आज राति उपाधिका लागि इङ्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुँदै…..

काठमाडौँ — युरो २०२० अन्तर्गत आइतबार राति फाइनल खेल हुँदै छ । लन्डनको वेम्बली स्टेडियममा राति १२:४५ बजे हुने खेलमा उपाधिका लागि घरेलु टोली इङ्ल्यान्डले इटालीको सामना गर्नेछ । सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा हराएर फाइनल प्रवेश गरेको हो । त्यस्तै अर्को सेमिफाइनलमा इङ्ल्यान्डले डेनमार्कलाई २-१ ले हराएको थियो । इटालीको सेन्टरब्याक लियोनार्डो बोनुची र जर्जियो चिलिनीले सम्हालिरहेका छन् । ...

देउवा जिताउन संस्थापन पक्षका नेताहरु जुटे छलफलमा…..

काठमाडौं, नेपाली काँग्रेसका संस्थापन पक्षका केन्द्रीय सदस्यबीच १४ औं महाधिवेशनका सन्दर्भमा छलफल भएको छ । नयाँ बानेश्वरको शान्तिनगरस्थित आनन्द इभेन्टमा संस्थापन पक्षका तेस्रो तहका नेताहरुबीच वर्तमान सभापति शेरबहादुर देउवालाई फेरि जिताउने विषयमा छलफल भएको हो । छलफलमा केन्द्रीय सदस्यहरु बालकृष्ण खाण, एनपी साउद, सुरेन्द्र पाण्डे, सीता गुरुङ, शंकर भण्डारी, चीनकाजी श्रेष्ठ, भीष्मराज आङ्देम्बे, महेश चौरा...

मुख्यमन्त्रीको वार्षिक घरभाडा खर्च साढे ४ करोड…..

मोरङ — प्रदेश १ सरकारले चालु आर्थिक वर्षको ११ महिनामा घरभाडामा मात्रै ४ करोड २१ लाख १२ हजार ३ सय ९३ रुपैयाँ खर्च गरेको छ । काठमाडौंस्थित मुख्यमन्त्री सम्पर्क कार्यालय र विराटनगरस्थित प्रदेश सरकारका कार्यालयमा गरी मासिक उक्त रकम खर्च भइरहेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका अनुसार मुख्यमन्त्रीको सम्पर्क कार्यालय, प्रदेश सरकारअन्तर्गतका कार्यालय र निवासको भाडामा मासिक ३८ लाख २८ हजार रु...

माधव पक्षका नेताहरु सिंहदरबारबाट बाहिरिए…..

काठमाडौं, नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु हुन ढिलाइ भएको छ । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ४ बजिसक्दा पनि सुरु हुन नसकेको हो । कार्यदलमा रहेका नेताहरुको आउजाउ चलिरहेकै भएपनि बैठक भने सुरु हुन नसकेको हो । यसैबीच कार्यदलमा रहेका माधव नेपाल पक्षका नेताहरु सिंहदरबारबाट बाहिरिएका छन् । नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलसहितका नेताहरु सिंहदरबारबाट बाहिरिएका हुन् । यस...

अमेरिकाबाट १५ लाख डोज खोप आउँदै…..

काठमाडौँ — अमेरिकी सरकारले उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार आउने भएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो । खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्रीका पराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । अमेरिकाले कोभ्यासमार्फत नेपाललाई उक्त खोप सहयोग गर्न लागेको भट्टराईले जनाए । नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले शुक्रबार उक्त खो...

देउवाविरुद्ध संस्थापन इत्तर पक्षको बत्तीसपुतलीमा बैठक…..

काठमाडौं । शुक्रबार अपरान्ह बत्तीसपुतलीस्थिति अनुपम फुडल्याडमा काँग्रेस संस्थापन इत्तर पक्षबाट सभापतिमा आकांक्षा देखाएका नेताहरुबीच साझा उम्मेदवार छनोटका विषयमा सामुहिक छलफल भयो । सभापतिमा दाबी प्रस्तुत गरेका ८ जनाबीच भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, सुजाता...

शुक्रबार चीनबाट ८ लाख मात्रा खोप ल्याइएको छ…..

काठमाडौँ — सरकारले चीनबाट खरिद गरेर ल्याएको कोरोनाविरुद्धको खोप प्रदेशको चिस्यान केन्द्रमा पठाउन थालेको छ । चीनसँग खरिद गरिएको ४० लाख भेरोसेल खोपमध्ये शुक्रबार ८ लाख मात्रा ल्याइएको छ । बाँकी खोप साउन पहिलो सातासम्म ढुवानी गरिसक्ने सरकारको योजना छ । सरकारले चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खरिद गरेको ८ लाख मात्रा खोप आपूर्ति भएको स्वास्थ्य सेवा विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘असार ...

ठगीको आरोपमा पूर्वमन्त्री साहविरुद्ध उजुरी…..

काठमाडौँ — पूर्वमन्त्री प्रभु साहविरुद्ध एक महिलाले २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी छन् । काठमाडौंकी दीपा केसी (कुँवर)ले पूर्वमन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य साहविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले मन्त्री साहविरुद्ध दीपाले ठाडो निवेदन दिएको बताए । तर, निवेदनमा भनिएअनुसार ठगी भएको भनिएको रकमको...

राष्ट्रपति कार्यालयले सर्वोच्चलाई लिखित जवाफ बुझायो…..

काठमाडौं, मन्त्रिपरिषद् हेरफेर विरुद्धको मुद्दामा राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय विरुद्धको रिटमा राष्ट्रपति कार्यालयलाई पनि विपक्षी बनाइएको थियो । महान्यायाधिवक्ताको कार्यालय मार्फत राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएको हो । संविधानको धारा ६६ (२) अनुसार प्रधान...

२४ घण्टामा २२३९ जना संक्रमित थपिए, १३१६ जना संक्रमणमुक्त……

पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ । कोभिड–१९ बाट थप २० जनाको मृत्यु भ...

अदालतलाई प्रभावित पार्न खोजेको नेपाल पक्षको आरोप…..

काठमाडौं, नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक कुनै प्रगतिविनै सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रगति शून्य भएको हो । यद्यपि एमाले नेता सुवास नेम्वाङले भोलि बस्ने बैठकले निश्कर्ष निकाल्ने बताए ।  भोलि शुक्रबार साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्याउने छ । हामी आशावादी छौ’ नेम्वाङको भनाई छ । तर, नेता घनश्या...

बाढीपहिरो र डुबानमा परी ५१ जनाको मृत्यु, २९ जना बेपत्ता…..

काठमाडौं,अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २६ जना पुरुष, १५ जना महिला, ५ जना बालक र ५ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा ३–३ जना, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा २–२ जना, ललितपुर, मकवानपुर, सर्ला...