डढेलो महिनौंसम्म नियन्त्रणमा नआउन सक्छ………..

सिड्नी – देशमा लागेको विनाशकारी डढेलो महिनौंसम्म नियन्त्रणमा आउन नसक्ने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोर्रिसनले चेतावनी दिएका छन्। डढेलोमा परी ध्वस्त भएका घर तथा व्यापारको पुनर्निर्माणका लागि एउटा निकाय खोल्ने घोषणा पनि प्रधानमन्त्री मोर्रिसनले गरेका छन्। देशमा तीन महिनाभन्दा लामो समयदेखि जारी डढेलो नियन्त्रणका लागि उचित प्रतिक्रिया नदिएको भन्दै प्रधानमन्त्री मोर्रिसनको चौतर्फी आलोचना भइरहेकै ...

कृषिमा आधुनिकीकरण गर्दै चीन………..

काठमाडौं – चीनको स्वशासित क्षेत्र तिब्बतले पर्यावरण, पर्यटनसँगै आधुनिक कृषि उत्पादनलाई जोड दिएको छ। चीनको बढ्दो जनसंख्यासँगै खाद्यान्न र तरकारी अभाव हुन नदिन केन्द्र सरकारको सहयोगमा उसले हिउँले खाएका पठार (पहाड)मा पनि आधुनिक उत्पादन सुरु गरेको हो। उच्च हिमाली क्षेत्रमा रहेको तिब्बतमा तोरी, जौसहितका खेती मात्र सम्भव भए पनि वातावरण अनुकूलित बनाउँदै प्रतिकूल मौसममा पनि विभिन्न जातका तरकारी खेती सुरु ...

बोरिस जोन्सन बेलायतको नयाँ प्रधाममन्त्री……….

लन्डन- बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन नियुक्त हुने निश्चित भएको छ। दुई महिनाअघि वर्तमान प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएका छन्। यससँगै उनलाई बेलायतको प्रधानमन्त्री हुने बाटो खुलेको हो। जोन्सन झण्डै एक महिना लामो चुनावी प्रक्रियापछि भारी मत प्राप्त गर्दै सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा चुनिएका हुन्। पूर्व वि...

भारतीय जासुस’सम्बन्धी मुद्दा पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश………

हेग – अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले जासुस आरोपित भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्डसम्बन्धी फैसललाई पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश दिएको छ। पाकिस्तानको अशान्त बलोचिस्तान प्रान्तबाट सन् २०१६ मा नियन्त्रणमा लिइएका भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई जासुस भन्दै पाकिस्तानको सैनिक अदालतले सन् २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो। भारतले उनीमाथि लागेका आर...

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको……….

बेइजिङ– संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ। चीनको उक्त भनाइ अमेरिकाले इरानमाथि एकपछि अर्को गर्दै इरानमाथि लगाइएका आर्थिक नाकाबन्दीपछि इरानले यूरेनियम प्रशोधनको उच्च सीमालाई तोड्ने घोषणापछि आएको हो। 'तथ्यले यो बताइसकेको छ कि एकतर्फी दादागिरी गम्भीर समस्याका रूपमा देखिइसकेको छ,' चिनियाँ विदेश मन्त्रालयका प्रवक्क्ता गेङ सुआङले बेइजिङ...

चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता………..

टाेकियाे– चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा शनिबार भेटवार्ता भएको छ। दुई पक्षीय सम्वन्ध र सहकार्यलाई नयाँ उचाइमा पु-याउन यो भेटवार्ता फलदायी हुने दुवै पक्षको विश्वास थियो। पूर्वनिर्धारित समयतालिका अनुसार नै भएको सो भेटवार्ता जापानमा भइरहेको जि २० शिखर सम्मेलनको बेलामा भएको हो। सहकार्य र एक आपसको मिलनले चीन र अमेरिका दुवैलाई फाईदा भएको छ, यसलाई अझ राम्र...

सिरियल किलर’लाई जन्मकैदको फैसला………

निकोसिया — एक नेपाली सहित ७ जनाको हत्या गरेको आरोपमा ग्रिस मूलका एक साइप्रस सेनाका क्यापटेनलाई त्यहाँको एक अदालतले आजीवन कारवासको सजाय सुनाएको छ । घरलु कामदारका रुपमा साइप्रस पुगेकी नेपाली महिला अस्मिता खड्का विष्ट, एक रोमानिया, तीन फिलिपिनो गरी ५ जना विदेशी महिला र दुई बालबालिकाहरुलाई निकोस मेटाक्सास नाम गरेका ती सैन्य अधिकृतले नियतवस हत्या गरेको अदालतले ठहर गरेको छ। मारिने सबै घरेलु कामदारका रुप...

भारतको लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी (भाजपा) को जीत

भारतको लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टीले स्पष्ट बहुमत निकाल्दै यसअघिको भन्दा पनि ठूलो जीत निकालेको छ । नरेन्द्र मोदी अब पाँच वर्षको लागि फेरि दोस्रो पटक भारतको प्रधानमन्त्री बन्ने भएका छन् । भाजपाले गुजरात, हरियाणा, राजस्थान र दिल्लीमा क्लीन स्वीप गरेको छ भने उत्तर प्रदेश, बिहार र महाराष्ट्रमा बहुचर्चित विपक्षी गठबन्धनलाई पराजित गरेको छ । पश्चिम बंगाल र ओडिशामा पार्टीले सर्वश्रेष...

२५ वर्षदेखि निरन्तर सिक्किममा रहेको चाम्लिङ सरकार अन्त्य

भारतको सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटकको चुनावमा पल्टिएको छ । लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये पीएस गोले नेतृत्वको एसकेएमले १७ सिटमा जित हात पार्दै स...

भारतीय लोकसभा निर्वाचनकाे मिति घाेषणा………..

नयाँ दिल्ली- भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ। भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गरेका हुन्। मुलुकभर जम्मा ५४३ सदस्यका लागि विभिन्न सात चरणमा गरिने निर्वाचनलाई शान्तिपूर्ण एवम् स्वच्छरूपमा सम्पन्न गर्न दलहरूलाई आयुक्त आरोडाले आग्रह गरे। उनका अनुसार निर्वाचन सात चरणमा ह...

पाकिस्तानले छाड्यो भारतीय पाइलट…………

एजेन्सी - पाकिस्तानले नियन्त्रणमा लिएका भारतीय पाइलट अभिनन्दन वर्दमानलाई रिहा गरेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार गरेको प्रतिबद्धताअनुसार वर्दमानलाई शुक्रबार राति साढे नौ बजे रिहा गरिएको हो।पाइलट वर्दमानलाई भारत–पाक सीमाक्षेत्र बाघा बोर्डरबाट भारतको जिम्मा लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई बुधबार पाकिस्तानले भारत– पाक लाइन अफ कन्ट्रोल नजिकैबाट नियन्त्रणम...

भारत–पाकिस्तान बढ्दो तनाव……..

एजेन्सी : जम्मुकास्मिरको पुलवामा भएको आत्मघाती हमलामा ४० भन्दा बढी भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावले बुधबारसम्म आइपुग्दा सानोतिनो युद्धकै रुप लिएको छ। भारतले मंगलबार बिहान पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको थियो। आक्रमणमा आतंकवादी संगठन जैस ए मोहम्मदका कयौं अखडा ध्वस्त पारेको भारतीय दाबी थियो। घटनामा तीन सयभन्दा बढी आतंकवादी मारिएको भारतले दाबी गरेको थिय...