काठमाडौँ — नेपाल–चीनबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण अघि बढाउन समझदारी भएको छ । नेपाली ऊर्जा निर्यातको ढोका उत्तरतर्फ पनि खोल्न प्रस्ताव गरिएको चिलिमे–केरुङ प्रसारण लाइन बनाउन पाँच वर्षअघि नै अध्ययन सुरु भए पनि आयोजना अलपत्र परेको थियो । प्रसारण लाइनको निर्माण अघि बढाउन फेरि समझदारी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच सोमबार बेइ...
समाचार
न्यायाधीश परीक्षामा १ जना पास, २९ लाई नियुक्ति…..
काठमाडौँ — गणतान्त्रिक संविधानले लिपिबद्ध गरेका नयाँ व्यवस्थामध्ये एउटा हो, सुरु (जिल्ला) अदालतका न्यायाधीश खुला परीक्षाबाट पनि नियुक्त गर्ने । त्यसै व्यवस्थाअनुसार न्याय सेवा आयोगको अनुरोधमा लोक सेवा आयोगले परीक्षा लिँदै आएको छ तर अधिकांश परीक्षार्थी अनुत्तीर्ण हुँदै आएका छन् । यो वर्ष अनुत्तीर्ण हुनेको संख्याले कीर्तिमान नै राख्यो । २९ न्यायाधीशका लागि २ सय ११ जनाले परीक्षा दिएकामा एक जना मात्रै...
स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँले सुन तस्करी गरिरहेको छ…..
काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो ।शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे । सुन फल्छ भनेर यहाँ काठम...
शिक्षकले फेरि आइतबारदेखि थप सशक्त आन्दोलन गर्ने…..
काठमाडौँ - राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले आन्दोलन जारी राख्ने निर्णय गरेका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो ...
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिको भेट, नेपाल-चीन विकास रणनीति जोड्न चाहेका छौं…..
काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँगको द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि विकासको रणनीतिमा जोड्न चाहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनको हाङचउमा शनिबार भएको द्विपक्षीय वार्तामा चिनियाँ राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई चीनले अति महत्व दिएको बताए । सीले चीन-नेपालको सम्बन्धलाई अति महत्व दिएको जोड दिनुभयो र द्विपक्षीय सम्बन्धमा निरन्तर नयाँ प्रगति प्रवर्द्ध...
सरकार र आन्दोलनकारी शिक्षकबीच सहमति…..
काठमाडौँ — संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकका केही व्यवस्थामा विमति राख्दै आन्दोलित नेपाल शिक्षक महासंघ र सरकारबीच शुक्रबार साँझ गृह मन्त्रालयमा ६ बुँदे सहमति भएको छ । काठमाडौंकेन्द्रित सडक आन्दोलनबाट फिर्ता भएर आइतबारदेखि पठनपाठन सञ्चालन गर्न शिक्षकहरू सहमत भएका छन् । शिक्षकले असन्तुष्टि जनाएका विषयमा विधेयक संशोधन गर्न संसद्लाई सहजीकरण गर्ने सहमतिपत्रमा उल्लेख छ । शिक्षा ऐन संसद्बाट पास भएपछ...
१९औं एसियाली खेलकुद आजदेखि, नेपालले २९ खेलमा भाग लिँदै…..
हाङचउ — एसियाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो आकारको प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदै छ ।कोरोना प्रकोपका कारण एक वर्षपछि सरेको प्रतियोगिताको सफल आयोजना गर्दै चीनले भन्न चाहेको छ, हामी कति धेरै सुरक्षित छौं र हामीले कति धेरै प्रगति गरेका छौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् । चिनिय...
साढे ५३ लाख बालबालिका पढाइबाट वञ्चित, राजधानीको सडक अस्तव्यस्त…..
काठमाडौँ — शिक्षक आन्दोलनका कारण देशभरका साढे ५३ लाख बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् भने राजधानी काठमाडौंसमेत अस्तव्यस्त बनेको छ । नेपाल शिक्षक महासंघले २७ हजार सामुदायिक विद्यालय बन्द गरी शिक्षक, कर्मचारीलाई आन्दोलनमा सहभागी गराएकाले कक्षा १ देखि १२ का विद्यार्थीको पढाइ अवरुद्ध बनेको हो । कतिपय विद्यार्थी विद्यालय पुगे पनि शिक्षक नभएपछि घर फर्किएका थिए । बुधबारदेखि माइतीघर–बानेश्वर क्षेत्रमा...
कक्षा छाडेर शिक्षक सडकमा, लाखौं विद्यार्थीको भविष्य माथि खेलवाड…..
काठमाडौँ — संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गरेका छन् । सभामा शिक्षक अगुवाले सरकारले सुनुवाइ नगरेकाले आफ्ना माग संसद्बाट सम्बोधन हुनुपर्ने बताए । शिक्षक महासंघले मंगलबारका लागि शिक्षा मन्त्रालय र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आह्वान गरेको वार्ता अस्वीकार गरेको थियो । महासंघ सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिकी संयोजक...
देशभरका शिक्षकहरू आजदेखि सडक आन्दोलनमा…..
काठमाडौँ - देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएका छन्। विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले आजदेखि काठमाडौँमा सडक आन्दोलन गर्न लागेका हुन्। त्यसका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका हुन्। नेपाल शिक्षक महासङ्घको आह्वानमा उनीहरूले आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेका हुन्। महासङ्घले विभिन्न १८ बुँदे असहम...
खोलामा हेलिएर स्कुल, शरीर निथ्रुक्कै भिज्दै स्कुल पुग्छन्…..
बझाङ — बैतडीको सिगास गाउँपालिका–६ स्थित गणेश माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने बिन्दु चन्दले कहिल्यै ओभानो लुगामा कक्षाकोठामा बसेर पढ्न पाउँदिनन् । पढाइमा भन्दा बढी उनको ध्यान चिसो पोसाकमा तानिन्छ । चन्द मात्रै नभई गणेश मावि पढ्ने सिगास–६ साँगडाका ४० भन्दा बढी विद्यार्थीलाई यहाँको न्वाघरी खोलामा हेलिएरै स्कुल जाउआउ गर्नुपर्ने बाध्यता छ । तीन वर्षअघिकै बाढीले सिगास–७ भौनेलीपातल र डोटीको आदर्श ग...
विद्यालय बन्द भएमा मुलुकभरका ७० लाख बालबालिकाको पढाइ अवरुद्ध हुने…..
काठमाडौं - सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गर्नासाथ शिक्षकहरूले पठनपाठन नै अवरुद्ध हुने गरी आन्दोलन घोषणा गरेका छन् । विधेयकका कतिपय प्रावधानमा विरोध जनाउँदै काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरिरहेको नेपाल शिक्षक महासंघले विद्यालय बन्द गरी राजधानी आउन देशभरिका शिक्षकलाई आह्वान गरिसकेको छ । सरकारी र निजी विद्यालयका शिक्षकहरूक...
















