शिक्षामन्त्री : सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध हुनेछ……

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताएका छन् । काठमाडौंको क्षत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा शुरु गरिएको कोभिड अस्पतालको आज निरीक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य देशका समकक्षीसँग खोप पाउन अपिल गरेको र खोपका साथै स्वास्थ्य सामग्री आइरहेको जनाए । चिकित्सालयमा भे...

थप ३३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु……

पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टिजेन विधिबाट १९ हजार ७५७ जनामा संक्रमण देखिएको छ । नयाँ संक्रमितमध्ये काठमाडौँमा ३९१, ललितपुरमा १३० र भक...

लोकतन्त्र र संविधान बचाउने जिम्मेवारी दलहरुकै रहेको सर्वदलीय बैठकको निष्कर्ष……

सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताए । ‘अहिले लोकतन्त्र धरापमा परेको छ । पटक पटक संसद विघट...

काठमाडौँ महानगरपालिकामा प्राथमिकता परेका नागरिक खोपबाट बञ्चित……

सरकारले देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप कोरोनाविरुद्धको भेरोसेल खोप दिने अभियान काठमाडौं महानगरपालिकामा रोकिएको छ । महानगरपालिकाले मागअनुसार खोप नपाउँदा प्राथमिकतामा परेका नागरिक नै वञ्चित भएका हुन । जेठ २५ गतेदेखि देशभर कोरोना विरुद्धको भेरोसेलको पहिलो मात्रा खोप लगाउने अभियान सञ्चालन भइरहेको छ । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खाने दिने घोषणा गरेपछि महानगरले जेठ २५ ...

काठमाडौं महानगरमा दुई दिनमा १८ हजारले खोप लगाए……

काठमाडौं महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने काम सुरु गरेको हो महानगरपालिकाले दोस्रोपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३ सहभागी भएको महानगरको स्वास्थ्य महाशाखाले जानकारी गराएको छ । खोप अभियानको पहिलो दिन ८ हजार ७४७ स...

सभामुखले सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीलाई पनि बोलाए……

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सभामुख सापकोटाले लिखित निमन्त्रणा पठाएका छन् । सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्नका लागि बैठ...

संवैधानिक इजलासद्वारा विघटन विरुद्धको मुद्दामा ‘एमिकस क्युरी’ झिकाउने सर्वोच्चको आदेश……

प्रतिनिधिसभा विघटन मुद्दामा अन्तिम सुनुवाइका लागि संवेधानिक इजलासले 'एमीकस क्युरी' झिकाउन आदेश दिएको छ । एमीकस क्युरी अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञको टिम हो । इजलासले आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्‍याएको कुनै व्यक्तिलाई ...

उपत्यकामा असारदेखि निषेधाज्ञा खुकुलो……

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड(१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ। गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्रयोल हुने जनाइएको छ। गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट ...

नेपालमा ५ लाख बढी कोरोना संक्रमणमुक्त……

पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५ हजार ९४४ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितभन्दा निको हुने दर बढेसँगै सक्रिय संक्रमितको संख्या ८२ ह...

देउवा, प्रचण्ड र माधवबीच यी विषयमा भयो छलफल……

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै सार्वजनिक गरेको ६ बुँदे प्रस्तावलाई विपक्षी गठबन्धनका शीर्ष नेताले शंकाको दृष्टिले हेरेका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सोमबार तीन नेताबीच भएको छलफलमा ओलीको ६ बुँदे प्रस्ताव प्रतिनिधि सभा विघटनसँग जोडिएको भन्दै अदालतलाई प्रभावमा पार्ने उद्देश्यअनुरुप आएको हुनसक्ने आशंका गरेका हुन् । ओलीले आइतब...

सर्वोच्चमा मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट दर्ता……

कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ । दिनेश त्रिपाठी र कञ्चनकृष्ण न्यौपानेलगायतले दायर गरेको रिट सर्वोच्चमा दर्ता भएको हो । यो रिटमा मंगलबार पेशी तोकिएको छ । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै यो विस्तारमा मन्त्री भएकालाई काम गर्न नदिनू र आगामी दिनमा पनि मन्त्रिपरिषद् विस्तार नगर्नू भनेर अन्तरिम आदेश माग गरि...

एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने ओलीको घोषणा……

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन तयार भएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले एमाले एकताका लागि पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका हुन् । उनले जारी गरेको विज्ञप्तिमा पार्टी एकताको पक्षमा रहेकाहरुको आधारमा केन्द्रीय कमिटी र स्थायी कमिटी सक्रिय रहने, मातहतका कमिटी र जनसंगठनहरु पनि जेठ ३ पूर्वको अ...