसरी यस्तो गर्न सक्छन् भनेर थुप्रैले प्रश्न उठाए । उनी जुन हलमा उपस्थित थिए त्यहा सबैले मास्क लगाएका थिए तर उनले भने लगाएका थिएन...

अमेरिकामा कोरोना भाइरस भ्याक्सिनको परीक्षण जारी……

संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिए । उनले अरु ६ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताए । अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोविड–१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी बितरण गर्ने लक्ष्य राखेको छ ...

भारतले चिनियाँ एप प्रतिबन्ध गर्दा के भन्छ चिनियाँ मिडिया ?……

५९ चिनियाँ एपलाई प्रतिबन्ध गर्ने भारतीय सरकारको निर्णयलाई भारतीय मिडियाले दुई देशबीच सीमाको विषयमा जारी तनावको ‘कडा सन्देश’ बताएका छन् । यद्यपि, भारत सरकारको बयानमा कतै पनि सीमा विवादको कुरा उठाइएको छैन । बयानमा यी एप देशको सम्प्रभुता र रक्षाका लागि हानिकारक भएको र यसमा डाटाको सुरक्षा र गोपनियतामाथि पनि खतरा भएको बताइएको छ । यो प्रतिबन्ध १५ जूनमा गलवान घाटीमा विवादित सीमामा हिंस्रक झडपपछि लगाइएको ...

‘हङकङका लागि राष्ट्रिय सुरक्षा कानून स्वीकृत’……

हङकङमा लागू हुने राष्ट्रिय सुरक्षा कानूनलाई राष्ट्रिय पीपुल्स कांग्रेस स्थायी समितिले सर्वसम्मतिले अनुमोदन गरेको श्रोतलाई बताएकोछ । यद्यपि यस कानूनको विवरणको आधिकारिक प्रकाशन अहिलेसम्म गरिएको छैन, समितिले उक्त कदमलाई अनुमोदन गरिसकेको छ - समितिका १६२ सदस्यहरूले प्रस्तावनामा मतदान गरे ।स्रोतहरूले आरटीएचलाई भनेको छ कि राष्ट्रघात जस्ता अपराधका लागि अधिकतम दण्ड १० बर्ष भन्दा "बढी" जेल कारागारमा तोकिएको...

महामारीको सबैभन्दा खराब समय आउनै बाँकी छः डब्ल्यूएचओका प्रमुख……

संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या १ करोड पार भएको छ । ६ महिना अघि मात्रै फैलिएको यो संक्रमणका कारण अहिलेसम्म पाँच लाखको मृत्यु भइसकेको छ । थुप्रै देशमा त स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धरासयी भइसकेको छ । यो महामारीका कारण विश्वव्यापी अर्थव्यवस्था नराम्रो अवस्थाबाट गुज्रिरहेको छ । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यो महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै भएको मान्यता राखेको ...

अमेरिकी राष्ट्रपति ट्रम्पलाई तत्काल गिरफ्तार गर्न वारेन्ट जारी……

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गिरफ्तारका लागि वारेन्ट जारी गरेको छ । इरानले ट्रम्पको गिरफ्तारीका लागि इन्टरपोलसँग सहयोग मागेको छ । इरानको यो कदमलाई जनवरीमा बगदादमा गरिएको ड्रोन हमलासँग जोडिएर हेरिएको छ । जहाँ इरानका कुदस सेनाका प्रमुख कासिम सुलेमानी मारिएका थिए । इरानले जनवरीमा भएको ड्रोन हमलामा अमेरिकी राष्ट्रपति ट्रम्पसहित ३० जनाको संलग्नता रहेको आरोप लगाउँदै आएको छ । सोमबार इरानक...

पाकिस्तानमा बिहानै बन्दुकधारीको हमला, १० जनाको मृत्यु……

पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्ज भवनमा बन्दुकधारीले आक्रमण गरेका छन् । घटनामा आक्रमणकारीसमेत १० जनाको मृत्यु भएको छ । घटना सोमबार बिहान ७ बजेतिर भएको हो । कराँचीका प्रहरी प्रमुख गुलाम नबी मेमोनका अनुसार आक्रमणकारीले भवनकाे बाहिर कार ल्याएर राखे र त्यसपछि ग्रिनेड तथा गोली प्रहार गरे । प्रहरीको कारबाहीमा ती चारै आक्रणकारी मारिएकाे उनले बताए । यस्तै आक्रमणकारीको गोली...

चीनको बेइजिङ नजिक हिबेईका चार लाख व्यक्ति लकडाउनमा……

चीनले राजधानी बेइजिङ नजिकैको हिबेई प्रान्तमा कोरोनाका संक्रमित देखिएपछि कडा लकडाउन गरिएको छ । यो लकडाउनका कारण करिब चार लाख व्यक्ति प्रभावित हुनेछन् । यो लकडाउन हिबेई प्रान्तको एनशिनमा लगाइएको छ, जुन राजधानी बेइजिङ नजिक छ । गत वर्षको अन्त्यमा चीनबाटै कोरोना संक्रमणको सुरुवात भएको थियो तर त्यसपछि चीनमा संक्रमणको मामिला कम भइरहेको छ । तर संक्रमणको दोस्रो लहरको आशंकाका कारण कोरोनाका केही संक्रमित पनि...

अफगानिस्तानमा अमेरिकी सैनिकको हत्या गर्न रुसले दियो पैसा ?……

रुसले तालिबान समर्थित चरमपन्थीलाई अफगानिस्तानमा रहेका अमेरिकी सैनिकलाई मार्नका लागि पैसा दिएको भन्ने रिपोर्टलाई खारेज गरेको छ । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स, वासिङ्टन पोस्ट र वाल स्ट्रिट जर्नल पत्रिकाले रुसी सैन्य गुप्तचर यूनिटले गत वर्ष यसका लागि पैसा दिएको भन्ने रिपोर्ट प्रकाशित गरेको थियो । यसै युनिटमाथि युरोपमा घातक हमलाको कोसिसको आरोप लागेको थियो । अमेरिकामा रहेको रुसी दूत...

चिनियाँ अधिकारीलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध……

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । पोम्पियोका अनुसार ती चिनियाँ अधिकारीले हङकङको स्वतन्त्रतालाई संकुचित पार्न क्रियाशील भएकाले अमेरिकामा प्रतिबन्ध लगाइएको हो । उनका अनुसार अमेरिकी प्रतिबन्ध पार्टीका वर्तमान तथा पूर्वअधिकारीहरूप्रति लक्षित छ । प्रतिबन्धबाट प्रभावित हुने चिनियाँ अधिकारीहरूको नाम भ...