क्रिप्टोमार्फत साढे ३ अर्ब भुक्तानी, क्यासिनोमा १३ करोड कारोबार…..

काठमाडौँ — सुन तस्करीमा संलग्न चिनियाँ गिरोहले पछिल्लो साढे दुई वर्षमै क्रिप्टोमार्फत नेपालबाट ३ अर्ब ५५ करोडभन्दा बढी रकम विदेश पठाएको भेटिएको छ । सन् २०२१ को सुरुदेखि २०२३ को जुलाईसम्म चिनियाँ सुन तस्करले नेपालबाट अमेरिकी क्रिप्टो करेन्सी ‘यूएसडीटी’ मार्फत २ करोड ६९ लाख ४१ हजार ८ सय ६३ डलर बराबरको भुक्तानी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । यसको थप अनुसन्धान प्रहरीले गरिरहेको छ । २०७९ पुस १...

चिनियाँ आपराधिक समूहको पासोमा म्यानमारमा बन्धक बन्दै नेपाली…..

काठमाडौँ — गत वर्ष भदौ ६ गते म्यानमारबाट काठमाडौं ओर्लिंदा सनसाइन (परिवर्तित नाम) लाई लागेको थियो, अब त पक्कै बाँच्छु । सनसाइनको जीवनमा कस्तो घटना भयो र परिबन्दको डोरी कसरी कसिँदै गयो, त्यो बुझ्न उनको कथा काफी छ । सनसाइनको कथामा कसरी पढालेखा र कम्प्युटरको ज्ञान भएका नेपाली युवा चिनियाँ आपराधिक समूहको प्रलोभनमा परेर साइबर दास बनिरहेका छन् र उनीहरू कसरी जोखिमपूर्ण अपराधमा प्रयोग भइरहेका छन् भनेर बुझ...

सुन तस्कर चिनियाँलाई २ लाखमा नागरिकता…..

काठमाडौँ — सुन तस्करीमा संलग्न चिनियाँलाई दुई लाख रुपैयाँमा नेपाली नागरिकता र राहदानी उपलब्ध गराउने गरेको खुलेको छ । सुन तस्करीको गिरोहले जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई हातमा लिएर फर्जी विवरणबाट नागरिकता लिने गरेको पुष्टि भएको हो । सत्तारूढ माओवादीका नेताहरूसँग सम्बन्ध विस्तार गरी दावा छिरिङ र दावाजिन वाङमार्फत चिनियाँ तस्करले फर्जी विवरणका आधारमा प्रतिथान नागरिकता/राहदानी बनाउन उक्त रकम ति...

बालबालिकालाई अपराध सिकाउने अखडा बन्दै सुधारगृह…..

काठमाडौँ — बाल बिज्याइँकर्ताको आचरणमा सुधार गर्दै असल नागरिक बनाउने उद्देश्यले बाल सुधारगृह सञ्चालनमा आए पनि यस्ता गृह जेलजस्तै अव्यवस्थित, भद्रगोल र हिंसा सिकाउने कारखानामा परिणत बन्दै गएका छन् । २३ दिनको फरकमा भक्तपुर र वीरगन्जस्थित बाल सुधारगृहमा भएका उस्तै प्रकृतिका घटनाले यही दृश्य देखाएको छ । झडप र हिंसाका यी दुवै घटनाले नेपालका बाल सुधारगृहभित्र चरम शोषण, बालअधिकारको उल्लंघन र हिंसाको पुनर्...

देशभरिका सबै विद्यालय ठप्प गर्ने महासंघको घोषणा…..

काठमाडौँ - नेपाल शिक्षक महासंघले सरकारले संसद सचिवालयमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार महासंघले एक विज्ञप्ति जारी गरी सो विधेयकको विरोधमा देशभरका सबै विद्यालय ठप्प पारी काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको हो । राज्यले फेरि एकपटक शिक्षक कर्मचारीलाई धोका दिएको जनाउँदै सरकारको यो कदमले शिक्षक कर्मचारीलाई आक्रोशित बनाएको म...

एकै गिरोहबाट ३६३ केजी सुन तस्करी…..

काठमाडौँ — माओवादीका केही नेता र परिवारका सदस्यसँग सम्बन्ध बनाई चिनियाँ तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिनामा साढे ३ सय किलोभन्दा बढी सुन भन्सारबाट फुत्काएको पुष्टि भएको छ । तस्करीको सुन विमानस्थल भन्सारका कर्मचारी र भन्सार एजेन्टकै सहयोगमा गिरोहले गन्तव्यसम्म पुर्‍याएको प्रहरी अनुसन्धानबाट खुलेको हो । अनुसन्धानमा तानिएकाहरूले दिएको बयानअनुसार सुन तस्करको सम्बन्ध माओवादी ...

भरिया मार्फत मलद्वारमा लुकाएर सुन तस्करी…..

काठमाडौँ -   दुबईबाट आएका बाबुलाल दोङ सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ परे । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्रेर चेकजाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको अवस्थामा करिब १ किलो सुन फेला परेको छ । काभ्रेको खानीखोला गाउँपालिका–३ घर भएका बाबुलालको साथबाट ९ सय ६० ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । २८ वर्षीय बाबुलाल...

राजकीय सम्मानसाथ नेम्वाङको अन्त्येष्टि, एक दिन बिदा दिने सरकारको निर्णय…..

काठमाडौँ — संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए । संविधान निर्माण प्रक्रियामा नेम्वाङले खेलेको उच्च भूमिकालाई कदर गर्दै राजकीय सम्मान दिने निर्णय भएको मन्त्...

एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन…..

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जानकारी दिए । उनी जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, ...

बैंकमा पहिले नै ४ खर्ब, थपियो ६० अर्ब…..

काठमाडौँ — झन्डै पौने ४ खर्ब लगानीयोग्य रकम वित्तीय प्रणालीमा थुप्रिएका बेला स्थानीय तहको ६० अर्ब रुपैयाँ पनि वाणिज्य बैंकहरूमा निक्षेपका रूपमा थपिने भएको छ । स्थानीय तहको सञ्चित खातामा रहेको रकमको ६० प्रतिशत रकम अब वाणिज्य बैंकहरूले निक्षेपमा गणना गर्न पाउनेछन्, यद्यपि लगानीको वातावरण बनाउने मार्गप्रशस्त भएको छैन । उच्च ब्याजदर, लगानीका नयाँ आयामको अभाव, खस्किएको निजी क्षेत्रको मनोबललगायत कारण बज...

पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश…..

काठमाडौँ — ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरेको छ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भ...

सुन तस्करीमा तानिए माओवादीका ४ पूर्वमन्त्री सचिवालय सदस्य…..

काठमाडौँ — भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारी सुन तस्करी प्रकरणमा पनि जोडिएका छन् । सत्तारूढ माओवादीसँग नजिक रहेका भण्डारी चिनियाँ सुन तस्करसँग ‘अस्वाभाविक सम्पर्क’ मा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । सुन तस्करीका नाइके तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीले मोबाइल सम्पर्क र सन्देश आदान...