महामारीका कारण लागुऔषध सेवन गर्नेको सङ्ख्या बढ्ने खतरा……

कोभिड–१९ महामारीको कारण विश्वभर लागुऔषध सेवन गर्ने मानिसको जनसङ्ख्या बढेको संयुक्त राष्ट्र संघीय कार्यालयको एक रिपोर्टमा बताइएको छ । लागुऔषध तथा अपराध नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनओडीसी) का कार्यकारी निर्देशक गडा वालाईले भने, “कोभिड–१९ महामारीका कारण हाम्रो स्वास्थ्य र सामाजिक प्रणालीहरू समस्यामा पुगेका छन् र हाम्रा समाजहरू यसको सामना गर्न संघर्ष गरिरहेका छन् । यस अवस्थामा आ...

पुटिनलाई अझै शक्तिशाली बनाउन रुसमा मतदान हुँदै……

संविधानमा सुधार गर्नका लागि रुसमा मतदान सुरु भएको छ । सात दिन लामो मतदान प्रक्रियाबाट सकारात्मक नतिजा आए पुनः निर्वाचित भएको खण्डमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् २०३६ सम्म सत्तामा रहन मार्ग प्रशस्त गर्नेछ । विपक्षीहरुले यसलाई संवैधानिक ‘कू’ भनेका छन् । विपक्षीहरुले कोरोनाभाइरसको महामारीको बीचमा हुन लागेको मतदानमा सुरक्षाको विषयलाई लिएर प्रश्न उठाइरहेका छन् । उनीहरुले मतदानमा चलखेल हुनसक्ने आशं...

हरेक हप्ता १० लाख कोरोना संक्रमितको वृद्धिः डब्ल्यूएचओद्वारा अक्सिजनको कमीबारे चेतावनी जारी……

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार संसारभरी कोरोना भाइरस संक्रमितको संख्या एक करोड पुग्नै लागेको जानकारी दिएको छ । जसका कारण संसार अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेसिन) को कमीसँग जुधिरहेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले पत्रकार सम्मेलनमा भने, ‘थुप्रै देश अब अक्सिजन कन्स्ट्रेटरको कमीसँग जुधिरहेका छन् । यतिबेला यो मेसिनको माग आपूर्तीभन्दा बढी भएको छ ।’ उनले भने,...

बेलायतमा मानिसमाथि कोरोना भ्याक्सिन परीक्षणको तयारी……

बेलायतमा कोरोना भ्याक्सिन व्यक्तिमाथि परीक्षण गर्ने तयारी सुरु गरिएको छ । लण्डनको इन्पेरियल कलेजमा ३ सय व्यक्तिमाथि यो ट्रायल गरिनेछ । इन्पेरियल कलेज लण्डनमा हुने यो ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शटोक गरिरहेका छन् । यो भ्याक्सिनको जनावरमाथि ट्रायल सफल रहेको छ बताइएको छ र यसले रोग प्रतिरोधी क्षमतालाई थप राम्रो बनाउन मद्दत मिल्नेछ । हाल संसारभरी १२० स्थानमा कोरोनाको भ्याक्सिन बनाउने प्रयास गरिँद...

अर्थव्यवस्थामा सोचेभन्दा थुप्रै गुणा बढी असर पुगेको अन्तर्राष्ट्रिय मुद्रा कोषको ठहर……

कोरोनाका कारण संसारभरीको अर्थव्यवस्थामा पर्न सक्ने जुन सुरुवाती अनुमान लगाइएको थियो, अब स्थिती त्योभन्दा थुप्रै गुणा खराब भइरहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले जानकारी दिएको छ । आइएमएफका अनुसार संसारभरीको आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतको कमी आउनेछ । अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतको कमी हुनसक्ने बताइएको थियो । तर लकडाउनको असर जसरी क्रमशः परिरहेको छ, संसाररभरीको अर्थव्यवस्था त्यसक...

कराँचीमा भएको पाकिस्तानी जहाज दुर्घटनाको कारण पत्ता लाग्यो……

पाकिस्तानमा गत महिना ९७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनाको कारण मानवीय त्रुटी भएको पाइएको एक प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताइएको छ । सो जहाज दुर्घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा सो जहाजको दुर्घटना विमान चालक र एयर कन्ट्रोलका बीचमा समन्वय नभएको र मानवीय त्रुटी भएका कारण यस्तो भएको पाइएको हो । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान गत मे २२ मा पाकिस्तानको कराँची विमानस्थल नजिकैको मा...

दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित……

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् । देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारीअनुसार देशभरी कूल तीन हजार ५८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ । ‘आफ्नै मृत्यु हुनेबेलासम्म पनि स्वास्थ्य सेवा गर्नु भएका र सेवा गर्ने क्रममा सङ्क्रमित भएर मृत्यु भएका सबै स्वास्...

किम जोङले रोके दक्षिण कोरियाविरुद्धको सैन्य कारवाही……

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग लगातार बढिहेको तनावका बीच सैन्य कारवाहीको निर्णय स्थगित गर्ने निर्णय गरेका छन् । प्योङ्याङको आधिकारिक समाचार एजेन्सी ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी’ अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले मंगलबार भिडियो सम्मेलनमार्फत् यस्तो घोषणा गरेका हुन् । किमले सत्तारुढ वर्कर्स पार्टीका केन्द्रीय सैन्य आयोगको बैठकको अध्यक्षता गरे । उक्त बैठकमा उत्तर कोरियाका स...

पतञ्‍जलिले बनाएको ‘कोरोनाविरुद्धको’ औषधिको प्रचारप्रसारमा रोक……

भारतीय आयुर्वेद कम्पनी पतञ्जलिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको औषधि सार्वजनिक गरेको केही घण्टा नबित्दै भारत सरकारले त्यसको प्रचारप्रसारमा रोक लगाएको छ । भारतको आयुष मन्त्रालयले पतञ्जलिले तयार पारेको औषधि वैज्ञानिक रूपमा प्रमाणित नभएको हुँदा यसले सर्वसाधारणमा भ्रम र जोखिम दुवै निम्तिन सक्ने भएकाले त्यसको प्रचारप्रसारमा रोक लगाउने निर्णय गरेको हो । भारतीय कम्पनी पतञ्जलिले...

रुससँग चाँडो हतियार माग्दै भारत……

चार दशकयताकै सबैभन्दा ठूलो भिडन्त निम्तिएर चीनसँगको सम्बन्ध बिग्रिएका बेला भारतले रुसलाई मिसाईल डिफेन्स प्रणाली र फाइटर जेटको आपूर्ति तीव्र गर्न दबाब दिइरहेको छ । गलवान उपत्यकामा गत साता भिडन्तमा २० भारतीय सैनिक र चिनियाँ सैनिक (संख्या नखुलेको) मारिएपछि चीन र भारतका विदेश मन्त्रीहरुबीच वार्ता हुँदैछ, वार्ताअघि नै भारतले रुससमक्ष अत्याधुनिक हतियार आपूर्तिको माग राखेको हो । रुसी विदेशमन्त्री सर्जेइ ...

कोरियामा पाकिस्तानी र बंगलादेशी ईपीएस कामदारलाई प्रतिबन्ध……

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया आएका बंगलादेश र पाकिस्तानका अधिकांश नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएपछि प्रतिबन्ध लगाइएको छ । शनिबार र आइतबार दुवै देशबाट आएको ३१ जनालाई भाइरसको संक्रमण पुष्टि भएको थियो । दक्षिण कोरिया सरकारका अनुसार दुवै देशका नागरिकलाई मंगलबारदेखि दक्षिण कोरिया आउन प्रतिबन्ध लगाइएको हो । कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै ती देशहर...

संसारभरी कोरोना संक्रिमतको संख्या ९० लाख नाघ्याे……

संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या ९० ललाख पार भइसकेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । हालसम्म यो महामारीले ४ लाख ७४ हजार ५७ जनाको मृत्यु भइसकेको छ । अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् जबकि त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजि...