झापा — भूमाफियाको विश्वासमा परेर झापास्थित गिरीबन्धु टी–इस्टेटको जमिन खरिद गर्न लगानी गरेकाहरू सर्वोच्च अदालतको आदेशले अन्योलमा परेका छन् । सस्तो मूल्यमा आकर्षक ठाउँको जग्गा पाउने प्रलोभनमा परेर करोडौं रुपैयाँ बैना दिएका सर्वसाधारण पैसा फिर्ता नहुने चिन्तामा परेका हुन् । गिरीबन्धुको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले गत माघ २४ मा खारेज गरेको थियो । वैशाख २९ मा ...
समाचार
‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा…..
रुकुम पश्चिम — पुर्ख्यौली थातथलो मुसीकोट–१३ को साधनचौर छोडेर अमेरिका जाने रहर पलाएदेखिका १२ वर्षमा सुवास (परिवर्तित नाम) ले तीन पटकको प्रयासमा झन्डै ८६ लाख दलाललाई बुझाइसकेका छन् । तर अझै पनि उनी अमेरिका पुग्ने टुंगो छैन । अवैध बाटो (डंकी रुट) हुँदै अमेरिका पुग्न २०६८ भदौमा उनी संगठित मानव तस्करको सम्पर्कमा पुगेका हुन् । पहिलो एजेन्टले उनलाई दुबई हुँदै काजकिस्तान पुर्याएर अगाडि बढाउन नसकेप...
सहकारी बचत अपचलनको मुद्दाले संसद्मा तनाव…..
काठमाडौँ — सहकारी बचत अपचलनमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको मागमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच बढेको असमझदारी प्रतिनिधिसभा मुठभेडमै परिणत भएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले वेल घेरेर नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले लामिछानेलाई बोल्न रोस्ट्रममा बोलाएपछि सांसदहरूबीच धकेलाधकेल भएको छ । नीति तथा कार्यक्रममा छलफल गराई बजेट ल्याउने तयारीमा रहेको सरकार यो गतिरोध अ...
कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल…..
काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको छ । सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेले बोल्न समय दिएका थिए । त्यसपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेलको अवस्था आएको हो । यो अवस्थाका कारण गृहमन्त्रीले बोल्न भने पाएनन् । सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण भएर...
नियमावली मिचेर गिरीबन्धुलाई जग्गा साटफेर अनुमति…..
काठमाडौँ — गिरीबन्धु टी–इस्टेटको ३ सय ४४ बिघा जग्गा साटफेर गर्ने अनुमति दिँदा तत्कालीन सरकारले आफैंले बनाएको नियमावली पनि उल्लंघन गरेको उजागार सर्वोच्चको फैसलाबाट भएको छ । हदबन्दी छुट पाएको जग्गा साटफेर तथा बिक्री वितरण गर्न दिन मिल्ने गरी २०७६ मा संसद्बाट पारित भएको कानुनका आधारमा भूमिसुधार मन्त्रालयले २०७७ मा नियमावली जारी गरेको थियो । तर, संसद्ले बनाएको ऐन र आफैंले बनाएको नियमावलीसमेत मिचेर सरक...
संसद्मा जवाफ दिन पाउनुपर्छ…..
काठमाडौँ — एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिनुपर्ने सर्त अघि सारेका छन् । कांग्रेसले पोखरा र बुटवलको सहकारीको रकम हिनामिनामा लामिछाने संलग्न भएको पुष्टि भएको र उनीमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग गर्दै संसद् अवरुद्ध गरिरहेका बेला एमाले र रास्वपाले आफूमाथि लागेको आरोपबारे बोल्न दिनुपर्ने सर्त अघि सारेका हुन् । एमाले र रास्वप...
डिजिटलाइजेसन र कृषिमा लगानी दशक घोषणा…..
काठमाडौँ — सरकारले ‘राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने’ भन्दै कृषि, सूचना प्रविधि र आधुनिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारीका लागि भन्दै ‘डिजिटलाइजेसन र कृषिमा लगानी दशक’ घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगल...
कांग्रेसद्वारा वेल घेराउ र नाराबाजी, राष्ट्रपतिले पाएनन् धन्यवाद…..
काठमाडौँ — संसद्को संयुक्त बैठकमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेलले धन्यवाद समेत पाएनन् । धन्यवाद दिने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्ष कांग्रेसले बैठक अवरुद्ध गरेपछि संसद्को अभ्यासमा सम्भवतः पहिलो पटक त्यो हुन सकेन । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बसेको संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरेपछि फर्किने क्...
त्रिविभित्रै १० रोपनी जग्गा कब्जा गरी गिट्टी–बालुवा डिपो…..
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको करिब १० रोपनी जग्गा कब्जा गरी ढुंगा, गिट्टी र बालुवाको डिपो सञ्चालन गरिएको छ । एग्रो एन्ड बायोलोजी राष्ट्रिय प्रयोगशाला भवन निर्माण परिसरको उक्त जग्गा कब्जा भए पनि त्रिवि र सरकारले बेवास्ता गरेका छन् । २०७३ देखि नै स्थानीय ठेकेदार कवीन्द्र महर्जनले अनधिकृत रूपमा ढुंगा, गिट्टी, बालुवा थुपार्ने गरेको प्रयोगशालाका कर्मचारी बताउँछन् । कीर्तिपुरस्थित त्रिविको एग्रो ए...
सरकारबाट जसपा नेपाल बाहिरियो, जसपा भित्रियो…..
काठमाडौँ — नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौंपटक मन्त्रिपरिषद् विस्तारसँगै केही हेरफेर गरेका छन् । जसपा नेपाल सोमबार बिहान सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले अशोक राईको नेतृत्वमा नवगठित जसपालाई सरकारमा समेटेका हुन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट र दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीबाट राजीनामा दिएपछि सोही पार्टीबाट ...
सुरक्षण मुद्रणको उपकरण खरिद, विकलसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा…..
काठमाडौँ — सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरूमाथि बदनियतपूर्ण रूपमा उपकरण खरिद गरी सरकारलाई करिब ४१ करोड रुपैयाँ हानिनोक्सानी पुर्याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुद्दा दायर गरेको हो । केन्द्रका तत्कालीन कार...
प्रधानमन्त्रीको प्रस्तावमा सम्झौता नगरेपछि ‘सहकारी भ्रष्टाचारी’ भन्दै कांग्रेस उफ्रियो…..
काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि रवि लामिछानेलाई आफूले राखेको प्रस्ताव अस्वीकार गरेपछि कांग्रेसले सहकारी प्रकरण ल्याएको बताएका छन् । उनले कांग्रेस सत्ता स्वार्थमा चुर्लुम्म डुबेको पनि आरोप लगाए ।काठमाडौं महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसद्मा गर्नका लागि उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई नदिए...
















