खोप नआए डेल्टा प्लस झनै भयावह……

खोपको अभावमा कोभिड–१९ को तेस्रो लहर आउने अवस्थामा ‘डेल्टा प्लस’ भेरिएन्टले धेरै प्रभाव पार्ने विज्ञहरूले बताएका छन् । हाल नेपालमा दोस्रो लहर फैलिएको डेल्टा भेरिएन्टको अर्को रूप ‘डेल्टा प्लस’ हो । डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप ‘एवाई.१’ वा डेल्टा प्लस भेरिएन्ट यसै साता नेपालमा समेत पुष्टि भएको छ । यो म्युटेसनको नाम ‘के४१७ एन’ हो । छिमेकी भारतलगायत ११ मुलुकमा डेल्टा प्लस भेरिएन्ट देखिएको ...

प्रधानमन्त्री: सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई सरकारले सहयोग गर्छ……

प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताएका छन्। नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विस्थापित परिवारलाई शहरी विकास मन्त्रालयमार्फत घर निर्माणका लागि उक्त जस्ताप...

अदालतले राष्ट्रपतिलाई सचेत गराउनुपर्छ …..

काठमाडौं, अधिवक्ता टीकाराम भट्टराईले राष्ट्रपतिको काम कारवाही न्यायिक निरुपणको विषयमा पर्दैन भनेर संविधानले नभनेको प्रस्ट पारेका छन् । संविधान बनाउँदा आफैले प्रतिवद्धताका साथ गरेको हस्ताक्षर बिर्सेर राष्ट्रपतिले संवैधानिक इजलासलाई जवाफ पठाएको उनले दावी गरे । शुक्रबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको बहसमा रिट निवेदकका तर्फबाट उनले यस्तो तर्क गरेका हुन् । राष्ट्रपतिले ...

संविधान रक्षामा जुट्न देउवाको आह्वान……

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटमा धकेल्ने काम भएको भन्दै राष्ट्रिय हितको संरक्षण र लोकतन्त्रको रक्षाको निम्ति संयुक्त मोर्चा अग्रसर भएको बताएका छन् । बिहीबार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरुसँग आयोजित अन्तर्क्रियामा बोल्दै सभापति देउवाले प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको बताएका छन् । उनले आफूलाई प्रधानमन्त्री बनाउने निवेदनलाई ...

२४ घण्टामा २ हजार ५१८ जना कोरोना संक्रमणमुक्त……

२४ घण्टामा देशभर १ हजार ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ७ हजार २३५ पीसीआर परीक्षणमा १ हजार ५७७ जनामा कोरोना पुष्टि भएको हो।यसैगरी, ४ हजार ९९७ एन्टिजेन परीक्षणमा ८९७ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक...

सरकारमाथि दबाब बनाउने विपक्षी गठबन्धनको रणनीति, जनपरिचालनका कार्यक्रम ल्याइने……

पाँच दलीय विपक्षी गठबन्धनले जनपरिचालनका कार्यक्रम अघि बढाउने भएको छ । बुधबार साँझ बसेको गठबन्धनको बैठकले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालका कार्यक्रम ल्याउने निर्णय गरेको हो । मंगलबारमात्रै विपक्षी गठबन्धनका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार...

२ हजार ४२१ संक्रमित थपिए, ८१ काे मृत्यु……

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर विधिमा १५११ र एन्टिजेनमा ९१० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ३४६ जना, ललितपुरमा ९४ र भक्तपुरम...

ओलीले निवर्तमान मन्त्रीहरूसँग भने- सर्वोच्चले के गर्न खोजेको हो, बुझ्न सकिएन……

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले के गर्न खोजेको भन्ने आफूले बुझ्न नसकेको बताएका छन् । जेठ २१ र २७ गते शपथ लिएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको नियुक्ति संविधानअनुकूल नभएको भन्दै सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मंगलबार प्रतिनिधिसभा विघटनप...

मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेश : २० मन्त्री पदमुक्त……

सर्वोच्च अदालतले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोपछि थपिएका २० जना मन्त्री सर्वोच्चको आदेशसँगै पदमुक्त भएका छन्। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। सर्वोच्च अदा...

नेपालमा कोरोनाको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला……

नेपालमा कोभिड–१९ संक्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्वयन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमुनामा फेला परेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नमुना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप के ४१७एन म्युटेसन देखि...

२४ घण्टामा ३ हजार १३० जना कोरोना संक्रमणमुक्त……

२४ घण्टामा देशभर १ हजार ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ६ हजार ५८३ पीसीआर परीक्षणमा १ हजार ५८४ जनामा कोरोना पुष्टि भएको हो। यसैगरी, ४ हजार ३२१ एन्टिजेन परीक्षणमा ७१३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा क...

सेनाबाट खोज, उद्धार तथा राहत जारी……

नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण गरिरहेको छ । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल÷त्रिपाल सैनिक हेलिकप्टरबाट मनाङका चामे, थाचे, ओडार, ताल र सिन्धुपाल्चोकका किउल र अन्य स्थानमा ढुवानी गरेको छ । मनाङकै विभिन्न स्थानमा बाढीपहिराको कारण जोखिममा परेका ८१ जनालाई हेलिकप्टरद्व...