सर्वोच्चमा मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट दर्ता……

कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ । दिनेश त्रिपाठी र कञ्चनकृष्ण न्यौपानेलगायतले दायर गरेको रिट सर्वोच्चमा दर्ता भएको हो । यो रिटमा मंगलबार पेशी तोकिएको छ । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै यो विस्तारमा मन्त्री भएकालाई काम गर्न नदिनू र आगामी दिनमा पनि मन्त्रिपरिषद् विस्तार नगर्नू भनेर अन्तरिम आदेश माग गरि...

एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने ओलीको घोषणा……

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन तयार भएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले एमाले एकताका लागि पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका हुन् । उनले जारी गरेको विज्ञप्तिमा पार्टी एकताको पक्षमा रहेकाहरुको आधारमा केन्द्रीय कमिटी र स्थायी कमिटी सक्रिय रहने, मातहतका कमिटी र जनसंगठनहरु पनि जेठ ३ पूर्वको अ...

२४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त……

२४ घण्टामा देशभर ३ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबारको कोभिड ब्रफिङमा दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षणमा ३ हजार २४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ४७९ जनामा संक्र...

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट पार्न एमाले स्थायी कमिटीको माग……

शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका जसपाका नेता राजेन्द्र महतोको अभिव्यक्तिको एमालेका १५ नेताले विरोध गरेका छन् । शनिबार एमालेका पूर्व महासचिव माधव कुमार नेपालसहितका १५ नेताले एक संयुक्त वक्तव्य निकाल्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाइएको छ । ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्र...

भारतबाट नेपाली सेनाले भित्र्यायो स्वास्थ्य सामग्री……

शनिवार रुपन्देहीको बेलिया नाका हुँदै नेपाली सेनाले २५ वटा ट्रकमा भारतबाट कोभिड विरुद्धको स्वास्थ्य सामग्री नेपाल भित्र्याएको छ । शुक्रबार ती स्वास्थ्य सामग्री लिन नेपाली सेनाका ट्रकहरु भारत तर्फ लगिएको थियो । ट्रकहरूमा कोभिड सम्वन्धि अपरेटिङ्ग हेटलाईट , अटो रिफ्रेक्ट मिटर , बि–प्याड मेसिन, एबीजी मेशिन , ल्याब माईक्रोस्कोप , लाईट क्युरिङ कार्डलेस , आईसियु भेन्टिलेटर , म्यानुअल स्प्रेयर , भाईरस ट्रा...

कामचलाउ सरकारद्वारा मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्रीहरूद्वारा शपथ……

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ र पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ तीन उपप्रधानमन्त्री ८ मन्त्री र २ राज्यमन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएकी थिइन् । राष्ट्रिपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ लिएका मन्त्रीहरूले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग...

४ हजार ६२४ मा कोरोना संक्रमण पुष्टि, ८ हजार बढी निको……

२४ घण्टामा देशभर ४ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १४ हजार १८२ पीसीआर परीक्षणमा ४ हजार ६२४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ६ हजार ६३१ एन्टिजेन परीक्षणमा २ हजार २९ जनामा कोरोना संक्रमण भेटिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो...

अमेरिकाले नेपालसहित विभिन्न एसियाली मुलुकलाई कोराेनाविरुद्धको खोप उपलब्ध गराउने……

अमेरिकाले पहिलो चरणमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न मुलुकलाई २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार संसारभर अमेरिकाले कोरोना खोप दिने घोषणा गरेका हुन् । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स परियोजनामार्फत अमेरिकाले विश्वव्यापी रुपमा कोरोना खोप उपलब्ध गराउने भएको हो । राष्ट्रपति बाइडेनले नेपाललगायत विभिन्न एसियाली मुलुकलाई ...

थप ६८२५ जनामा संक्रमण पुष्टि, ५९०४ जना निको……

पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ३२११ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट १८ हजार ५६२ जनाको परीक्...

एमाले फुट्न नदिन दोस्रो तहका नेता सक्रिय……

सत्तारुढ नेकपा (एमाले) विभाजनको संघारमा पुगेपछि आपसी विवाद मिलाउन नेताहरु अनौपचारिक रुपमा सक्रिय भएका छन् । विभाजन रोक्न दोस्रो तहका अन्य नेताहरुले गृहकार्य गरिरहेका बेला पार्टीका महासचिव ईश्वर पोखरेलले थप अनौपचारिक परामर्श अघि बढाएका छन् । महासचिव पोखरेलले आज पार्टीका नेता योगेशकुमार भट्टराईसँग छलफल गरेका छन् । विद्यमान स्थिति र दुवै पक्षका प्रस्ताव तथा आवश्यकतालाई कसरी सम्बोधन गराउने र पार्टीलाई...

उपत्यकाको निषेधाज्ञा १० दिन थपियो, ५३१६ जनामा कोरोना संक्रमण पुष्टि……

उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले खाद्यान्न तथा किराना पसल खोल्न दिनेजस्ता केही प्रावधान खुकुलो पारेर निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको कान्तिपुरलाई बताए । यस्तै ललितपुरका सीडीओ ढुण्डिप्रसाद निरौलाले पनि खाद्य र किराना पसल खोल्न र निर्माणका सामाग्री ढुवानी गर्न दिइने बताए । 'यो एक हप्ता कडारुपमा गरिएको निषेधाज्ञाले संक्रम...

चीनबाट काठमाडौं आइपुग्यो खोप……

चीनले नेपाललाई दोस्रोपटक दिने वाचा गरेको कोरोनाविरुद्धको १० लाख डोजमध्ये मंगलबार ९ लाख ८ सय डोज काठमाडौं आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार त्यसमध्ये ८ लाख खोप नेपाल एयरलाइन्सले बेइजिङबाट ल्याएको हो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराउने भनेको २ लाख खोपमध्ये मंगलबार बिहान ५० हजार ४ सय र बेलुकी ५० हजार ४ सय गरी १ लाख ८ सय डोज खोप आइपुगेको हो । परराष्ट्र मन्त्रालय र काठमाडौंस्थ...