काठमाडौँ — लुम्बिनी विकास कोषले गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी गरेको छ । सर्वसाधारणको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी भएको हो । यसमा पुरातत्त्व विभाग, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयको लिखित असहमतिबीच कोषका उपाध्यक्ष ल्हारक्याल लामाले प्र...
समाचार
जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी…..
काठमाडौँ — पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । इन्टरपोलले शुक्रबार राईलाई डिफ्युजन नोटिस जारी गर्दै विश्वका प्रहरीहरुको फरार सूचीमा राखेको हो । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्षसमेत रहेका राईविरुद्ध सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की ...
कोशी प्रकरणले कांग्रेस–माओवादी सम्बन्धमा चिसो…..
काठमाडौँ — राष्ट्रिय सभा सदस्यको बिहीबार सम्पन्न चुनावमा कोशी प्रदेशको परिणामलाई लिएर सत्ता गठबन्धनभित्रै संशय उत्पन्न भएको छ । कांग्रेसभित्रको अन्तरविरोधले कोशीमा बारम्बार ‘धोका’ पाएको भन्दै माओवादीका केही नेताले सत्ता गठबन्धनमा नै पुनर्विचार गर्नुपर्नेसम्मको अभिव्यक्ति दिइरहेका छन् । गठबन्धनको मुख्य घटक कांग्रेसका नेताहरूले भने कोशीलाई देखाएर माओवादीले सत्तामा थप ‘बार्गेनिङ’ बढाउन खोजेको आशंका ग...
माओवादी, कांग्रेस र राप्रपालाई एमालेको धोका…..
काठमाडौँ — सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचनमा सहभागी भए पनि दुवैतर्फ अनपेक्षित परिणाम देखिएको छ । चासोपूर्वक हेरिएको कोशी प्रदेशमा सत्ता र प्रतिपक्षी दुवै गठबन्धनले अपेक्षा गरेभन्दा बाहिरको परिणाम आएको हो । कोशीमा सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भएकी छन् । अर्कोतर्फ प्रतिपक्षी गठबन्धन एमालेका उम्मेदवार रुक्मि...
टेरामक्स प्रकरणमा अख्तियारद्वारा मुख्यसचिव सँग सोधपुछ…..
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसँग सोधपुछ गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणालीमा घोटाला भएको भन्दै अख्तियारमा परेको उजुरीका सम्बन्धमा उनको नाम पनि मुछिएपछि अख्तियारले बयानका लागि बोलाएको थियो । सोहीअनुसार अर्याल अख्तियार गएर आफ्नो कुरा राखेर फर्किएका हुन् । अख्तियार स्रोतका अनुसार आफूमाथि लागेका अभियोग र सोधि...
देशको बजेटको झण्डै १७ प्रतिशत क्रिप्टो कारोबारीको कब्जामा…..
काठमाडौँ - आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ थियो । यो कर्मचारीको तलब भत्ता, प्रशासनिक खर्च आदि सबै रकम जोड्दा हुने खर्च हो । विकास बजेटलाई हेर्ने हो भने करिब ३ खर्ब २ अर्बको मात्रै विकास बजेट घोषणा भएको थियो । तर देशको कुल विकास बजेट बराबरकै रकम भने मात्रै पाँच व्यक्तिले कारोबार गरेको पाइएको छ । रुपेश श्रेष्ठ, आशिष अग्रवाल लगायतका पाँच व्यक्तिले कुल २ खर्ब ८६...
चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक…..
सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन्, खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सो...
ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा रकम जम्मा…..
काठमाडौँ — ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले न कुनै सेयर सित्तै पाएका थिए, न त्यसै छाडेका थिए । कम्पनी रजिस्ट्रारको कार्यालयको अभिलेख र बैंकिङ कारोबार विवरण भन्छन्– सहकारीको पैसा लिएर सेयर पाएका थिए, छाड्दा १ करोड ८० लाख खातामा लिएका थिए । कान्तिपुरले सहकारीका अभिलेख तथा प्रतिवेदन मात्र होइन, गोर्खा मिडिया नेटवर्कका नाममा भएका बैंकिङ...
मौनव्रतमा शिक्षामन्त्री, अन्योलमा शिक्षा प्रणाली…..
काठमाडौँ — पदबहाली गरेको ९ महिना बिते पनि सार्वजनिक शिक्षादेखि उच्च शिक्षा सुधारका विषयमा शिक्षामन्त्री अशोककुमार राई मौन छन् । पदभार ग्रहण गरेको केही सातामा शिक्षामन्त्रीले सञ्चारकर्मीलाई आफू अझै मन्त्रालय बुझ्ने क्रममै रहेको बताएका थिए । त्यसयता उनी शिक्षा सुदृढीकरणदेखि शैक्षिक सबालमा कतै देखा परेका छैनन् । औपचारिक कार्यक्रममा पनि कमै सहभागी हुन्छन् । मंसिरयता त कानको शल्यक्रिया गरेर धेरै समय आर...
नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन साउदको आग्रह…..
काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउदले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकालाई स्वदेश फिर्ता गरिदिन रुससँग आग्रह गरेका छन् । युगान्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले उक्त आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने...
युगान्डामा प्रधानमन्त्री दाहालका एक दर्जन एजेन्डा…..
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरू (नाम) को १९ औं शिखर सम्मेलनमा एक दर्जन एजेन्डा उठाएका छन् । युगान्डाको राजधानी कम्पालामा शुक्रबार शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावदेखि नामको अबको लक्ष्यसम्म, कोभिड–१९ जस्ता नयाँ चुनौतीहरू थपिएको, दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न प्रयास भइरहेको, विश्वव्...
भारतबाट फर्केपछि आन्दोलनको तयारीमा जुटे महतो…..
काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो भारत भ्रमणबाट फर्केपछि मधेस आन्दोलनको तयारीमा जुटेका छन् । राष्ट्रिय मुक्ति क्रान्ति नामको सो आन्दोलनको तयारीका लागि छलफल गर्न उनी भारतको दिल्ली पुगेका थिए । उनी त्यहाँ गएर भारतीय जनता पार्टीका उच्चस्तरीय नेता, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंहलगायतसँग भेटघाट गरी नेपाल फर्किएका हुन् । महतोले भारतका प्रधानमन्त्...















