२४ घण्टामा ३ हजार १३० जना कोरोना संक्रमणमुक्त……

२४ घण्टामा देशभर १ हजार ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ६ हजार ५८३ पीसीआर परीक्षणमा १ हजार ५८४ जनामा कोरोना पुष्टि भएको हो। यसैगरी, ४ हजार ३२१ एन्टिजेन परीक्षणमा ७१३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा क...

सेनाबाट खोज, उद्धार तथा राहत जारी……

नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण गरिरहेको छ । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल÷त्रिपाल सैनिक हेलिकप्टरबाट मनाङका चामे, थाचे, ओडार, ताल र सिन्धुपाल्चोकका किउल र अन्य स्थानमा ढुवानी गरेको छ । मनाङकै विभिन्न स्थानमा बाढीपहिराको कारण जोखिममा परेका ८१ जनालाई हेलिकप्टरद्व...

सरकारले निषेधाज्ञा अर्थात् लकडाउनसम्बन्धी नयाँ अवधारणा, ‘स्मार्ट लकडाउन’ …..

काठमाडौं , गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा हालसम्म कायम छ । पछिल्लो पटक सरकारले थपेको निषेधाज्ञा भोलि असार ७ गते सकिदैछ । अब सरकारले निषेधाज्ञा अर्थात् लकडाउनसम्बन्धी नयाँ अवधारणा ल्याएको छ । त्यो हो, 'स्मार्ट लकडाउन' । अहिले कार्यान्वयनमा रहेको लकडाउनको मोडालिटीलाई परिमार्जन गर्दै सरकार अब स्मार्ट लकडाउनमा जाने भनेको छ । तर, स्मार्ट लकडाउनमा के हुने र के नहुने ? के गर्न पाउने र के गर्न नपाउने...

केपी जेठ २ मा फर्किए माधवले के गर्लान् ?…..

काठमाडौं, नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी र सो कमिटीले नेताहरुमाथि गरेको कारवाहीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिने आदेशपछि अध्यक्ष ओलीले बरिष्ठ नेता नेपाल पक्षले भन्दै आएको जेठ २ मा फर्कने संकेत देखाएका छन् । यससँगै नेता नेपाल केपी ओली ओली र शेरबहादुर देउवाको तानातानमा पर्ने संकेत देखिएको हो । यही असार ९ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासबाट ओलीविरुद्धको मुद्दा किनारा लगाउन...

काकाकुल उपत्यकालाई, मेलम्ची फेरि अनिश्चित, सहज कहिले हुने भन्ने टुंगो छैन…..

सिन्धुपाल्चोक,काठमाडौं — सुरुङमार्ग मर्मतका लागि पानी निकालेर सुरुङ खाली गरिएकै दिन बाढीपहिरोले क्षति पुर्‍याएपछि मेलम्ची आयोजनाको पानी काठमाडौंमा पुनः वितरणको मिति अब अनिश्चित बनेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची आयोजनाको बाँध, सुरुङ, सडक, मोटरेबल पुल तथा मुहानको संरचना गत मंगलबारको बाढीपहिरोले क्षतविक्षत पारेको छ । मेलम्ची आयोजनाको बाँधसँगको सम्पर्कविच्छेद भएको छ ।...

पहिरोले ५१, बाढीले २३ जिल्ला जोखिममा……

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन अवधिमा बाढी र पहिरोबाट १८ लाख ४ हजार ६ सय ९७ जना प्रभावित हुने आकलन गरेको छ । बाढीले १६ लाख ८७ हजार ४ सय ८० र पहिरोले १ लाख १७ हजार २ सय १७ जना प्रभावित हुने प्राधिकरणको अनुमान छ । यो वर्षको मनसुनमा पहिरोले ५१ जिल्ला प्रभावित हुने आकलन छ । बाढीका कारण तराईका २३ जिल्ला अति प्रभावित हुने प्राधिकरणको विश्लेषण छ । केही वर्षयता ...

२४ घण्टामा १ हजार ६८८ जनामा कोरोना पुष्टि……

२४ घण्टामा देशभर १ हजार ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६८८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ४ हजार ६८६ एन्टिजेन परीक्षणमा ७१३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा क...

तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन…..

दोलखा — पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले रोङसी खोला थुनिएको हो । पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ । ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पहिराले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेको उनले बत...

मनाङको चामेमा थुनियो मर्स्याङ्दी नदी…..

लमजुङ — सोमबारदेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामे नजिकै मर्स्याङ्दी नदी थुनिएको छ । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो । हिमाली जिल्ला मनाङबाट बग्ने मर्स्याङ्दी नदी चामेमा ताल बन्दा जोखिममा परेको माथिल्लो मनाङ जाने बेलिब्रिज ।  थुनिएको भागबाट मर्स्याङ्दी बगेपनि पानी निरन्तर परिरहेकाले बहाब बढेको छ । यसबाट चामेको पारीप...

मेलम्चीमा फेरि भीषण बाढी……

सिन्धुपाल्चोकको मेलम्ची खोलामा भीषण बाढी आएको छ । शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढ्दै गएको मेलम्ची प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए । प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको जानकारी दिए । वर्षा सामान्य भएपनि बाढीको बहाव बढी मात्रामा आएको उनको भनाई छ । प्रहरी निरीक्षक राईले भने–‘हिजो अस्तिको भन्दा केही ब...

२७६८ जनामा संक्रमण पुष्टि, ४०२० संक्रमणमुक्त……

पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख १७ हजार ९४७ तथा एन्टिजेन विधिबाट २४ हजार ८६१ जनामा संक्रमण पुष्टि भइसकेको छ । यही अवधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५...

मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै……

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन्। शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय द...