काठमाडौँ — वैदेशिक रोजगार बोर्डसँग अपारदर्शी सम्झौता गरेको मलेसियन निजी कम्पनीले नेपाली कम्पनीलाई ४० प्रतिशत दिने सम्झौता गरेको खुलेको छ । नेपाली श्रमिकको कल्याणकारी कामका लागि भन्दै मलेसियन रोजगारदातासँग प्रतिकामदार ४५ डलर उठाउने गरी फरेन वर्कर्स वेलफेयर सेन्टर (एफडब्लूडब्लूएस) ले सम्झौता गरेको थियो । सम्झौता कार्यान्वयनमा आए मलेसियन कम्पनीले एक वर्ष मात्र कम्तीमा एक लाख कामदारको माग प्रमाणीकरण ग...
समाचार
३५ फिट गहिरो इनारमा नगर प्रहरीले गर्यो सकुशल उद्धार…..
ललितपुर - ललितपुरको जावलाखेलमा रहेको एक इनारमा खसेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जावलाखेलको कुसुन्ती स्थित एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको ललितपुर नगर प्रहरीले सोमबार साँझ सकुशल उद्धार गरेको हो । घर धनीले खबर गर्ने बित्तिकै नगर प्रहरीले उनको उद्धार गरेको ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए । सापकोटालाई बन्...
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेसले टुंग्यायो…..
काठमाडौँ — राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १० जना उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार आधा रातसम्म केन्द्रीय कार्यालय सानेपामा छलफल गरेर कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो । संस्थापन पक्षबाट ६ जना र संस्थापनइतरपक्षबाट ४ जना उम्मेदवार चयन भएका छन् । कांग्रेसले कोशी प्रदेशमा अन्ततर्फ कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । पार्टीका पूर्व...
हसिनाद्वारा लगातार चौथो कार्यकाल सुनिश्चित…..
ढाका - बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विवादास्पद चुनावमा जीत हासिल गर्दै लगातार चौथो कार्यकाल सुनिश्चित गरेकी छन् । आफ्नो पार्टी अवामी लिग र उनका सहयोगीहरूले ३०० संसदीय सिटमध्ये कम्तीमा १ सय ५२ सिटमा जित हासिल गरेपछि हसिनाले अर्को पाँच वर्ष कार्यभार सम्हाल्ने भएकी हुन्। प्रमुख विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीले चुनाव बहिष्कार गरेपछि हसिनाको पार्टी र सहयोगीहरूले बाँकी सिटहरू पनि जित्ने अप...
डेढ वर्षदेखि १४ लाखले पर्खिरहेछन् सवारी लाइसेन्स…..
काठमाडौँ — प्रक्रिया पूरा गरे पनि १४ लाख १९ हजार सेवाग्राहीले डेढ वर्षदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाएका छैनन् । प्रक्रिया पूरा गरेकाहरू अहिले राजस्व तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । नवीकरण र नयाँ लाइसेन्स लिन प्रक्रिया पूरा गर्नेको संख्या १४ लाख १९ हजार ३ सय ७ छ । बिदाको दिनसमेत काम गर्ने हो भने यतिका कार्ड छाप्न ३ सय २२ दिन लाग्छ । किनकि हाल रहेको मेसिनको एक दिनको छपाइ क्षमता ४४ सय ...
माओवादीप्रति विश्वास टुट्दै गएको निष्कर्ष…..
काठमाडौँ — चारमहिने विशेष रूपान्तरण अभियानबाट जनताको विश्वास टुट्दै गएको निष्कर्ष निकाल्दै माओवादीले सच्चिनुको विकल्प नभएको जनाएको छ । वडावडा पुगेका नेता तथा कार्यकर्तालाई सर्वसाधारणले नेताहरू सत्ता स्वार्थमा केन्द्रित भएकाले विश्वास टुट्दै गएको बताएका छन् । २०६५ पछि ९ पटक सरकारमा पुगेको पार्टीले उधारो होइन, व्यवहारमै काम गरेर देखाउन सर्वसाधारणले चुनौतीसमेत दिएका छन् । चारमहिने रूपान्तरण अभियान सो...
निशाना एण्ड ग्लोबल फाईनान्स लिमिटेडको १३औं वार्षिक साधारणसभा” सम्पन्न…..
बगैंचा डटकम हङकङ, ३१ डिसेम्बर २०२३ आईतबार ‘निशाना एण्ड ग्लोबल फाईनान्स लिमिटेडको “१३औं वार्षिक साधारणसभा” सम्पन्न भएको छ । याउ मा तेई गार्डेन रेष्टुरेण्टमा सम्पन्न उक्त साधारणसभालाई संस्थाका अध्यक्ष गंगाराम राईले सभापतित्व गरेका थिए भने ग्लोबल नेपाली कम्पनी लिमिटेडका निर्देशक बिपिन राई, खोटङ समाज हङकङका अध्यक्ष पेङ्गुईन राई, उपाध्यक्ष हरिचन्द्र राई, शेर होल्डर हित बहादुर राई, गजेन्द्र राई, जस्म...
नाजुक आर्थिक अवस्थाको फाइदा उठाई सन्दीपबाट करणी…..
काठमाडौँ - काठमाडौँ जिल्ला अदालतले पीडित गौशाला २६ (परिवर्तित नाम) लाई क्रिकेटर सन्दीप लामिछानेले नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी गरेको देखिएको ठहर गरेको छ । १८ वर्ष उमेर पुगेकी परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१),(२) र ३(ङ) बमोजिमको कसुर ठहर्छ...
कोरिया जाने सपनाको अवसान…..
अछाम र सुर्खेत — अछामको चौरपाटी गाउँपालिका– १ सिउडीका टेकबहादुर शाह २३ वर्षीय छोरा वीरेन्द्रको फोन कुरिरहेका थिए । घर छोड्ने दिन वीरेन्द्रले भनेका थिए, ‘म कोरिया जाने दिन उडाउन काठमाडौं आउनुहोला ।’ शुक्रबार साँझ हतारहतार गरी टेकबहादुर ३५ घण्टाको गाडी यात्राका निम्ति तयार भएर काठमाडौंका लागि हिँडे । तर, छोरालाई उडाउन होइन, उसको शव बुझ्न ईपीएस कोटामार्फत कोरिया जाने सपना देखेर काठमाडौं गएका वीरेन्द...
बालकुमारी आन्दोलनमा दुई युवाको मृत्यु…..
काठमाडौँ - बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । यसअघि अर्का युवा सुजन रावतको पनि किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका प्रवक्ता कुवेर क...
किन बन्द हुँदै छन् उद्योग ?…..
बारा - दैनिक २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने बारा–पर्सा औद्योगिक करिडोरको सालिमार सिमेन्ट उद्योगले अहिले ३ देखि ४ हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दछ । प्रतिदिन २० घण्टा चल्ने उद्योगले एक वर्षअघिदेखि ८० प्रतिशतले उत्पादन घटाएको छ । उत्पादन घटाएपछि ५० प्रतिशत मजदुर पनि कटौती गरेको छ । उत्पादन र मजदुर कटौती मात्रै होइन उद्योगमा विद्युत् खपतसमेत पनि ४० प्रतिशतले घटेको विद्युत् प्राधिकरण सिमरा ...
६८ कर्मचारीको दरबन्दी कटौती…..
काठमाडौँ — सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारीहरूको ६८ वटा दरबन्दी कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गर्ने निर्णय गरेको हो । सो सर्वेक्षण स्वीकृत भएपछि कार्यालयमा कार्यरत ६८ वटा कर्मचारी दरबन्दी कटौती हुने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जान...
















