स्वयंसेवाका नाममा सजाय…..

काठमाडौं –   उनको ज्याकेटमा ‘ट्राफिक भोलेन्टियर’ लेखिएको छ। तर उनको अनुहारमा स्वयंसेवकको आनन्द झल्किँदैन। ‘ओभरस्पिड’का कारण ट्राफिक कारबाहीमा परेका गोठाटारका सिजल दाहाल जेठको चर्को घामले भन्दा पनि अनावश्यक दुःखले बढी पोलेको सुनाउँछन्। यहाँ आएर चर्को घाममा उभिनुबाहेक अरू केही सिकिएन,’ ट्राफिक नियम उल्लंघन गरेका कारण सिंहदरबार अगाडि उभिएका उनले भने, ‘यहाँ उभिएर केही सिक्नेभन्दा पनि यातना पाएको महसुस...

पशुपतिमा भेटीदेखि मृत्यु संस्कारसम्म अनियमितता…..

काठमाडौं –   पशुपतिनाथ मन्दिरमा चढाएको भेटी, जग्गा, आरतीदेखि घाटमासमेत घोटाला हुँदै आएको छ। महालेखा परीक्षकको ६१औं प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको बहुमूल्य द्रव्य, भेटीको अभिलेख प्राप्त भएकै समयमा मुचुल्का गरी राख्ने गरेको नपाइएको भन्दै प्रश्न उठाइएको छ। पशुपतिनाथ मन्दिरमा दान–दक्षिणा चढाउन नौवटा घ्याम्पो (तामाका गाग्रा जस्तै) राखिएका छन्। प्रत्येक ढोकामा दुई/दुईवटा र एउटा चन्दन राख...

हाजिरी जमानतमा छुटे कैलाश सिरोहिया…..

काठमाडौं –   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटेका छन्। सिरोहियालाई बुधबार हाजिरी जमानतमा छोडेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवाले जानकारी दिए। उनले भने, 'उहाँलाई हाजिरी जमानतमा छोड्न जिल्ला प्रहरी कार्यालय ललितपुरलाई सिफारिस गरेका थियौँ। उहाँहरूले पनि परिवारको जिम्मामा उहाँलाई हाजिरी जमानतमा छोडेको हाे। प्रहरीले बोलाएको समयमा हाजिरी हुने गरी उहाँलाई...

सहकारी ठगी प्रकरण, सात सदस्यीय संसदीय समिति बन्यो…..

काठमाडौं –   दलीय सहमतिपछि सहकारीको बचत रकम हिनामिना सम्बन्धमा छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन भएको छ। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले समिति गठन गरेको हो। समितिमा प्रमुख प्रतिपक्षी दलबाट सह-महामन्त्री बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा एमालेबाट सूर्यबहादुर थापा र सरिता भुसाल, नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल र राष्ट्रिय...

ईभीमा बढ्यो कर, कुन रेन्जमा कति ?…..

काठमाडौं -    सरकारले विद्युतीय गाडी (ईभी) मा कर बढाएको छ । ईभीको अन्तःशुल्क र भन्सार दरमा परिवर्तन गरेको हो । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌मा प्रस्तुत गरेको आर्थिक विधेयकमा ईभीको कर बढाएका हुन् । १० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार पुर्‍याइएको छ । सोही प्रकारका ईभीमा अन्तःशुल्क पनि अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा ५ प्रतिशत लगाउने भएको छ । यसमा...

ऋण पासोले महत्त्वाकांक्षाको घाँटी ङ्याकेको बजेट…..

काठमाडौं -    आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको १८ खर्ब ६० अर्बबराबर बजेटको सबैभन्दा ठूलो विशेषता भनेको ‘ऋणको पासो’ हो । आगामी आवका लागि सरकारले ऋणको सावाँ–ब्याज भुक्तानी गर्न ४ खर्ब ५८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये ३ खर्ब ६७ अर्ब सावाँ भुक्तानी गर्न वित्तीय व्यवस्था शीर्षकका राखिएको छ । त्यस्तै ब्याज भुक्तानीका लागि चालु खर्चमा ९१ अर्ब विनियोजन गरिएको छ । सरकारले आगामी आवमा उ...

युकेको किरात याक्थुङ थामेन्दिङ्मा चुम्लुङमा मनमाया निर्वाचित

सुक तुम्रोक युकेको अस्फोर्ड केन्टमा किरात याक्थुङ थामेन्दिङ्मा चुम्लुङको मे २४, २०२४ मा चौथो अधिबेसन सम्पन्न भएको छ । अधिबेसनले समाजसेवी मनमाया नेम्बाङलाई अध्यक्षमा र अन्य पदाधिकारी तथा सदस्यहरूलाई निर्विरोध निर्वाचित गर्दै अधिबेसन सम्पन्न गरेको हो । युकेमा रहेका थामेन्दिङ्माहरूबिच भेटघाट, भातृत्व अभिबृद्दि गर्दै दुःखसुखमा आपसी सरसहयोग, समुदायको पहिचान, समाबेशिकरण, सामाजिक न्यायको लागि योगदान द...

सत्तालिप्साले आहत गणतन्त्र…..

काठमाडौं –  संविधानसभाबाट २४० वर्ष लामो राजतन्त्र सधैंका लागि बिदा भएसँगै आम नेपालीले खुसियाली मनाए। संविधानसभाका सदस्य मात्र होइन, सर्वसाधारण पनि सडकमै निस्केर खुसी साटे। सबैले ठानेका थिए, अब मुलुकमा आर्थिक विकास र समुन्नति हुन्छ। सबै जात, धर्म, संस्कृति र भूगोलका जनताले अधिकारबाट वञ्चित हुनुपर्ने छैन। तर मुलुकमा शासन र आसन फेरिएको डेढ दशकभन्दा बढी भए पनि जनताको अवस्था फेरिएन। बरु राजा र राजतन्त्...

आज गणतन्त्र दिवस मनाइँदै…..

काठमाडौं -  आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ । यस वर्ष जेठ ...

आज बजेट सार्वजनिक हुँदै…..

काठमाडौं -   आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन् । जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभ...

सत्तापक्ष र विपक्षीबीच लगभग सहमति…..

काठमाडौं -   सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भएको अपचलनबारे छानबिन गर्न संसदीय समिति बन्ने लगभग पक्का भएको छ । भोलि समिति गठनसँगै संसदको अवरोध पनि हट्ने नेताहरुले बताएका छन् । लामिछाने गृहमन्त्री भएसँगै अनुसन्धान रोकिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि सत्तारुढ दलहरु छानबिनका लागि संसदीय समिति बनाउन ५ जेठमा सहमत भएका थिए । तर संसदीय समितिको कार्यादेश (टीओआ...

सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुबीच धकेलाधकेल…..

काठमाडौं -    प्रतिनिधि सभामा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुबीच धकेलाधकेल भएको छ । आइतबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षमान पुनलाई चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गर्न समय दिएका थिए । समय पाएपछि अर्थमन्त्री पुन रोष्ट्रममा जान खोजे । तर त्यसअगावै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु वेलमा पुगिसकेका थिए । अर्थमन्त्री...