इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङ पक्राउ………..

  असार २९, २०७५   काठमाडौँ । भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको अभियोगमा ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङ पक्राउ परेका छन् । सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै लाखौं ठगी गरेका गुरुङलाई लाजिम्पाटबाट नियन्त्रणमा लिइएको महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले  जानकारी दिए । व...

डुबान बस्तीका पीडितले अनिदोमै रात काटेका छन्………..

२९ असार २०७५, रासस भक्तपुर- हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ। भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा, बालकोट, कौशल्टार सागबारीका डुबान बस्तीका पीडितले पनि अनि...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध……….

२९ असार २०७५,  रत्ननगर- चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार अहिले स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम जारी छ । पहिरोका कारण चितवनबाट जाने र आउने सवारी साधन बीचबाटोमा नै रोकिएका छन् । सडक बन्द भएक...

अझै छाउपडी प्रथा छाड्न सकेका छैनन्………….

२९ असार २०७५,   अछाम - महिनावारी हुँदा छाउगोठमा ज्यान गुमाएका किशोरी तथा महिलाका परिवारका सदस्यले अझै छाउपडी प्रथा छाड्न सकेका छैनन्। अर्थात् उनीहरू महिनावारी हँुदा छाउगोठमै सुत्ने गरेका छन्। छाउगोठमा सुतेकै कारण आफ्ना छोरी, बुहारी, दिदी, बहिनीले ज्यान गुमाउँदा पनि यहाँका धेरैजसो महिलाले यो चलन छाड्न नसकेका हुन्। परिवारका सदस्यले छाउगोठमा ज्यान गुमाएको पीडा बोक्दै यहाँका किशोरी एवं महिला महिनावारी...

खतिवडालाई ‘ठिक पार्ने’ धम्की दिएका छन्………..

 २९ असार २०७५,    काठमाडौं - विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराइरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलमा आयोजित सामाजिक समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ‘ठिक पार्ने’ धम्की दिएका छन्। मंगलबार सोल्टी होटलमा आयोजित एउटा विवाह भोजमा एन्फा नेतृत्वमा २० वर्षसम्म रहेर हाल निलम्बनमा रहेका थापाले कांग्रेस नेता रामहरि खतिवडालाई तथानाम गाली गरेर ‘ठिक पार...

डुबानमा भक्तपुर: तीनको मृत्यु, ५०० परिवार विस्थापित

काठमाडौँ सरकारले अविरल वर्षाका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा पहिरोले टहरा पुरिँदा मृत्यु भएकाका परिवारलाई जनही १ लाख रुपैयाँ राहत दिने भएको छ । बिहीबार गृह मन्त्रालयले एक विज्ञप्ति निकालेर अविरल वर्षापछि आएको पहिरोले टहरो पुरिँदा मृत्यु भएका एकै घरका तीन जनालाई जिल्ला विपद् व्यवस्थापन समितिबाट जनही एक लाख राहत वितरण गर्ने निर्णय भएको जनाएको छ । बुधबार रातिदेखिको वर...

अविरल वर्षाका कारण भक्तपुर डुबानमा………..

२८ असार २०७५,  भक्तपुर – बुधबार रातीदेखिको भीषण वर्षाले भक्तपुर डुबानमा परेको छ । डुबानमा परी तीनजनाको मृत्यु भएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटका अनुसार चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीमा भएको एउटा अस्थायी टहरामा रहेका तीनजनाको मृत्यु भएको छ । उदार कार्य तीव्र रहेको प्रमुख जिल्ला अधिकारी भटले जानकारी दिए । मत्युहुनेहरुको पहिचान खुलेको छैन । अविरल वर्षाका कारण हनुमन्त...

वर्षात् सुरु भएसँगै बजारमा इन्धनको खपत घटेको छ ………..

२८ असार २०७५,     काठमाडौं - वर्षात् सुरु भएसँगै बजारमा इन्धनको खपत घटेको छ । वर्षातमा सवारी वालाले यात्रा कम गर्ने र विकास निर्माणका काम घटेपछि इन्धन खपत घटेको नेपाल आयल निगमले जनाएको छ।   खाना पकाउने ग्यास बाहेक पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धनको खपत घटेको छ । वार्षिक रुपमा इन्धनको खपत बढे पनि गत मेको तुलनामा जुनमा खपत घटेको हो ।पेट्रोल ११ प्रतिशत, डिजेल ६, हवाई इन्धन २४ प्रतिशतले आयात घटेको...

डा. केसी बोल्दैनन्, इसाराले नै एस र नो को उत्तर दिन्छन्…………..

२८ असार २०७५,     जुम्ला - भान्जा ईश्वर शाहीको उपचारका लागि कालिकोटबाट जुम्ला आएका वीरबहादुर शाही जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सघन कक्षमा पुगे, जहाँ डा. गोविन्द केसी अनशनरत छन् ।  नजिकै पुगेर उनले केसीलाई नमस्कार गरे । केसीले पुलुक्क हेरेमात्रै । उनी बोल्न सकेनन् ।   स्वासप्रस्वासमा देखिएको समस्याले केसीलाई बोल्न असजिलो भइरहेको उपचारमा संलग्न डा. प्रवीण गिरीले ...

उनका लागि संसार अँध्यारो बनेको छ………..

 २८ असार २०७५,   रोल्पा - लीला रोकालाई सानैमा बिहे गर्नु हुँदैन भनेर घरपरिवार र गाउँमा कसैले सल्लाह दिएन । न त गाउँघरमा पढेर ठूलो मान्छे बनेको कोही थिए । पढ्नुपर्छ भनेर अर्ती दिने पनि कोही भएनन् । गाउँघरमा रीति नै यस्तै थियो बैंस नआउँदै बिहे गरिहाल्नुपर्ने । आठ कक्षामा पढ्दा १५ वर्षको उमेरमा बिहे गरेकी २१ वर्षीया लीला रोकाको यतिबेला सिन्दूर पुछिएको छ । गत शुक्रबार मुस्ताङमा भएको टिपर दुर्घटनामा उन...

अड्कियो धरहरा पुनर्निर्माण………..

२७ असार २०७५,   काठमाडौं- २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कार्य अगाडि बढाउन मंगलबार टेन्डरको टुंगो लगाउने तयारी गरेको थियो । तर, ठेकेदारको चलखेलका कारण सात दिन म्याद थप गरिएपछि धरहरा पुनर्निर्माण पछाडि धकेलिएको हो। आज (मंगलबार) ठेक्काको आर्थिक प्रस्ताव...

दुई दर्जन बढी विदेशी पाइलट लिँदै …………

२७ असार २०७५,  काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न विदेशी पाइलट करारमा नियुक्त गर्ने घोषणा गरेको छ । सकेसम्म स्वदेशी पाइलट लिने नीति भए पनि केही वर्षसम्म विदेशी पाइलट लिएर उडान सञ्चालन गर्ने निगमको योजना छ।  हाल निगममा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ गरी ८८ जना पाइलट कार्यरत छन् । ती पाइलटले २ सय ७४ सिट क्षमतायुक्त एकथान ‘ए३३०–२००’, १ सय ९...