सुप्रिम सहकारीबाट गृहमन्त्री लामिछानेले गैरकानूनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको पुष्टि…..

भैरहवा — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएको छ । रुपन्देही जिल्ला प्रहरी कार्यलयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ । गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा बुटवलमा खुलेको सुप्रिम ब...

सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी…..

भैरहवा — रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । बचतकर्ताले आफ्नो रकम हिनामिना भएको जनाउँदै उजुरी दर्ता गराएपछि प्रहरीले एक महिनाभन्दा लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले प्रहरीले रकम हिनामिनामा संलग्नको आरोपमा २८ जनालाई प्रत...

इरानद्वारा इजरायलमाथि आक्रमण, पश्चिम एसिया थप तनावमा…..

काठमाडौँ — इजरायलको जेरुसेलमस्थित मोहिनमा कार्यरत बाँकेका कुमार बुढा क्षेत्रीलाई शनिबार राति इरानले इजरायलमाथि आक्रमण गर्दै छ भन्ने पूर्वसूचना थियो । तर, त्यो आक्रमण कति भयानक हुन्छ भन्ने क्षेत्रीलाई आकलन थिएन । इजरायलमाथि आक्रमण हुँदै छ भन्ने हल्ला एक सातादेखि नै व्यापक थियो । यहाँको सरकारले शनिबार राति आक्रमण हुँदै छ भन्ने पूर्वसूचना दिएको थियो । त्यसअनुसार हामी सुरक्षित अवस्थामा बसेका थियौं,’ क...

संसद् बन्द गरेर अध्यादेशतर्फ सरकारको ध्यान…..

काठमाडौँ — सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउन प्रमुख प्रतिपक्ष दल कांग्रेससँगै राप्रपा र सत्तारूढ दलहरूभित्रबाट समेत दबाब बढेपछि सरकारले संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । बरु आसन्न लगानी सम्मेलनका लागि कानुन संशोधन गर्न सरकारले अध्यादेशको गृहकार्य थालेको छ । एक महिनादेखि जारी संसद्को गतिरोध फुकाउनतिर भन्दा सरकार अध्यादेशको तयारीमा...

त्रिविका तत्कालीन उपकुलपति खनियामाथि कारबाही सिफारिस…..

काठमाडौँ -   चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा तीर्थ खनियामाथि कारबाही गर्न सिफारिस गरेको पाइएको छ । खनियासहित त्रिविका तत्कालीन कार्यकारी परिषद्का पदाधिकारीहरूमाथि समेत कारबाही गर्न सिफारिस गरेको पाइएको हो । कारबाही सिफारिसमा पर्नेहरूमा रेक्टर डा. सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती, विज्ञान संकाय डीन रामप्रसाद खतिवडा...

साई स्वागत सहकारीको बदमासी, विपन्न महिला खोजेर अध्यक्ष–उपाध्यक्षमा उभ्याइयो…..

काठमाडौँ — जोरपाटीमा डेरा बसेर तीन छोराछोरी हुर्काइरहेकी एकल महिला निमकुमारी छन्त्याल सातादेखि छटपटीमा छिन् । कारण उही हो, सहकारी । तर, उनी न बचतकर्ता हुन्, न ऋणी । बरु मासिक १५ हजार पारिश्रमिक पाउने भनेर एउटा संगठित समूहले उनलाई सहकारीको अध्यक्ष बनाएको थियो । त्यही सहकारीे करोडौं बचत अपचलनको अनुसन्धानमा तानिएपछि उनको भोक–निद्रा हराएको छ । समस्याग्रस्त सहकारीको सूचीमा परेपछि काठमाडौं महानगरपालिकाक...

प्रतिपक्षको किचलोले संसद् बन्धक, र रोकिए जनताका आवाज…..

काठमाडौँ -  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ताधारी दलहरूबिचको किचलोका कारण संसदीय गतिविधि प्रभावित भएको छ । मङ्गलबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठक दलहरूको किचलोका कारण स्थगित भयो । गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन तोडेर मन्त्रीपरिषद् फेरबदल गरे । फागुन २३ गते रवि लामिछानेलाई गृहमन्त्री बनाए लगत्तै कांग्रेसले संसद्को काम कारबाही प्रभावित ग...

आरोप लाग्यो कि राजीनामा दिने सर्वदलीय सहमति गरौं…..

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूविरुद्ध ठाडो उजुरी परेको जिकिर गर्दै लामिछानेले त्यस्तो उजुरीका भरमा राजीनामा दिने हो भने सर्वदलीय सहमति गर्नुपर्ने बताए । उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने बताएका छन् । कांग्रेसले ...

सशस्त्र प्रहरी बल गोदाममा आगलागी…..

काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआइजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरु समेत सम्मिलित समिति गठन गरेका हुन् । सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती संगठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम ...

भद्रकाली घटना प्रहरीको दुर्व्यवहारमा परेका भिक्षु…..

काठमाडौं -   काठमाडौँको भद्रकाली मन्दिर परिसरमा गेरुबस्त्र लगाएका भिक्षुमाथि सुरक्षाकर्मीले लात्ताले प्रहार गरेकोबारे प्रश्न उठेको छ । चौतर्फी आलोचनापछि प्रहरी प्रधान कार्यालयले घटनामा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही सुरु गरेको सार्वजनिक सूचना प्रकाशन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे आन्तरिक छानबिन गर्दै छ । चैत २४ मा राजेन्द्र महतो, सुमन सायमी र रवीन्द्र श्रेष्ठले नेतृ...

रोष्ट्रममा जानबाट निषेध नगर्नुस्…..

काठमाडौँ — मुलुकका विभिन्न जिल्लामा गठित सहकारीमा जम्मा गरिएको रकम अनियमितता गरेको विषयमा कांग्रेसले प्रतिपक्षमा गएदेखि नै विषय उठाइरहेको छ । गत फागुन २१ मा प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेसले सत्तारुढ गठबन्धनको तेस्रो ठूलो दल रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ । लामिछानेलाई सर...

सभामुख घिमिरेले शीर्ष चार दलसँग छलफल गर्दै…..

काठमाडौँ -   सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई प्रमुख प्रतिपक्षको मागबारे छलफल गर्न बोलाएका छन् । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले सोमबार बिहान साढे १० ...