इस्लामावाद — पाकिस्तानी सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा मतदान नगराउने उपसभामुख कासिम सुरीको निर्णय बदर गरिदिएको छ । अदालतले पाकिस्तानी संसद् (राष्ट्रिय सभा) पुन:स्थापना गर्दै शनिबार १० बजेका लागि बैठक बोलाउन सभामुखलाई आदेशसमेत दिएको छ । प्रधानन्यायाधीश उमर अता बन्दिअलको अध्यक्षताको पाँच सदस्यीय इजलासले सर्वसम्मत फैसला गर्दै संसद्मा अविश्वास प्रस्ताव पेस भएको ...
अन्तर्राष्ट्रिय
नेटोको अर्को निशाना चीन…..
काठमाडौं - चीनबाट आएको बढ्दो सुरक्षा चुनौतीको प्रतिकारमा एसियामा नेटोले साझेदारहरुसँगको समन्वयलाई थप गहन बनाउने योजना बनाएको छ । रुसले युक्रेनमा गर्दै आएको सैन्य आक्रमणप्रति चीनले आलोचना गर्न अस्वीकार गर्दै आएको नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले बताएका छन् । सदस्य राष्ट्रका साथै फिनल्यान्ड, स्वीडेन, जर्जिया र ईयूका विदेश मन्त्रीहरुको बैठक आयोजना गर्ने घोषणा पनि उनले गरेका छन् । यद्यपि उनले एस...
चीनसँग दर्जन सम्झौता गर्न नेपाल सरकारको गृहकार्य…..
काठमाडौँ — सरकारले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा करिब एक दर्जन विषयमा समझदारी गर्न गृहकार्य गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६ मा चीनको भ्रमण गरेदेखि हालसम्म दुई मुलुकबीच ५० भन्दा बढी विषयमा सहकार्य गर्ने सम्झौता गरिएकामा अधिकांश कार्यान्वयन भएका छैनन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच शनिबा...
उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश, किभको सपिङ मलमा क्षेप्यास्त्र प्रहार…..
काठमाडौं- चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो । लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो । तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रेनका कारण संक्रमण फैलिएको छ । जिलिन प्रा...
चिनियांँ परराष्ट्रमन्त्री वाङ शुक्रबार नेपाल आउँदै…..
काठमाडौँ — चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै वाङ चैत ११ देखि १३ सम्म काठमाडौं आउन लागेको सार्वजनिक गरेको हो । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङबीच गत कात्तिक २ मा फोन वार्ता हुँदा खड्काले वाङलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । सोही निम्तोलाई आधार मानेर वाङ शुक्रबार ने...
रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने वार्ता सफलता नजिक पुगेको टर्कीले जानकारी…..
काठमाडौं- रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने वार्ता सफलता नजिक पुगेको मध्यस्थकर्ता टर्कीले जानकारी दिएको छ । दुवै पक्ष युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूले बताएका हुन् । चोवाशुग्लूले भनेका छन्, ‘युद्धमा आम नागरिक मारिइरहँदा सजिलै सहमति कायम हुँदैन, तर यस्तो स्थितिबीच पनि वार्ता अघि बढिरहेको छ । दुवै पक्ष सम्झौताको नजिक पुगेको आफूहरूले देखेको चोवाशुग्लूले...
भारत र जापानबीच चीनसँग सम्बन्धित विषयमा वार्ता…..
काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच शनिबार चीनसँग सम्बन्धित विषयमा वार्ता भएको छ । समाचार एजेन्सी एएनआईले भारतीय विदेश सचिव हर्ष श्रृंगलालाई उद्धृत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी प्रधानमन्त्रीलाई लद्दाखको वर्तमान अवस्थाबारे जानकारी गराएको बताएको छ । मोदी र जापानी प्रधानमन्त्रीबीच युक्रेनको पछिल्लो अवस्थाबारे पनि छलफल भएको थियो । दुबैले ...
रूसविरुद्ध विहीबार मतदान गरेको भारतले बोली बदलेकोछ…..
काठमाडौं- अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसीजे) मा रूसविरुद्ध विहीबार मतदान गरेको भारतले बोली बदलेको छ । भारतका तर्फबाट अन्तरराष्ट्रिय न्यायालयका न्यायाधीश दलवीर भण्डारीले निजी हैसियतमा मतदान गरेको भारतले दाबी गरेको हो । विहीबार भारतीय न्यायाधीश भण्डारीले संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत पनि भनिने अन्तरराष्ट्रिय फौजदारी अदालतमा रूसविरुद्ध मतदान गरेका थिए । रूसको आक्रामकता रोक्न युक्रेनको मागबम...
युक्रेनको खर्किभ सहरमा रकेट आक्रमण…..
काठमाडौँ — रुसले युक्रेनको दोस्रो सहरमा रकेट आक्रमणलाई निरन्तरता दिँदै 'प्याराट्रुपर'लाई ओरालेको छ । रुसले युक्रेनमाथि उत्तर, पूर्व र दक्षिणबाट आक्रमण तीव्र पार्दा देशको दोस्रो धेरै जनसंख्या रहेको खर्किभमाथि नियन्त्रणका लागि मंगलबार राति भीषण हवाई आक्रमण गरेको बताइएको छ । सो क्रममा २१ जना सर्वसाधारण मारिएको सो सहरका मेयरले बताएका छन् । रुसले क्षेत्रीय प्रहरी कार्यालय र विश्वविद्यालयमा समेत रकेट प्...
राजधानीमा हमला गर्ने चेतावनी…..
रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ‘लक्षित हमला’ गर्न लागेको जनाएको हो । मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरुमा ‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेक...
एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणालाई ध्यान दिएका छौँ …..
बेइजिङ — नेपालको संसद्बाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)सम्झौता पारित भएपछि चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ। सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताए। आइतबार नेपाली संसदले एमसीसी सम्झौता अनुमोदन गर्दै 'व्याख्य...
रुससँग शान्ति वार्ताका लागि बेलारुस पुग्यो युक्रेनी…..
काठमाडौँ — रुससँग शान्ति वार्ताका लागि युक्रेनी अधिकारी बेलारुसको सीमा क्षेत्रमा पुगेका छन् । युक्रेनको राजधानी किभस्थित बीबीसी संवाददाता अब्दुजलिल अब्दुरासुलोभका अनुसार रुसको प्रस्तावअनुसार युक्रेनी प्रतिनिधिमण्डल वार्ताका लागि बेलारुसको सीमास्थल पुगेको हो । यसअघि बेलारुसले वार्ताका लागि स्थान तय भएको जानकारी दिएको थियो । वार्ताको मुख्य एजेन्डा युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेना फिर्ता हुनुप...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 52
- Next Page »












