विराटनगर - इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्धारको प्रयास भइरहँदा इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएको अर्को दुःखद खबर आएको छ । इलाम नगरपालिका–९ का १० जनाभन्दा बढी स्थानीय गत असोज १६ देखि सिक्किममा बेपत्ता छन् । त्यहाँ काममा रहेका उनीहरुलाई असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने स्थानीय विक्रमबाबु फियाक बताउँछन् । टिष्टामा आएको बाढीपछि उहाँहरु...
अन्तर्राष्ट्रिय
इजरायलको जोखिम क्षेत्रबाट ५५ नेपालीको उद्धार…..
काठमाडौँ — ‘राति बस्दा मेरो श्वास पुग्दैन । मुटु फुट्न खोज्छ । मुख बन्द हुन्छ । कहिलेसम्म हामी यसरी बस्ने ?’ तीन दिनदेखि लगातार इजरायलको त्रासदीमा बाँचिरहेका दाङका विपिन सुवेदीले आफ्नो भिडियो सार्वजनिक गर्दै भने, ‘आज (सोमबार) दिनभरिमा हामीलाई यहाँबाट उद्धार गरिदिनुस् । आज पनि त्यहीँ रात कटाउनपर्यो भने रातले नै लग्ने भयो हामीलाई । साथीहरूलाई पनि लग्यो । अब हामीलाई नलगोस् । उनीसहित ५ जनाको ट...
जी-२० को मूल नारामा चीनको आपत्ति…..
नयाँदिल्ली — चीनले जी–२० को आधिकारिक दस्ताबेजमा संस्कृत सूक्ति ‘वसुधैव कुटुम्बकम्’ को प्रयोगप्रति आपत्ति जनाएको छ । संस्कृत गैरसंयुक्त राष्ट्र भाषा भएको भन्दै चीनले आपत्ति व्यक्त गरेको हो । भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार चिनियाँ संस्कृत विज्ञले ‘वसुधैव कुटुम्बकम्’ को अर्थ ‘विश्व एक परिवार’ हुने अर्थ्याएका छन् । भारतको थिम ‘एक पृथ्वी, एक परिवार र एक भविष्य’ रहेकाले उक्त सूक्तिले त्य...
किम जोङ र पुटिनबीच भेटमा अमेरिकी आशंका…..
काठमाडौँ — उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले उत्तर कोरिया र रुसबीच हतियार बिक्रीको सम्बन्धमा बैठक केन्द्रित हुने दाबी गरेकी छन् । किमले रुससँग हतियारबारे छलफल गर्न चाहेको जानकारी आफूहरूसँग रहेको भन्दै एड्रियन वाट्सनले रूस र उत्तर कोरियाबीच हतियार वार्ता सक्रिय रूपमा अगाडि बढिरहेक...
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण…..
काठमाडौँ — संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको थियो । पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) गरी उनको मगसट (अनुहारको तस्बिर) लिइएको छ । उनको जमानत २ लाख डलर तय गरिएको छ । ट्रम्प...
पाकिस्तानको तल्लो संसद रातारात विघटन…..
इस्लामवाद - पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन राष्ट्रियसभा भंग गरेका छन् । यस संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ । यो निर्णय गए राति भएको हो । पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो । प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर रा...
अन्तरिक्ष अन्वेषणमा चीनको अर्को फड्को…..
काठमाडौँ — अन्तरिक्षमा कसले दह्रो पकड बनाउने भन्ने दौडमा अमेरिका र चीन प्रतिस्पर्धामा छन् । सन् २०११ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिरिएको चीनले ‘ट्येन्गुङ’ अन्तरिक्ष केन्द्रमा बनाएर इतिहास रचिसकेको छ । बुधबार चीनले नयाँ इतिहास रचेको छ । मिथेन र लिक्विड अक्सिजनबाट चल्ने संसारकै पहिलो रकेटको सफलतापूर्वक प्रक्षेपण उसले गरेको हो । एक चिनियाँ निजी कम्पनीले रकेटको सफल प्रक्षेपण गरेसँगै मिथे...
पनडुब्बी दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु…..
बोस्टन — एक शताब्दीअघि दुर्घटनाग्रस्त भएको टाइटानिक पानीजहाजको अवशेष हेर्न आन्ध्र महासागर गएको पनडुब्बी दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु भएको छ । गत आइतबार यात्रा सुरु गरेको १ घण्टा ४५ मिनेटमै सम्पर्कविहीन भएको पनडुब्बी दुर्घटनामा परेको बिहीबार पुष्टि भएको हो । पोलार प्रिन्स जहाजसँग सम्पर्क टुटेको टाइटन नामक पनडुब्बीमा चार दिनका लागि मात्र अक्सिजन बाँकी रहेको विशेषज्ञले अनुमान गरेका थिए । पनडुब...
बाँधको बाढीले ४२ हजार मानिसको बस्ती जोखिममा…..
दक्षिणी युक्रेनको रुस नियन्त्रित क्षेत्र खेरसोनमा रहेको नोभा काखोभ्का जलविद्युत बाँध भत्किएपछि ४२ हजार स्थानीय मानिसहरूको बसोबास जोखिममा परेको छ । बाँधमा विस्फोट हुँदा निप्रो नदीमा बाढी आउनसक्ने भन्दै नदी आसपासका बस्तीमा संकटकाल घोषणा गरिएको छ । रुसी अधिकारीहरूले १ सय जना मानिसहरू नोभा काखोभ्कामा बाढीपहिरोका कारण थुनिएको भन्दै खेरसोन क्षेत्रलाई संकटकाल घोषणा गरेका छन् । साथै बाँध भत्काइँदा हजारौंक...
अवतरण सञ्चालनमा रहेको ‘अवरोध’ भारतले हटाइदिएको छ…..
काठमाडौँ — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडित उपकरणमा आधारित अवतरण प्रणाली सञ्चालनमा रहेको ‘अवरोध’ भारतले हटाइदिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणका क्रममा जहाज अवतरण गराउँदा आवश्यक पर्ने अत्याधुनिक ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) सञ्चालनका लागि भारतले ‘स्वीकृति’ दिएको हो । नेपालले प्राथमिकता राखेको दुईतर्फी हवाई रुट थपका विषयमा भने सहमति हुन सकेन ।...
दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत…..
नयाँ दिल्ली — चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ । प्रधानमन्त्री दाह...
यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर…..
काठमाडौँ — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले पूर्वराष्ट्रपति ट्रम्पलाई दोषी ठहर गर्दै पीडित महिलालाई ५० लाख अमेरिकी डलर दिनुपर्ने फैसला सुनाएको हो । एक म्यागेजिनको लेखिका ई जिन क्यारलले आफूमाथि ट्रम्पले सन् १९९० मा यौन दुर्व्यवहार गरेको र उल्टै पीडितले झुठो बोलेको भन्दै आफ्नो मानहानी गरेको भन्दै मुद्दा दर्ता गराएकी थि...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 52
- Next Page »
















