विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ…..

काठमाडौँ — ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबार पाँचौं तथा अन्तिम ट्वान्टी–२० खेल खेलेपछि नेपाली राष्ट्रिय टोली दुई चरणमा विश्वकपका लागि फ्लोरिडा लाग्ने तालिका रहेको छ । अमेरिका र वेस्ट इन्डिजमा जुनमा आयोजना हुने ट्वान्टी–२० विश्वकपका लागि एक समूहमा आइतबार (बिहान २.३० बजे) र आइतबार दिउँसो गरी दुई चरणमा नेपाली टोली काठमाडौंबा...

इन्टरनेट सेवा सुनिश्चित गर्न निर्देशन…..

काठमाडौँ — देशभर बिहीबार इन्टरनेट अवरुद्ध भएकामा नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई इन्टरनेट सेवा निरन्तर राख्न निर्देशन दिँदै अवरुद्ध भए कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार करिब ६ घण्टा अवरुद्ध भएको इन्टरनेट सेवा पूर्ववत् अवस्थामा आइसकेको छ । भारतीय ‘अपस्ट्रिम’ प्रदायक भारतीय ‘एयरटेल’ले नेपालतर्फ पठाउँदै आएको ‘ब्यान्डविथ’को ‘इन्टरनेसनल लिंक’ विच्छेद गरिदिएपछि केही समय सेवा प्रभावि...

कर बक्यौता विवादले देशभर इन्टरनेट अवरुद्ध…..

काठमाडौँ — नौ महिनादेखि ‘ब्यान्डविथ’ खरिदबापतको भुक्तानी रोकिएपछि भारतीय कम्पनीले नेपालका इन्टरनेट सेवा प्रदायकका इन्टरनेट काटिदिएका छन् । इन्टरनेट काटिएपछि बिहीबार अपराह्नदेखि एकाएक नेपालका प्रमुख ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवा प्रदायकले दिँदै आएको इन्टरनेट अवरुद्ध वा अत्यन्तै सुस्त हुन पुगेको छ । भारतीय ‘अपस्ट्रिम’ प्रदायकले नेपालतर्फ लिंक काटिदिएपछि नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले सेवा...

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर रकम असुल्दै प्राध्यापक र कर्मचारी…..

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको अतिक्रमित एक हजार रोपनीभन्दा बढी जग्गामध्ये करिब १८ रोपनी प्राध्यापक र कर्मचारीले गैरकानुनी रूपमा भाडामा लगाउँदै आएका छन् । बल्खु–दक्षिणकाली सडक खण्डअन्तर्गत त्रिवि मूल गेट अगाडिको बहुमूल्य जग्गा नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघले अनधिकृत रूपमा भाडामा लगाएर मासिक लाखौं भाडा उठाउँदै आएका हुन् । त्रिविले संघका कार्यालय सञ्चालन गर्न...

देशैभर ७४ जिल्लामा आगलागी र डढेलो…..

महोत्तरी, सप्तरी र काठमाडौं — आगलागीले सखाप बनाएको उजाड बस्तीमा बेला बेला हुरी चल्दा खरानी उडेर मुखसम्मै आइपुग्छ । तैपनि महोत्तरीको मटिहानी–६ जरलहवागाछीका ८० वर्षीय इलिहास अन्सारीलाई बस्तीभन्दा पर जान मन लाग्दैन । बस्तीसँग उनको दुई दशकदेखिको आत्मियता गाँसिएको छ । गत वैशाख १२ मा आगलागीले अन्सारीको सहित बस्तीका १ सय ३ घर जलेर ध्वस्त भए । विपद व्यवस्थापन समिति र पालिकाले आगलागीपछि सुरक्षित स्थानमा सा...

आज विश्व श्रमिक दिवस, श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ…..

काठमाडौँ -   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् । विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रम...

सहकारीको बचत रिसोर्टमा लगानी, सांसदविरुद्ध अदालतको पक्राउ पुर्जी…..

काठमाडौं/पूर्वी नवलपरासी — सर्वसाधारणको बचत हिनामिनामा सहकारी सञ्चालक मात्र होइन, निजी कम्पनीमा लगानी गर्ने सांसदलाई पनि अनुसन्धानको दायरामा ल्याउन अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । चितवनको सनराइज, पूर्वी नवलपरासी (नवलपुर) को छिपछिपे र बर्दिर्याको नमस्ते सहकारीबाट १६ करोड ५८ लाख लिएर आफ्नो समूहको रिसोर्टमा लगानी गर्ने राप्रपाकी संघीय सांसद गीता बस्नेतलाई पक्राउ गर्न पुर्जी जारी भएको हो । अदालतब...

दलको सदस्यबाट धमाधम राजीनामा दिँदै शिक्षकहरू…..

काठमाडौँ -   विभिन्न राजनीतिक दलको सदस्य रहेका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलको सदस्यता लिएका शिक्षकलाई कारबाही गरिरहेकाे शिक्षकहरूले विभिन्न राजनीतिक दलको सदस्यबाट राजीनामा दिन थालेका हुन् । शिक्षामन्त्री सुमना श्रेष्ठले २०८१ वैशाख ४ गते मन्त्रीस्तरीय निर्णयबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई दलको सदस्य भएको खण्डमा कारबाही गर्ने नि...

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी…..

इलाम — प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ । मंगलबार बिहान साढे ४ बजे जारी अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । २०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका थिए । यस...

शिक्षा क्षेत्रमा विकृति मौलाएको भन्दै अखिल क्रान्तिकारीको आपत्ति…..

काठमाडौँ -   मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । नयाँ शैक्षिक सत्र २०८१ सुरुवात भएसँगै शिक्षण संस्थाहरूले सधैँजस्तो विद्यार्थी र अभिभावक लुट्ने धन्दा फेरि निरन्तरता दिएको भन्दै अखिल क्रान्तिकारीले फिर्ता लिन माग गरेको हो । गैर-जिम्मेवार राज्य र निजी शैक्षिक क्षेत्रका माफियाहरूको जाँतोमा नेपाली विद्यार...

इलाममा एमालेको अग्रता कायमै, बझाङमा कांग्रेसले उछिन्यो…..

इलाम, बझाङ — इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । सोमबार बिहानसम्म भएको गणनाअनुसार उनले ७ हजार ६ सय ७७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३ सय ९५ मत ल्याएका छन् । मध्याह्न मतगणना सुरु हुँदा कांग्रेसका खड्का अगाडि देखिएका थिए । फाकफोकथुम गाउँपालिका–१, २, ३ को गणनापछि खड्कालाई उछिनेका नेम्वाङले त्यसपछि निरन्तर अ...

लगानी सम्मेलन आजदेखि ९ खर्बका परियोजना सोकेसमा…..

काठमाडौँ — मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आइतबार सुरु हुँदै छ । सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने नेपाल लगानी बोर्डले जनाएको छ । सम्मेलनमा ९ खर्ब बराबरका परियोजना प्रस्तुत गरिने बोर्डक...