टेरामक्ससँगै एमडीएमएसको पनि छानबिन सुरु…..

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि छानबिन गर्ने भएको छ । सार्वजनिक लेखा समितिले टेरामक्स खरिद प्रक्रियाका क्रममा विभिन्न १२ क्षेत्रमा अनियमितता भएको उल्लेख गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अ...

बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण…..

म्याग्दी -  म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ । बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताए । बेनी –३ को मरेक, राखु, वडा नम्बर–४ को बास्कुना, सुर्केमेला र थामडाँडाका कृषकबाट चार सय क्रेट सुन्तला सङ्कलन गरेर र...

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान…..

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्र...

नेपाल वायुसेवा निगमको उडान अस्तव्यस्त…..

काठमाडौँ — दोहा हुँदै क्यानडा जान काभ्रेका दब्साङ लामा सोमबार साँझ साढे ६ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । उनीसँगै राति ११ बजे दोहाका लागि काठमाडौंबाट उड्नुपर्ने र त्यहाँबाट अरू विदेशी वायुसेवाको विमानको टिकटमा तेस्रो मुलुक जान लागेका २ सय ७६ यात्रु पनि बेलुकी ८ बजेअघि नै विमानस्थल पुगिसकेका थिए । विमानस्थलको भुइँतलामा रहेको वायुसेवा काउन्टरमा चेकइन सकियो । अध्यागमन डेस्कबाट राहदान...

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रचण्डको निर्देशन…..

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ड अर्याललाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समा...

होडबाजीमा बनाइएका विमानस्थल प्रयोगविहीन…..

काठमाडौँ — ‘छिमेकीको घरमा ट्वाइलेट छँदै छ किन मेरोमा बनाउने !, छिमेकीकोमा जानु त जहिले ?’ विराटनगरमा छँदाछँदै धरानमा विमानस्थल किन आवश्यक पर्‍यो भन्ने पत्रकारको प्रश्नमा धरानका मेयर हर्क साम्पाङले दिएको जवाफ हो, यो । तीन साताअघि टीभी अन्तर्वार्तामा साम्पाङले दिएको उक्त अभिव्यक्ति विमानस्थल निर्माणबारे जनप्रतिनिधि के सोच्छन् भन्ने दृष्टान्त पनि हो । आर्थिक सम्भाव्यता र यात्रुको चापलाई ध्यान ...

मेलम्चीमा दिगो योजना बनेन, पाँचौं ‘उद्घाटन’ आज…..

काठमाडौँ — काठमाडौंवासीका लागि लामो प्रतीक्षा बनेको मेलम्ची खानेपानी पहिलो पटक २०७७ फागुन २२ मा उपभोक्ताका धारामा झर्‍यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक यसको उद्घाटन गरेका थिए । संरचना निर्माण नटुंगिँदै हतारोमा उद्घाटन गरेको टिप्पणी सेलाउन नपाउँदै १ महिनामै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः मेलम्चीको उद्घाटन गरिन्, भृकुटीमण्डपमा बनाइएको धारा खोलेर । तर २०७८ अ...

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो…..

दाङ — पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । राती १ बजेसम्मको विवरण अनुसार ५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने ७ जनाको शव जेसिविको सहायताले बसबाट बाहिर निकालिएको छ । मृतकको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले बताए । नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३...

रुस-युक्रेन युद्धमा प्यूठानका युवकको मृत्यु…..

प्यूठान — रुसी सेनामा भर्ती भएका प्यूठान नगरपालिका–४ काठेवरका सोनु सुनारको रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको छ । योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ । सुनार दुई वर्षअघि रोजगारीका लागि कतार गएका थिए । दुई महिनाअघि कतारबाट रुस गएर सेनामा भर्ती भएको प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बताए । ‘दुई वर्षजति कतारमा काम गर्‍यो, दुई महिना भयो रुस गएको...

आस्थाको आसन बाट कानुनको कठघरातर्फ…..

काठमाडौँ — बारा रतनपुरीका १६ वर्षीय रामबहादुर बम्जन २०६३ सालमा एक दिन सुटुक्क घर छाडेर हिँडेका थिए, १७ वर्षपछि उनी ठूलो चर्चा परिचर्चाबीच अदालत उपस्थित हुँदै छन् । योबीचमा आस्थाका नाममा यौन शोषण, हत्या र मानिस बेपत्ता बनाएको आरोप लागेका उनी चार वर्षदेखि फरार थिए । लामो समयसम्म सर्वसाधारणलाई झुक्याउँदै र चार वर्षदेखि प्रहरीलाई समेत छक्याउँदै आएका उनी मंगलबार पनि काठमाडौंस्थित निवासबाट भाग्न खोजेका ...

नेपाली कागजको माग बढी, उत्पादन कम…..

म्याग्दी -  म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ । स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हुँदा विभिन्न ठाउँबाट माग आउने गर्दछ । तर स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमितताजस्ता का...

लिटिल बुद्ध’ बताउने रामबहादुर बम्जन पक्राउ…..

काठमाडौँ — हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको छ । केही समययता उनी त्यहाँ आउनेजाने गरिरहेका थिए । ब्युरोको टोली मंगलबार उक्त घरमा पुग्दा उनले भाग्ने प्रयास गरेका थिए । आफूलाई ‘लिटल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो । बम्जन...