मेलम्ची मुहान सार्नु नै अन्तिम विकल्प…..

काठमाडौँ — बाढीपहिरोबाट क्षतिग्रत सिन्धुपाल्चोकको हेलम्बुमा अवस्थित हालको मुहान भन्दा करिब एक किमि ‘टावर इन्टेक’ बनाए मात्र उपत्यकावासीले मेलम्चीको खानेपानी नियमित रुपमा पिउन पाउने सुझाव विज्ञहरुले दिएका छन् । मेलम्ची मुहानलाई अझै बाढीको खतरा रहेको भन्दै उनीहरुले स्थायी समाधानका लागि मुहान सार्नुको विकल्प नभएको उनीहरूको धारणा छ । मेलम्चीको मुख्य ऋणदाता एसियाली विकास बैंक(एडीबी) को अध्ययनको आधारमा हेलम्बुको सर्कथलीस्थित मुहान सारेर इन्टके बनाउन करिव साढे चार अर्ब खर्च हुने प्रारम्भिक प्रस्ताव तयार गरिएको छ । नयाँ इन्टेक बनाउन चार वर्षभन्दा बढी समय लाग्नेछ । खानेपानी सचिव सुरेश आचार्यकाअनुसार मेलम्ची आयोजनाको नाममा करिब ६५ अर्ब खर्च भइसकेको छ । खानेपानी मन्त्री, संघीय संसदीय समितिका सभापतिहरु, सांसदहरु, विज्ञ, मन्त्रालयका अधिकारीहरु, आयोजना प्राविधिकहरुको सहभागितामा बिहीबार सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको दीर्घकालीन व्यवस्थापन सम्बन्धी बृहत् छलफलमा मुहान सार्नुको विकल्प नभएको रिपोर्ट सार्वजनिक गरिएको छ । रिपोर्टमा उल्लेखित विषय, आयोजनाको दीर्घकालिन समाधान र मुहानमा अहिलेको अवस्थाका बारेमा जानकारी दिएर सुझाव लिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । २०७८ सालको बाढीले मुहना क्षतिग्रस्त भएपछि वर्षमा ६ देखि ७ महिना मात्र उपत्यकामा मेलम्चीको पानी वितरण हुँदै आएको छ । अस्थायी रुपमा पानी वितरण गरिरहने हो भने १२ महिनामा ६–७ महिना मात्र पानी वितरण गर्न सकिने आयोजनाका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए । उनले सहभागीको सुझाव मागे । वर्षातमा बाढीले पुर्‍याउने खतरा नटरेको भन्दै पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापकहरुले तयार गरेको अध्ययन रिपोर्ट सार्वजनिक गरिएको छ । क्याम्पसका प्राध्यापक डा. विष्णुप्रसाद पाण्डेले अध्ययन रिपोर्टको सारांश सार्वजनिक गर्दै मेलम्ची मुहान क्षेत्र पहिरो जोखिममा अझैं कामय रहेको भन्दै तुलनात्मक रुपमा सर्कथलीमा नयाँइन्टेक बनाउँदा कम जोखिम देखिएको बताए । प्रारम्भिक अध्ययनका आधारमा छलफलमा सहभागी संसदीय समितिका सभापति तथा सांसदहरुले गहिरो अध्ययन गरेर स्थायी समाधान खोज्न सुझाए । उनीहरुले अस्थायी संरचना बनाउनुभन्दा स्थायी समाधान खोज्ने क्रममा जवाफदेहितासहितको योजना बनाउन सुझाए । सांसदहरुले भएको संरचना सदुपयोग गर्नेमा आफूहरु सहमति भएपनि लागत र समयावधि तोकिएभन्दा धेरै हुन नहुने सुझाव दिए । समय र लागत नबढ्नेगरी स्थायी समाधान नै खोज्नुपर्ने प्रतिनिधिसभा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बताए । मेलम्ची आयोजनाको निर्माणमा सययावधि र लागत बढेमा कसैले न कसैले त्यसको जवाफदेहीता लिने परिपाटी बसाल्नुपर्ने उनले बताए । उनले अध्ययनका क्रममा विज्ञता विदेशको होइन स्वदेशको अवस्था हेरेर गर्नुपर्ने धारणा उनले राखे । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मेलम्चीमा अनियमितातातको विषय जहिल्यै उठ्ने गरेको बताए । ‘नयाँ बन्ने हरेक खानेपानी मन्त्रीको पहिलो काम नै मेलम्ची आयोजना निरीक्षण गर्नुको कारण के हो,’ उनले पश्न गरे । पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले विगतमा मेलम्चीले धरैले राजनीतिज्ञले चुनाव जितेको र दाग पनि लागेको भन्दै अनियमितताको विषय उठाए । उनले अव बन्ने संरचनाको समय त रकम निश्चित हुनुपर्ने धारणा उनले राखे । मेलम्चीको भूगोलले हिजो किन धोक दियो, भोलि बाढीपहिरो आउँदैन भन्ने ग्यारेन्टी के छ ?’ सांसद राजन केसीले प्रश्न गरे । उनले आयोजनाको मुहानको संरचना निर्माण स्थायी प्रकृतिको हुनुपर्ने बताए । सांसद उदयशम्शेर राणाले सांसद प्रदिप पौडेलले मुख्य सुरुङ जस्ताको तस्तै रहेकाले अव बन्ने संरचनाका विषयमा गहिरो अध्ययन गरेर समाधान गर्न सुझाए । उनले यति ठूलो आयोजनाकै विकल्प खोज्नुभन्दा सकेसम्म कम रकम खर्चेर यसैलाई सदुपयोग गर्नुपर्ने बताए । उनले उपत्यकाको पानीको वैकल्पिक स्रोत खोज्न आग्रह गरे । मुहानको विकल्प सोच्दा अब बन्ने संरचनाको लागत र निर्माण अवधि ख्याल गर्न आग्रह गरे । उनले भइरहेको संरचनाको सदुपयोग गर्नुपर्ने बताए । सांसद सुनिल प्रजापतिले मेलम्चीको बिगतका बारेमा छानबिन हुनुपर्ने माग राखे । उनले मेलम्ची मात्र नकुरेर उपत्यका वरिपरीको स्रोत व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । सांसद शिशिर खनालले आयोजनाको थप अध्ययन गरेर स्थायी समाधान खोज्न आग्रह गरे । उनले उपत्यकोका चक्रपथ बाहिर पनि मेलम्चीको पानी वितरणको व्यवस्थापन मिलाउन आग्रह गरे । सांसद तोसिमा कार्कीले मेलम्चीको बिकल्पमा पानीको अन्य स्रोत खोज्नुपर्ने बताइन् । मेलम्ची मुहान रहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बाढीपहिराले क्षगि गरेको स्थानी संरचना निर्माणमा सकारकारले बेवास्ता गरेको गुनासो गरे । उनले मुहान सार्ने भनिएको सर्कथली पनि भौगोलिक रुपमा उचित नभएको बताए । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीलगयतका मेलम्ची आयोजनाबाट पानी वितरण गरिने स्थानीय तहका जनप्रतिनिधिले आयोजनाको काम गराइप्रति असन्तुष्टि जाहेर गरे । उनीहरुले पानी नियमित आउने ग्यारेन्टी भएमा आफूहरुले जनताबाटै पैसा उठाएर आयोजानको काम गर्ने दावीसमेत गरे । मेलम्चीबाट अहिले २६ किमि सुरुङमार्फत अस्थायी रुपमा पानी ल्याएर उपत्यकामा वितरण गरिँदै आएको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार